भर्खरै

ऊर्जा क्षेत्रको विकासका लागि सरकार निरन्तर लागि परिरहनु आवश्यक छ

  • प्रकाशित मिति : Wed-15-Dec-1075
  • - सम्पादकीय
title
 
सरकारले आगामी चार वर्ष भित्र २ हजार ३९३ मेगावाट विद्युत उत्पादन गर्ने भएको छ ।  कुल ११० वटा साना तथा ठूला आयोजनाहरुको निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने भएको हो ।  आगामी चार वर्षमा जुनसुकै परिस्थिती सिर्जना भएपनि यी आयोजनाहरु निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको छ । 
सरकारले लिएको सोहि लक्ष्य अनुसार आयोजना निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाईरहेको छ । सरकारले ऊर्जा तथा जलविद्युत आयोजनाको क्षेत्रप्रति लिएको यो लक्ष्य एकदमै सकारात्मक छ । सरकारको यो लक्ष्य पुरा गर्न सबैलाई हातमा हात र साथमा साथ दिन सरकारले हरेक नेपाली जनतालाई आवहन गरेको छ । ऊर्जा देशको आर्थिक विकासको मेरुदण्ड हो  । देशको दीर्घकालिन र चौतर्फी विकास गर्न अन्य क्षेत्र भन्दा यस क्षेत्रले धेरै सहयोग पु¥याउने गर्दछ । ऊर्जा क्षेत्रको विकासमा सरकारले पनि प्रमुख प्राथमिकता दिइरहेको छ भने ऊर्जा क्षेत्रको विकासका लागि वैदेशिक लगानी आउने क्रम बढीरहेको छ । विदेशीहरुका लागि नेपालको जलविद्युतमा लगानी गर्न बाधक रहेको ऐन नियमहरु पनि केही हद सम्म परिमार्जन भएको छ ।  ऊर्जा क्षेत्रको विकासमा सरकारले अहिले जत्तिकै प्राथमिकता दिने हो र स्वदेशी तथा विदेशी लगानी आउने हो भने आगामी  ४ वर्ष भित्रमा ११० वटा आयोजनाहरु सम्पन्न हुने देखिन्छ ।  
यी आयोजना समयमा नै सम्पन्न भएको खण्डमा छिमेकी देश भारतबाट आयात गरिदै आईरहेको विद्युत आयात लाई कम गर्न सकिन्छ । त्यस्तै १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य पुरा हुन सक्छ  ।  यद्यपि ऊर्जा मन्त्रालयको सार्वजनिक गरेको १ वर्षे कार्यप्रगति विवरणमा राष्ट्रिय गौरवका आयोजनाहरुको काम भने तीव्र गतिमा हुन सकेको छैन । सरकारले आफ्नो लक्ष्य हासिल गर्नका लागि राष्ट्रिय गौरवका आयोजनाहरु लाई समयमा नै सम्पन्न गर्नुपर्दछ । जुन किसिमको गौरवको आयोजनाहरुमा पर्न गएको समस्या जतिसक्दो छिटो समाधान गरी आयोजनाका विकास कार्यलाई तीव्र रुपमा अघि बढाउनुपर्दछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago