महासंघको केन्द्रीय संगठनात्म भेला तथा अन्तर सम्बन्ध विस्तार कार्यक्रम सम्पन्न
- प्रकाशित मिति : Tue-17-Dec-0019
- - Admin

काठमाण्डौ, मंसिर । नेपाल विद्युतीय व्यवसायी महासंघको केन्द्रीय संगठनात्म भेला तथा अन्तर सम्बन्ध विस्तार कार्यक्रम सम्पन्न भएको छ । पाँच जिल्ला संघको सहभागितमा आइतबार नवलपरासी स्थित चिलाहा रतवल सामुदायिक होमस्टे नवलपुरमा समपन्न भएको हो ।
कार्यक्रममा महासंघलाई अघि बढाउनका लागि कस्ता कार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको महासंघका अध्यक्ष सुर्दशन पौड्यालले बताए । महासंघलाई एक ढिक्का भएर अगाडि बढाउन जिल्ला संघको सक्रिया सहभागिता आवश्यक रहेको उनले बताए । कार्यक्रममा विद्युतीय व्यवसायी संघ चितवन, रुपन्देही विद्युतीय व्यवसायी संघ बुटवल, नवलपुर विद्युतीय व्यवसायी संघ नवलपरासी, पोखरा इलेक्ट्रिक एशोसिएसन र काठमाण्डौ विद्युतीय व्यवसायी संघको उपस्थिति रहेको थियो ।
कार्यक्रममा महासंघको चौथो अधिवेशनमा निर्वाचन प्रक्रियालाई प्रक्रियालाई बहिष्कार गरी बाहिरीएका विद्युतीय व्यवसायी संघ चितवन, रुपन्देही विद्युतीय व्यवसायी संघ बुटवल, नवलपुर विद्युतीय व्यवसायी संघ नवलपरासी सँग महासंघको छलफल भएको थियो । महासंघको प्रतिष्ठा र गरीमालाई उच्च बनाउनका लागि जिल्ला संघको सहयो सधै हुने रुपन्देही विद्युतीय व्यवसायी संघका अध्यक्ष प्रकाश चन्द्र पाण्डेयले बताए । महासंघले आफ्नो प्रतिष्ठामा आँच आउने खालका कार्य गर्न नहुने पनि उनले बताए ।