भर्खरै

आयोजना रोक्न दलालको चलखेल

  • प्रकाशित मिति : Wed-21-Sep-2016
  • - Admin
title

नलसिंहगाड जलाशय जलविद्युत आयोजना बन्न नदिन स्थानीय दलालले चलखेल सुरु गरेका छन् ।

 

सरकारले ‘मिलेमतोमा’ एकतर्फी परामर्शदाता छनोट गरेको आरोप लगाउँदै उनीहरु प्रक्रियै रद्ध गराउन लागिपरेका नागरिक दैनिकमा समाचार छ ।

‘सर्ट लिस्ट’मा परेका चारमध्ये स्मेक इन्टरनेसनल अस्ट्रेलिया/एमडब्लुएच अमेरिका र एफ कन्सल्ट स्विटजरल्याण्ड दुई कम्पनीले गत असारमै प्राविधिक र आर्थिक प्रस्ताव पेस गरेका छन् ।

आयोजना बनाउन गठित ‘नलसिंहगाड जलविद्युत आयोजना विकास समिति’ले प्राविधिक र आर्थिक मूल्यांकन गरी स्मेकलाई परामर्शदाता छान्ने तयारी गरेको छ तर समिति यसमा पनि प्रलोभनमा परेको दोस्रो कम्पनीका एजेन्टको दाबी छ ।

समितिका कार्यकारी निर्देशक मोतिबहादुर कुँवरले गुणस्तर तथा लागत छनोट विधिअनुसार प्राविधिक र आर्थिक मूल्यांकनमा उच्च अंक ल्याएको कम्पनीलाई परामर्शदाता छनोट गरिएको बताए ।

प्रतिक्रिया