देशको समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक छ : शिक्षा मन्त्री पोखरेल

  • प्रकाशित मिति : Tue-28-Jan-2020
  • - Admin
title

 
 
 काठमाण्डौ, माघ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेले देशको समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक रहेको बताएका छन् । बालाजु स्कुल इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजी कलेजद्धारा आयोजित प्राविधिक रोजगार  मेला कार्यक्रमको  समुद्घाटनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
 
नेपालमा हाल भइरहेको बेरोजगारी शून्यमा झार्नका लागि प्राविधिक शिक्षाको आवश्यक रहेको उनले बताए । उनले प्राविधि शिक्षालाई ७ सय ५३ वटै स्थानीय तहमा पुर्याउने लक्ष्य रहेको उनले बताए । शिक्षा, श्रम, सीप, उत्पादन, रोजगारी र समृद्धि सँग जोडिएको उनले बताए ।
 
त्यस्तै कार्यक्रममा कलेजका प्रधानाध्यपक निर्मल न्यौपानेले देशको परिवर्तनका लागि प्राविधिक शिक्षाको आवशयकता रहेको बताए । उनले सीप सिकेर युवाहरुलाई आत्मनिर्भर हुन समेत आग्रह गरे । दक्ष प्राविधिक उत्पादन गर्न इण्डिया, पाकिस्तान, बंङ्गलादेश, युरोप, अमेरीकाबाट प्राविधिक शिक्षकहरु ल्याउनु पर्ने बताए । कलेजबाट वार्षिक एक हजार प्राविधिकहरु उत्पादन गर्दै आएको पनि उनले बताए ।
 
कलेजले माघ १४ र १५ गते दुई सम्म  प्राविधिक रोजगार मेलाको आयोजना गरेको छ ।
 
 कलेजले प्राविधिक एस एल सी र डिप्लोमा ईन्जिनियरीङ्गका प्रशिक्षार्थीहरुलाई लक्षित गरी  रोजगार मेलाको आयोजना गरेको हो ।
 
प्राविधिक जनशक्ति र उद्योगीहरु रोजगारदाता माझ एक आपसमा चिना परीचय गराउने, आफुले जानेको सीपको सदुपयोग गर्न उद्योगहरुमा अवसर सिर्जना गर्ने मेलाको मुख्य  उद्धेश्यका साथ रोजगार मेलाको आयोजना गरेको हो । रोजगार मेला बाट उद्योगी व्यवसायीहरुले एकै छातामुनी बाट आफुलाई आवश्यकता अनुसार मध्यम स्तरको प्राविधिक जनशक्ति रोजेर कार्यमा लगाउने अवसर पाउने छन् । रोजगारदाताहरुले यसै बर्ष पास गरेका विगतका कार्यनुभव भएका साथै विभिन्न क्षेत्रमा कार्य गरीरहेका प्रशिक्षार्थिहरुलाई छनोट गर्ने मौका मेलाबाट पाउने छन् । यस क्षेत्रमा प्राविधिक एस एल सी र डिप्लोमा सिभिल, मेकानिकल, अटोमोवाइल, इलेक्ट्रिकल र स्यानिटरी विषयका विद्यार्थीहरुले भाग लिनेछन् ।
 
 २०१८ सालमा स्थापना भएको यस कलेजले दक्ष र कुशल प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको छ । राष्ट्रिय र अन्र्तराष्ट्रिय श्रम बजारका लागि कुशल र दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने कलेजको प्रमुख उद्धेश्य रहेको छ । कलेजले स्थापना देखि हाल सम्म ४ हजार ४ सय भन्दा बढी प्राविधिकहरु उत्पादन गरेको  र छोटो अबधिको तालिम मार्फत १२ हजार भन्दा बढी प्राविधिक उत्पादन गरेको छ ।
 
कलेजमा मेकानिकल, इलेक्ट्रिक, सिभिल, अटोमोवाइल, स्यनिटरी र अप्थाल्मिक विषयामा अध्ययन अध्यापन हुँदै आएको छ ।
 
कलेजबाट सुधारीएको चुलो, सोलार कुकर, ह्विल चियर उत्पादन तथा मर्मत गर्दै आएको समेत गर्दै आएको छ ।
 
 
 
मेलाको प्रायोजन सेसि (CECI) क्यानडा, इन्स्यनेर (ENSSURE), NVQS SDC    ले गरेको हो । त्यस्तै एनएमवि बैंक, सिद्धार्थ बैंक र माछापुच्छ« बैंकले सहयोग गरेको छ । मेलामा नेपाटप,सिप्रदि, अशोक ली लैड, पञ्चकन्या, युनाइटेड वायर उद्योगहरुको सहभागिता रहने छ ।
 
 
 
मेलामा एक हजार भन्दा बढी मध्यम स्तरका प्राविधिकरुको सहभागिता रहने अपेक्षा गरीएको आयोजकले जनाएको छ । कलेजले वि.स २०७३ मा पनि रोजगार मेलाको आयोजना गरेको थियो । हाल दोस्रो पटक कलेजले  रोजगार मेला आयोजना गरेको हो ।
 
 

प्रतिक्रिया