भर्खरै

आर्थिक समृद्धिको मेरुदण्ड जलविद्युत र ऊर्जा

  • प्रकाशित मिति : Mon-24-Aug-0201
  • - Admin
title
 
नेपालमा विद्युत उत्पादन हुन थालेको एक शताब्दी अर्थात १०८ वर्ष भन्दा बढी भईसकेको छ । विद्युत उत्पादनको सम्भावना र स्रोत प्रशस्त मात्रामा छ । विद्युत उत्पादनको सम्भावना र स्रोत प्रशस्त मात्रामा भए पनि विद्युत उत्पादन सुरु हुन थालेको लामो समय सम्म पनि विद्युत क्षेत्रको विकासले खासै गति लिन सकेन । विद्युत उत्पादन सुरु भएको अवधि देखि अहिले सम्मको अवधिलाई हेर्ने हो भने जुन रुपमा विद्युत उत्पादन हुन पर्ने हो त्यस अनुरुप विद्युत उत्पादन हुन सकेन । तर पछिल्लो समय नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको नेतृत्व आए पश्चात भने विद्युतीय क्षेत्रले गति लिएको छ ।
 
 भारतबाट विद्युत आयात गरेर नेपालमा भएको लोडसेडिङ्ग अन्त्य गरे जसले विद्युतीय क्षेत्रको आवश्यकता र त्यसको विकासमा टेवा पु¥यायो । विद्युत क्षेत्रले एक किसिमको छलाङ नै मा¥यो भन्दा अतियुक्ति नहोला । त्यस्तै अहिले नेपालमा संघीय शासन आए पश्चात भने सरकारी क्षेत्रबाट नै विद्युतीय क्षेत्रलाई प्रमुख प्राथमिकता दिएको छ । सरकारले नेपालको जलविद्युतको सम्भावनालाई मध्यनजर गर्दै सरकारले ऊर्जा दशक घोषणा गरेको छ । १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । त्यस्तै हाल नेपालको विद्युत माग १३ सय मेगावाट रहेको छ ।  अहिले निजी, सरकारी क्षेत्रले उत्पादन गरेको  जलविद्युत, सौर्य ऊर्जा, वायु ऊर्जा गरी  कुल ११ सय ४२ मेगावाट विद्युत उत्पादन नेपालबाट भएको छ । यो  आर्थिक वर्ष मात्रै देशमा  ११ सय मेगावाट विद्युत उत्पादन हुने सरकारको दावी रहेको छ  । यदि यो वर्ष भित्र ११ सय मेगावाट विद्युत उत्पादन हुने हो भने नेपालको अहिलेको विद्युत माग अनुरुप विद्युत बढी हुने देखिन्छ ।  नेपालमा हाल ७८ प्रतिशत जनता विद्युतको पहुँचमा छन् भने बाँकी जनता विद्युतको पहुँच भन्दा बाहिर रहेका छन् । आगामी ३ वर्ष भित्र सम्पूर्ण जनताको घर घरमा विद्युतको पहुँच पु¥याउने सरकारको लक्ष्य रहेको छ । यद्यपि सरकारले भने जति नै ११ हजार मेगावाट विद्युत उत्पादन हुने हो भने विद्युत अहिलेको अवस्थामा विद्युत बढी भई खेर जाने सम्भावना हुन्छ । यसको व्यवस्थापनका लागि सरकार सँगै विद्युत प्राधिकरणले विद्युतीय सामग्रीहरुको प्रयोगलाई प्रोत्साहन गरिरहेको छ । त्यस्तै भारतबाट आयात हुने ग्यास, डिजेल, पेट्रोललाई यो वर्ष उत्पादन हुने विद्युतले विस्तारै विस्थापन गर्दै लैजानका लागि विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुका साथै, घरमा खाना पकाउनका लागि विद्युतीय इन्डक्सन चुलोको प्रयोगका लागि प्रोत्साहित गर्नुपर्दछ । अन्य विद्युतीय सामग्रीहरुको प्रयोग पनि बढाउँदै जानुपर्दछ ।  अहिले सामुदायिक विद्युतीकरण महासंघले काभ्रेको तिमाल गाउँमा आफ्ना ग्राहकहरुलााई सुपथ मूल्यमा इन्डक्सन चुलो, खाना पकाउने र पानी तताउने भाडा  वितरण गरेको छ । एल पी ग्यास बाट भन्दा इण्डक्सन चुलो बाट खाना बनाउँदा सस्तो पर्ने हुँदा यसको विस्तार हुन जरुरी छ । काभ्रे बाट सुरुवात भएको इण्डक्सन चुलो वितरण अभियान देशभर लागु हुनुपर्दछ । 
 
त्यस्तै सरकारले नेपालबाट उत्पादित विद्युत भारत, बंगलादेशमा निर्यात गर्नका लागि विद्युत सम्झौता समेत गरेको छ । यदि सरकारले लिएको लक्ष्य अनुरुप विद्युत उत्पादन हुने हो भने नेपाल विद्युतमा आत्मनिर्भर भई विदेश निर्यात समेत गर्न सकिन्छ । सरकारले तोकेको समयमा नै विद्युत उत्पादन गरेको खण्डमा जनतालाई मात्र होइन राज्यलाई समेत आर्थिक फाइदा हुने देखिन्छ । अहिले भारत बाट जुन रुपमा पेट्रोलियम पदार्थ आयात हुँदै आएको छ त्यसको विस्थापन गर्न विद्युत उत्पादन हुनु आवश्यक छ । नेपालको अर्बौ रुपैयाँ पेट्रोलियम पदार्थ आयातमा भारत निकास हुँदै आएको छ । यसले देशको आर्थिक वृद्धिमा नराम्रो असर पारिरहेको छ । यदि नेपालमा नै प्रशस्त विद्युत उत्पादन भएको खण्डमा नेपाल  पेट्रोलियम पदार्थ आयातमा भारतसँग परनिर्भर हुनु पर्दैन । तसर्थ सरकारले अहिले देखि नै दीर्घकालिन योजना ल्याउनु आवश्यक छ । आर्थिक समृद्धिको मेरुदण्ड ऊर्जा क्षेत्रलाई मानिरहेको अहिलेको अवस्थामा यस सँग सम्बन्धित आवश्यक कार्यविधि ल्याउनु पर्दछ । जलविद्युत उत्पादनको सम्भावनालाई दृष्टिगत गरेर अहिले देखि नै जनताहरुलाई गुणस्तरयुक्त विद्युतीय सामग्री प्रयोगका लागि प्रोत्साहन गर्नुपर्दछ । विद्युतीय सामग्रीको प्रयोगले विद्युत खपत बढाउन सकिने र स्तरीय सेवा प्राप्त गर्न सकिने हुँदा विद्युतीय सामग्री प्रयोग गर्नुपर्दछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago