भर्खरै

वर्षेनी समस्या किन ?

  • प्रकाशित मिति : बुध, कार्तिक १७, २०७८
  • - विद्युत संसार
title

काठमाडौं १७ कात्तिक । तिहार नेपालीहरू र विशेषतः हिन्दूहरूको सबैभन्दा ठूला पर्वहरूमा एक हो । नेपाली हिन्दू पात्रो अनुसार कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि कात्र्तिक शुक्ल पक्षको द्वितिय तिथिसम्म पाँच दिन मनाइन्छ । यसबीचमा काग पूजा, कुकुर पुजा, गाई पूजा, गोरु पूजा, भाई टिकाहुँदै लक्ष्मी पूजा, दिपावली, देउसी भैलो समेटिन्छन् । धार्मिक कथन अनुसार यमराजले आफ्नी बहिनी यमुनाको घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिन्छ । पहिले दशैं अनि त्यसको पन्ध्र दिनपछि आउने तिहार दुवै पर्वमा देवी दुर्गाका विभिन्न रूपहरूको पूजा–आराधना गरिन्छ । सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा गरिएको पनि अनुमान गरिन्छ । दक्षिण एशियाका धेरै देशमा विशेष गरी भारत, नेपाल, भूटान र बर्मा म्यानमारमा यो पर्व विभिन्न प्रकारले मनाइन्छ ।
 
तिहारलाई झिलिमिली पर्व पनि भनिन्छ । तिहारको अर्को विशेषता भनेको घर–आँगनमा दियो बत्ती बाल्ने, झिलिमिली उज्यालो बनाउने हो । दियो बत्ती बालेर औंसीको कालो रातमा झिलिमिली बनाउने पर्वमा अँध्यारोलाई खुसी र उत्सव रुपमा मनाउने गरिन्छ । नेपालमा लोडसेडिङ्ग हुने समयमा घर आगन झिलिमिली बनाउन दियोबत्ती र मैन बत्तीको अत्याधिक प्रयोग हुने गर्दथ्यो । विगत ४÷५ वर्ष अगाडि देखि हटेको लोडसेडिङ्गले झिलिमिलीको पर्वलाई नै परिवर्तन गरिदिएको छ । लोडसेडिङ्गको समयमा प्रयोग हुने दियो र मैनबत्तीलाई लिडबल्ब प्रयोग भएको झिलिमिली बत्तिले विस्थापन गरिदिएको छ । उत्सव र पर्वहरुमा समेत प्रयोग हुने यस्ता झिलिमिली बत्ती, धेरैजसो छिमेकी मुलुक चीन र भारतबाट आयात हुन्छन् । तिहार शुरु हुनु केही दिन अघिदेखि नै, शहर बजारमा बिजुलीबाट बल्ने झिलिमिली बत्तीले घर सजाउन शुरु भइसकेको छ भने गाउँघरमा पनि यस्तो चलन बढ्दै गएको छ ।
 
वर्षेनी माग बढ्दै गएतापनि नेपालमा उत्पादन नभएकै कारण धेरै मूल्य राख्नुपर्ने देखि समयमा नै सामग्री उपलब्ध नहुने सम्मको समस्या वर्षेनी आउने गरेको छ । अघिल्लो वर्ष कोरोनाका कारण विक्षिप्त बनेको झिलिमिलिको व्यवसाय यो वर्षको पनि हालत उस्तै छ । महामारीका कारण बन्दाबन्दीको समय पश्चात् केही सहज भएको बजारमा मानिसहरुको चहल पहल बढेपनि विद्युतीय सामग्रीको व्यवसाय भने सन्तोषजनक रुपमा अघि बढ्न सकेको छैन् । खुद्रा व्यवसायीले तिहार जस्तो व्यापार हुने समयमा पनि हाम्रो माग अनुरुप होलसेलरले झिलिमिली बत्ती दिन नसकेको आरोप लगाउँदै आएका छन् भने होलसेलरहरु यसको दोष सरकारी पक्षलाई दिएर पन्छिन खोजिरहेका छन् । आयातकर्ता व्यवसायीले आफुहरुले बैशाख देखि नै तिहार विशेष सामग्री ल्याउन सम्पूर्ण प्रक्रिया पुरा गर्दा समेत छिमेकी मुलुक चीनले विभिन्न बाहानामा सामग्री भन्सारमा रोकिदिँदा यस्तो समस्या आएको बताउँदै आएका छन् ।
चिनियाँ भन्सारमा नेपाली कन्टेनर किन रोकियो कारण जे होस् समस्याको समाधान खोज्नु सरकारको पहिलो विकल्प हो । तर सरकार नै बेखबर भएर बस्नु भने पक्कैपनि शोभानिय होईन । कन्टेनर रोकिनुले आयातकर्ता मात्र समस्यामा पर्ने होईन जसकारण देशको अर्थतन्त्रमा असर, मूल्यवृद्धिको सामना व्यहोर्नुपर्ने बाध्यता हुन्छ । ‘तिहार झिलिमिली बत्तिको राम्रो सिजन हो झिलिमिली बत्ति नेपालमा नै उत्पादन नहुने र आयातमा पनि समस्या आउँदा व्यापारमा समेत गिरावट आएको छ । हरेक वर्ष आयातकर्ता विभिन्न समस्याबाट गुज्रिरहेका छन् जसले आम व्यवसायी र उपभोक्तालाई समेत निराशा बनाउँछ । यसैले यस्ता समस्यालाई समस्यामुक्त बनाउन यस क्षेत्रमा आवद्ध संघ संस्था तथा व्यवसायीसँगै सरकारी समन्वयबाट समयमा नै आवश्यक पहल गर्न जरुरी छ ।

प्रतिक्रिया