भर्खरै

दिगो ऊर्जा विकासका लागि ऊर्जा सम्मेलन

  • प्रकाशित मिति : Fri-10-Jul-0201
  • - Admin
title
 
 
नेपालमा ऊर्जाको प्रशस्त स्रोत तथा सम्भावना रहेको छ । जलविद्युत तथा नवीकरणीय ऊर्जाका प्रशस्त स्रोतहरु नेपालमा रहेका छन् । ऊर्जाको सम्भावना र स्रोतलाई पहिचान गरी त्यसको विकासका लागि पछिल्लो समयमा सरकार लागि पर्दै आएको छ भने गैरसरकारी निकायहरुले पनि प्राथमिकता दिदै आएको छ । 
सरकार, गैरसरकारी निकाय, नीजि क्षेत्रले ऊर्जा क्षेत्रमा प्राथमिकता दिए सँगै ऊर्जा क्षेत्रमा विगत वर्षहरुमा भन्दा उल्लेख्य प्रगति हुँदै गएको छ । आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य अनुरुप सरकारले विभिन्न कार्ययोजनाहरु अघि सारेको छ । देशको आर्थिक समृद्धि तथा दिगो विकासको मूल आधार ऊर्जा हो । अहिलेको समय र प्रविधिको प्रयोग अनुरुप ऊर्जाको आवश्यकता पनि बढ्दै गएको छ । ऊर्जाको आवश्यकता दिन प्रतिदिन बढ्दै गएसँगै ऊर्जा क्षेत्रमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको संख्यामा पनि वृद्धि हुँदै गएको छ । 
सरकारले विभिन्न कार्यक्रम तथा सम्मेलन गरी ऊर्जा क्षेत्रमा लगानी भित्राउने प्रयास गर्दै आएको छ । नेपालमा उत्पादन हुने विद्युत नेपालमा मात्र खपत नगरी विदेशमा समेत निर्यात गर्ने नीति नेपाल सरकारको रहेको छ । सरकारको सो नीतिलाई नीजि क्षेत्रले पनि सहयोग पु¥याउँदै आएको छ । 
नेपालमा विद्युत विकास, अन्तरदेशीय व्यापार तथा प्रसारण पूर्वाधार विकास ,विद्युत क्षेत्रमा आवश्यक लगानी ,उत्पादन हुने विद्युतको बजार विस्तार लगायतका विषयमा आवश्यक छलफल गर्न स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान) ले आगामी मंसिरमा ऊर्जा सम्मेलन गर्ने भएको छ । यो सम्मेलनले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक सहयोग पुग्ने अपेक्षा राख्न सकिन्छ । विगतका वर्षहरुमा पनि ऊर्जा सम्मेलन नभएका त होइनन् यद्यपि  हाल सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिएका कारण सम्मेलन उपलब्धिमुलक हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ । यस सम्मेलनले नेपालमा उत्पादन भएको विद्युतलाई कसरी नेपालमा नै खपत गराउन सकिन्छ त भन्ने विषयको निचोड मिल्ने विश्वास  लिएको छ । त्यसैले यो सम्मेलन देशकै लागि उपलब्धि मुलक हुने देखिन्छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago