भर्खरै

कोरोना भाइसर नियन्त्रणमा सरकारको भूमिका कस्तो ?

  • प्रकाशित मिति : बुध, भदौ ३, २०७७
  • - भीमलाल श्रेष्ठ
title

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइसरका कारण चैत्र ११ गते बाट लकडाउन सुरु भयो । मुखैमा आएको एसईई समेत रोकियो । एकाएक जनजीवन ठप्प भयो । अप्रत्यसित गरिएको लकडाउन पछि हजारौं मानिस सयौं किलोमिटर हिँडेर सुरक्षित ठाउँमा पुगे । एक्कासी यति धेरै आतंक फैलाइयो कि मानौं कोरोनाले सखापै पार्न लागेको छ । 
 
मानिसहरु अत्यावश्यक काम विना घरबाट बाहिर निस्केनन् । दैनिक व्यस्त रहने सडक पनि सुनसान भए । सरकारले गरेको आग्रह गरे अनुसार सबै नियमहरु पालना गदैथे । यति सम्मकी तिन महिना लामो लकडाउनले आम मानिसलाई रोगले भन्दा पनि भोकले मेर्ने अभिव्यक्ती आउन थाले ।
 
यसै बाबजुत तिम महिना लामो लकडाउन पछि साउन १ गतेबाट लकडाउन सहज भयो उद्योग कलकार खाना खुले, व्यपार व्यवसाय विस्तारै सञ्चालनमा आउन थाले । यति लामो समय सम्मको लकडाउनले कोरोना संक्रमितको संख्या घट्नुको साटो झन बढ्दै आएको छ । 
सरकारले जुन बेलामा बन्दा बन्दीको आवस्था रह्यो त्याही समयमा नै संक्रमितको सख्या कसरी घटाउने र भविष्यमा आइपर्ने समस्याको मध्यनजर गर्दै विभिन्न योजना बनाउन आवश्यक थियो तर सरकार त्यसो नगरि राजनैतिक खिचातानी मा नै लिप्त हरयो । 
 
आजको अबस्था सम्म आइपुग्दा त अब निकै कसरत नगरी कोरोना भाइरस नियन्त्रणमा नआउने पक्का भैसकेको छ । त्यो पनि ठूलो जनधनको क्षति बेहोरेर । सहज रुपमै भाइरसलाई आफ्नो नियन्त्रणमा राख्न सक्ने अबस्था हुँदाहुँदै पनि सरकार चुक्यो, जसको पीडा अहिले आम नागरिकसँगै सिंगो देशले भोग्नुपरेको छ । 
विश्वका जति देशले भाइरसलाइ आफ्नो नियन्त्रणमा राखेका छन्, उनीहरुले सङ्क्रमणको आधारभूत चरणमै सुझबुझपूर्ण ढंगले काम गरेका छन् ।
 
कोरोना भाइरसको फैलावट नियन्त्रण गर्न सम्बन्धित देशका नेतृत्वले निकै धेरै भूमिका खेलेका छन् । कम्युनिष्ट शासन रहेको चीनमा लकडाउनको पालना, स्वास्थ्यसम्बन्धी मापदण्डको पालना, स्वास्थ्य सामाग्रीको गुणस्तर, महामारीका बेला हुन सक्ने अनियमितता रोक्ने जस्ता काम निकै प्रभावकारी भए । उच्च तहको नेतृत्व नै फिल्डमा गएर प्रभावकारी काम गराए । 
चीनले जसरी ठूलो संकटलाई व्यवस्थापन ग¥यो । न्यूजिल्याण्ड, दक्षिण कोरिया लगायतका देशमा पनि कोरोनाको फैलावट नियन्त्रणमा आउनुको मुख्य कारण नेतृत्वको कुशलता नै हो । 
नेपालमा पनि कोरोना भाइरस अहिलेको अवस्थामा पुग्नुमा सुरुवाती चरणमा गरिएको कमजोरी र नेतृत्वले गरेको बेवास्ता मुख्य देखिन्छ । सरकारले लकडाउन गर्यो र नागरिकले पहिलो चरणमा धेरै हदसम्म पालना पनि गरे । त्यही पालना अनुसार सरकारले आफ्नो भुमिका निर्वाह भने गर्न सकेन ।  
 
बरु सरकार स्वास्थ्य सामग्री खरिददेखि विभिन्न काममा अनियमिततामा मुछिएको चर्चा भैरह्यो । ठेक्का लगाउने र तोड्ने, कमसल सामाग्री ल्याउने, विश्व स्वास्थ्य संगठनले अस्वीकार गरेको आरडीटी विधिको परीक्षणमा अल्झिने जस्ता काम सरकारबाट भैरह्यो । सरकार र उसका आसपासमा मानिसहरु आफ्नो कमजोरी सुधार्नुको सट्टा बचाउमा लागिरहे । 
लकडाउनको समयमा भारतबाट नेपाल आउनेको संख्या धेरै थियो यदि त्यही समयमा आएकालाई सरकारले समयमा परीक्षण र अलग्याउने काम प्रभावकारी रुपमा गर्न सकेन । यसैको कारण अहिले ठूलो संकटको मुखमा देश रहेको छ । नेतृत्वबाट भएका कमजोरीका सँगै प्रधानमन्त्रीले नेपालीमा रोग प्रतिरोधी क्षमता भएकोले कोरोनालाई पचाउने जस्ता हास्यास्पद कुरा गरिरहनमा नै लिप्त भए
 
तीन महिना लामो लकडाउन खोले सँगै सरकार भने पहिलेकै अवस्था थियो । न त प्रभावकारी परीक्षण, न त मानिसलाई अलग्याउने काममा पूर्व तयारी । जसले गर्दा काठमाण्डौमै सङ्क्रमितहरु निर्वाध रुपमा प्रवेश गर्ने र परीक्षण गरेर सङ्क्रमण पुष्टि भैसकेको मानिस समेत हराउदा दिन प्रति दिन संक्रमितको सङख्या बढी रहेको छ ।
 
नेपालमा कोरोना भाइरस अहिलेको अबस्थामा पुग्नुमा नागरिकले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना नगर्नु पनि एउटा कारण त हो । तर ठूलो समस्या सरकार अथवा उच्च नेतृत्वबाट आएको हो । 
 
दिन प्रति दिन संक्रमितको सङख्या बढ्दा समेत सरकार भने समुदाय स्तरमा भाइरस फौलन नसकेको प्रतिक्रिया दिदै आएको छ । सरकार भाइसर नियान्त्रणमा अझ संबेदन सिल बन्न सकेन भने आगामी दिन निकै पीडादायी हुने संकेत देखिएको छ । अहिले आम नागरिक पनि डराउन छाडेका छन् । कतिपय बाध्यताले रोजीरोटीका लागि सडकमा निस्किएका छन् । जसकारण संकट झन् फैलने जोखिम बढेको छ ।
 
जनजीवन ठप्प पारेर समस्याको निकास खोज्नु उपयुक्त हुदैन किनकी धेरै मानिसले आफ्नो रोजिरोटी नै गुमाउने छन् उनिहरु नियम उल्घन गर्न पनि बाध्य हुने छन् । 
 
भाइरसको फैलावट रोक्नको लागि आम मानिस नै सचेत हुनै पर्छ । अब कोरोनाको भरपर्दो खोप र औषधि उपलब्ध नहुँदासम्म घरबाट बाहिर निस्कनसाथ मास्क लगाउने, जो कोही सँग पनि कम्तीमा दुई मिटरको दूरी कायम गर्ने साबुनपानीले राम्रोसँग हात धुनु वा गुणस्तरीय स्यानिटाइजर प्रयोग गर्नुपर्छ । भेला तथा भोजभतेरमा नजाने । घरमा पाहुना बोलाउने र आफू पाहुना लाग्न जाने काम रोक्ने । खाना सधैं घरमा वा धेरै विश्वास लागेका ठाउँमा मात्र खाने । यी काम गर्न असहज भए पनि अब यसको विकल्प छैन । यसैले कोरोना संक्रमणबाट भविष्यमा हुने ठूलो दुर्घटनाबाट बच्न र बचाउन आजै देखी सबै मिलि लाइनु आबश्यक छ ।

प्रतिक्रिया