भर्खरै

‘आयातित सामाग्रीहरुमा गुणस्तर चिन्ह् प्रदान गरेपछि मात्र विक्रिवितरण कार्य सुचारु गर्ने योजनामा छौ’

  • प्रकाशित मिति : Wed-05-Apr-2017
  • - विश्ववावु पुडासैनी महानिर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभाग 
title

आम सर्वसाधरणको हितका लागि कुनै पनि बस्तु, सेवा, प्रक्रिया र व्यवस्थापन प्रणालीको गुणस्तर निर्धारण, गुणस्तर प्रमाण चिन्ह् प्रयोग गर्न र नेपाल भर अन्तराष्ट्रिय मान्यता अनुरुप मेट्रिक पद्धतिमा आधारित नाप तथा तौलको स्ट्याण्डर्ड कायम गरी प्रचलनमा ल्याउने मूख्य उद्धेश्य रहेको नेपाल गुणस्तर तथा नापतौल विभागले हाल सम्म ८८८ ओटा बस्तु, सेवा, प्रक्रिया र व्यवस्थापन प्रणालीको नेपाल गुणस्तर निर्धारण गरि सकेको छ । सर्वसाधरण जनताहरु ठगिमा नपरुन् तथा उपभाोक्ताहरुले निर्धक्क रुपमा बस्तुहरुको प्रयोग गर्न सकोस् भनि स्थापना भएको यो विभागलले सोहि अनुरुप कार्य गर्दै आएको छ । 
यस विभागको कार्य, गतिविधि र भावि योजनाका बारेमा विभागका महानिर्देशक विश्ववावु पुडासैनी सँग विद्युत संसारका सम्पादक भीमलाल श्रेष्ठले गरेको कुराकानी संक्षेपमा :

 नेपाल गुणस्तर तथा नापतौल विभागको बारेमा बताइ दिनुहोस् न ? 
नेपाल सरकार उद्योग मन्त्रालय अन्र्तगत नेपाल गुणस्तर तथा नापतौल विभाग नेपालको राष्ट्रिय गुणस्तर निकाय (NSB) तथा राष्ट्रिय नापतौल निकाय (NMI) का रुपमा अन्तराष्ट्रिय क्षेत्रमा समेत परिचित रहेको छ ।  नेपाल सरकारले औद्योगिक नीति २०३० लागु गरिए अनुसार वि.स २०३३ सालमा औद्योगिक उत्पादन र उत्पादकत्वमा गुणात्मक एवं परिमाणात्मक सुधार ल्याउनका लागि वि.स २०३४ सालमा विभिन्न बस्तु तथा पदार्थमा गुणस्तर निर्धारण कार्य थालनी भएको थियो । त्यस पश्चात वि.स २०३७ सालको नेपाल गुणस्तर प्रमाणचिन्ह् ऐन,  बमोजिम नेपाल गुणस्तर चिन्ह् प्रयोग गर्ने व्यवस्था अनुरुप वि.स २०३९ सालमा उद्योग मन्त्रालय अन्र्तगत विभागीय स्तरको नेपाल गुणस्तर कार्यलयमा परिणत गरिनुका साथै नेपाल गुणस्तर परिषदको स्थापना भयो । वि.सं २०४४ सालमा गुणस्तर सम्वन्धी क्रियाकलापलाई वैज्ञानिक, औद्योगिक र कानूनी नापतौलको पनि महत्वपूर्ण भूमिका रहने भएकाले यस क्षेत्रको सुदृढीकरण गर्ने अभिप्रायले नेपाल गुणस्तर कार्यालय र नेपाल नापतौल विभागलाई एकै ठाउँमा गाभी नेपाल गुणस्तर तथा नापतौल विभागको स्थापना भयो । यस विभागले नेपाल सरकार, उद्योग मन्त्रालय अन्तर्गत रहि कार्य सम्पादन गर्दै आईरहेको  छ । 

नेपाल गुणस्तर तथा नापतौल विभागले कस्ता कस्ता कार्यहरु गर्दै आएको छ ?
नेपाल गुणस्तर तथा नापतौल विभागको मूख्य कार्य भनेको राष्ट्रिय गुणस्तर तर्जुमा गर्नु तथा नापतौल तर्फ अन्तराष्ट्रिय मान्यता प्राप्त मेट्रिक पद्धतिमा आधारित नापतौल स्टाण्डर्ड कायम गर्ने रहेको छ । यस विभाग नितान्त जनताका हितका लागि रहेको छ । कुनै पनि पदार्थको गुणस्तर निर्धारण र त्यस पदार्थमा गुणस्तर चिन्ह् प्रदान गर्ने कार्य यस विभाग बाट हुने गर्दछ । नापतौलका सन्र्दभमा हामीले मूख्य रुपमा दुई किसिमले कार्य गर्दै आएका छौ ।  जसमा एउटा बैज्ञानीक नापतौल रहेको छ । यसमा गुणस्तर बढावा दिनका लागि कसरी मापनको प्रयोग गर्ने भन्ने कुराको मूख्य रुपमा रहन्छ यसका लागि हामीले साइन्टिफिक मेट्रोलोजी ल्याव बाट हामीले सेवा दिइरहेका हुन्छौ यसबाट दिइने सेवा लाई क्यालिब्रेसन सेवा भनिन्छ । यो कुनै पनि उद्योगले उत्पादन गरेका बस्तुहरुको मापनमा सहि छ कि छैन भनेर बस्तुको मापन गर्ने गरिन्छ त्यस्तै अर्को कानुनी नापतौल रहेको छ । व्यवसायीक कारोबारमा कानुनी नापतौल अनिर्वाय रहन्छ । कुनै पनि उद्योगले उत्पादन गरेका सामाग्री तयार गरेपछि त्यसको नापतौल नगरी बजारमा कारोबार गर्न पाइदैन । हामीले यस विभागबाट सर्वसाधरणको स्वस्थ्य र सुरक्षाको लागि हालसम्म १२ ओटा बस्तु र प्रक्रियालाई अनिवार्य गुणस्तर तोेकेका छौ । 

नेपाल गुणस्तर तथा नापतौल विभागले विद्युतीय क्षेत्रमा कस्ता कार्यहरु गर्दै आएको छ ?
नेपाल सरकारले राजपत्रमा सुचना प्रकाशन गरी हालसम्म ११ ओटा बस्तु र १ ओटा प्रक्रिया गरि जम्मा १२ ओटामा गुणस्तर अनिवार्य गरेको छ । विद्युतीय क्षेत्रमा  भने हाल सम्म केवल तारहरुको नेपाल गुणस्तर अनिवार्य गरिएको छ भने यस विभागवाट केवल तारहरु, एसिएसर कन्डक्टर तथा ट्रान्फरमरमा गुणस्तर चिन्ह्  प्रमाणिकिकरण गरिएको छ । अन्य विद्युतीय सामाग्रीहरु लिड बल्ब, एमसिवि, स्वीच सकेट, मल्टिस्ट्यान्ड तारहरु मा गुणस्तर कायम गर्ने प्रक्रिया जारी रहेको छ । 


मल्टिस्ट्यान्ड तारहरुमा गुणस्तर चिन्ह् प्रदान गर्ने प्रक्रिया त अझै सुचारु भएको छैन भन्ने सुनिन्छ नि यसमा के भन्नुहुन्छ ?
नेपालमा उत्पादित हाउस वायरीङ्ग तारहरुमा गुणस्तर चिन्ह् प्रदान गरिसकेको छ जुन ल्क्घद्धद्ध हो र नेपाल हाउस वायरीङ्ग तारहरुमा मा पूर्णरुपमा आत्मानिर्भर बनिसकेको अवस्था रहेको छ । विश्व बजारमा मल्टिस्ट्यान्ड तारहरुको प्रचलन बढिरहदा नेपालमा पनि मल्टिस्यान्डको तार प्रयोगमा ल्याउन र यसमा गुणस्तर कायम गर्नका लागि हामी अन्तिम चरणमा पुगिसकेका छौ ।
 यसका लागि गुणस्तरको मस्यौदा तयारी गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको छ गुणस्तर मस्यौदा स्वीकृत भइसके पछि र गुणस्तर प्रमाणिकिकरण भए पश्चात यसमा गुणस्तर  चिन्ह् प्रदान गरि बजारमा बिक्रि वितरण कार्य सुरु हुन्छ । मल्टिस्ट्यान्ड तारमा गुणस्तर चिन्ह् प्रदान भए पश्चात अन्य विद्युतीय सामाग्रीहरुमा पनि गुणस्तर कायम गर्ने प्रक्रिया अगाडि बढाउने छौ  .

गुणस्तरीय सामाग्री बजारमा ल्याउनका लागि सरकारले कस्ता नीति ल्याउनु पर्ला ?

कुनै पनि उत्पादित तथा आयातित बस्तु, प्रक्रिया, पदार्थहरु गुणस्तरयुक्त छ भनेर प्रमाणित गर्ने र त्यसमा गुणस्तर चिन्ह् प्रदान गर्ने कार्य नेपाल गुणस्तर तथा नापतौल विभागले  गर्ने गर्दछ यो नितान्त जनहितका लागि गरिने कार्य हो । 
उपभोक्ताहरु ठगिमा नपरुन् र कुनै पनि दुर्घटनामा नपरुन्  तथा स्वस्थ्य सुरक्षाका दृष्टिले पनि सुरक्षित होस् भन्ने उद्धेश्यले यस विभागबाट गुणस्तर प्रमाणित गरे पश्चात  गुणस्तर चिन्ह प्रदान गर्ने गरिन्छ । बजारमा प्राप्त कतिपय सामाग्रीहरुको गुणस्तरका सम्वन्धमा कतिपयलाई थाहा भए पनि धेरैलाई थाहा नहुन सक्दछ तसर्थ गुणस्तरका सम्वन्धमा सम्पूर्ण जनताहरुलाई सुसुचित गराउन आवश्यक रहेको छ । उत्पादित वा आयातित सम्पूर्ण बस्तु तथा पदार्थहरुमा गुणस्तर चिन्ह् प्रदान गर्नु पनि आवश्यक रहेकाले यस सम्वन्धमा सरकारले ध्यान पु¥यान सके राम्रो हुने थियो । 

नेपालका लागि विभिन्न देशबाट आयात गरिने बस्तु, प्रक्रिया र पदार्थमा केका आधारमा गुणस्तर चिन्ह् प्रदान गरिदै आएको छ ?
नेपालका लागि विभिन्न देशहरुबाट आयात हुने अनिवार्य बस्तु, प्रक्रिया तथा पदार्थहरुमा गुणस्तर चिन्ह् प्रदान गर्नका लागि हामीले विभागमा नमुना परीक्षण गरेर आयातका लागि स्वीकृत प्रदान गरे पश्चात मात्र आयात गर्ने गरिन्छ । आगामी दिनहरुमा विदेशबाट कुनै पनि सामाग्रीहरु आयात गर्दा नेपाल गुणस्तर चिन्ह् प्रदान गरेर मात्र नेपाली बजारमा व्यापार गर्न पाउने व्यवस्था गर्ने तयारीमा हामी लागि रहेका छौ । 


विद्युतीय सामाग्रीहरुको परीक्षणका लागि ल्याव टेस्टको व्यवस्था नहँदा व्यवसायीहरु मर्कामा परेका छन् भन्ने सुनिन्छ यसमा गुणस्तर विभागको कस्तो
भूमिका रहला ?

नेपालमा  आयातित विद्युतीय सामाग्रीहरुको परीक्षणका लागि उच्च सुविधायूक्त ल्याव टेस्टको व्यवस्था हुन नसक्नु यो एउटा दुःखद पक्ष नै हो । तर यसका लागि हामीले हामीसँग भएका विद्युत प्रयोगशालालाई विस्तार गर्ने तथा स्तर उन्नति गर्ने हाम्रो प्रयास जारी रहेको छ । विद्युतीय क्षेत्रमा प्रयोगशालाहरु कम भएकाले निजि क्षेत्रमा पनि विद्युतीय सामाग्रीहरुको परीक्षणका लागि प्रयोगशाला हुनु आवश्यक रहेको छ ।


विद्युतजन्य दुर्घटना हुनुमा सरकारको बढी दोष रहेको छ भन्ने सुनिन्छ नि, यसमा के भन्नुहुन्छ ?
विद्युतजन्य र्दुघटना हुनुमा सरकार पक्षको मात्र बढी दोष रहेको छ भन्न मिल्दैन । यस सम्वन्धमा सबै सरोकारवालाहरु सचेत हन जरुरी रहेको छ । 
कुनै पनि भवन निर्माण गर्ने क्रममा हाउस वायरीङ्ग लगायत विभिन्न किसिमका विद्युतीय सामाग्रीहरुको जडान गरिन्छ । ति विद्युतीय सामाग्रीहरुको गुणस्तरमा ख्याल गर्नुपर्दछ र ति विद्युतीय सामाग्री जडान गर्ने इलेक्ट्रिसियनहरु तालिम प्राप्त हो या कुनै तालिम नै लिएको छैन भन्ने विषयमा पनि बुझ्न जरुरी रहन्छ । गुणस्तर नभएका विद्युतीय सामाग्री तथा अदक्ष इलेक्ट्रियसियनहरुले जडान गर्दा विद्युतजन्य दुर्घटना बढ्न सक्दछ । यसमा विशेषत उपभोक्ता वा प्रयोगकर्ताले ध्यान पु¥याउनु पर्दछ ।


 गुणस्तर चिन्ह् प्रदान गरिसकेका  कुनै बस्तु, प्रक्रिया र पदार्थमा पछि पुनः त्यसको अनुगमन वा परीक्षण गर्ने व्यवस्था छ कि छैन ?
नेपाल गुणस्तर तथा नापतौल विभागले कुनै बस्तु, प्रक्रिया र पर्दाथमा गुणस्तर चिन्ह् प्रदान गरिसके पछि सोही बस्तु, प्रक्रिया र पदार्थहरुमा नियमित रुपमा अनुगमन गरिरहन्छ । कुनै पनि उद्योगमा कम्तिमा पनि बर्षको १ पल्ट अनुगमन गर्ने गरिन्छ भने बजारमा कम्तिमा पनि ३ पटक अनुगमन गर्ने व्यवस्था रहेको छ । यसका अलवा हामीले गुणस्तर चिन्ह् प्रदान गरेका सामाग्रीहरुमा कुनै सामाग्रीहरुमा गुनासो आएमा तुरुन्त त्यसको अनुगमन गर्दछौ । बजारमा पाइने  गुणस्तर चिन्ह् प्रदान गरिएका सामाग्रीहरु प्रति सम्पूर्ण उपभोक्ताहरु विश्वस्त रहने गर्दछन् । 
गुणस्तर चिन्ह् प्रदान गरिएका सामाग्रीहरु बाट कुनै व्यक्तिलाई हानी नोक्सानी पुगेको छ भने सो सम्वन्धमा उजुरी  आएमा सम्वन्धित पक्षलाई कारर्वाहीक् समेत गर्ने  गर्दछौ ।
 नियत बस कुनै उद्योगहरुले कम गुणस्तरीय सामाग्रीहरु उत्पादन गर्दछन् भने उत्पादन लाई जफत गर्ने र कारवाहि गर्ने पनि गर्ने गरेका छौ । 
अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहानुहुन्छ ?
अन्त्यमा यस पत्रिका मार्फत सम्पूर्ण उपभोक्ताहरुलाई गुणस्तर चिन्ह् अंकित सामाग्रीहरु प्रयोग गर्न आग्रह गर्दछु ।   साथै गुणस्तर चिन्ह् प्रदान गरिएका सामाग्रीहरुमा कुनै कमि कमजोरीहरु रहे वा कम गुणस्तरका सामाग्रीहरु पाइएको खण्डमा गुणस्तरका कार्यलय वा उपभोक्ता अधिकारकर्मीहरु मार्फत उजुरी वा गुनासाहरु व्यक्त गर्न पनि आग्रह गर्दछु ।

प्रतिक्रिया