भर्खरै

विद्युतीय व्यवसायमा कोरोनाको प्रभाव, ४० प्रतिशतले व्यापार घट्यो

  • प्रकाशित मिति : Thu-18-Mar-0202
  • - Admin
title
 
काठमाण्डौ, चैत । कोरोना भाइरस (कोभिड १९) को प्रभावले विद्युतीय व्यवसाय क्षेत्रमा कमी आएको छ । कोरोनाका कारण सबै व्यापार व्यवसाय क्षेत्रमा ठूलो असर पारिरहेको बेला विद्युतीय व्यवसाय क्षेत्रमा पनि ४० प्रतिशतले कमी आएको हो । 
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाको प्रभाव नेपाल र नेपाली बजारमा देखिन थालेको छ । कोरोनाको त्रासका कारण मानिसहरु आवतजावतमा कमी आएको छ भने व्यापार व्यवसाय क्षेत्रमा ठूलो असर परेको छ । चीनको उहान प्रान्त बाट फैलिएको कोरोना भाइरस विश्वका १ सय २४ भन्दा बढी देशमा फैलिसकेको छ । कोरोनाका कारण नेपालमा चीन बाट आयात हुने सामग्रीहरु नेपाल भित्रन सकेको छैन । 
 
कोरोनाका कारण विद्युतीय व्यवसाय क्षेत्रमा ठूलो असर परेको नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुर्दशन पौड्यालले जानकारी दिए । उनका अनुसार निर्माण क्षेत्रका कार्यमा कमी आउनुका साथै कोरोनाका कारण विद्युतीय सामग्री आयात हुन नसक्दा व्यवसायमा झण्डै ४० प्रतिशतले कमी आएको  बताए । करिव २/३ महिना अघि देखि चीनबाट विद्युतीय सामग्री आयात ठप्प भएको र भारतबाट पनि हाल निकै कम मात्रामा सामग्रीहरु आयात भएको हुँदा व्यावसाय घटेको उनले बताए ।  हाल व्यवसायी सँग भएका स्टक विद्युतीय सामग्री बिक्रि वितरण भएको उनले जानकारी दिए । इन्डक्सन चुहे भने खासै बिक्रि वितरण नभएको उनले बताए ।
त्यस्तै नवलपुर विद्युतीय व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम भुषालले कोरोनाले मानिसमा त्रास फैलाएको र व्यापार व्यवसायमा कमी आएको बताए । चीनबाट पुस देखि विद्युतीय सामग्री आउन नसकेको उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago