भर्खरै

सिसिटिभी क्यामेरा ‘साइमेन्स् एजीको’ महत्वपूर्ण आविष्कार र शहरमा यसको प्रयोग

  • प्रकाशित मिति : Wed-21-Sep-2016
  • - Admin
title

सुरक्षा, निगरानी, नियन्त्रण र सुविधाको हिसावमा आधुनिक युगको महत्वपूर्ण साधनको रूपमा सिसिटिभी क्यामेरा अर्थात ९ऋयिकभम–ऋष्चअगष्त त्भभिखष्कष्यल ऋऋत्ख्० लाई लिन सकिन्छ । सन् १९४२ मा जर्मनीका ‘साइमेन्स् एजी’ले आविश्कार गरेको उक्त सिसिटिभी पहिलो पटक सन् १९४९ मा अमेरिकाको न्यूयोर्कमा जडान गरिएको थियो । सुरक्षा र निगरानी राख्ने अति महत्वपूर्ण साधनको रूपमा विकास भएको यो साधन केही दशक अघि सम्म धेरै महङ्गो रहेको थियो र धनी देशका ठूला कम्पनीले मात्र प्रयोग गर्ने साधन आज  नेपाल जस्तो देशका कम्पनीमा मात्र हो इन सामान्य पसल, स्टोर, घर–कम्पाउण्ड  समेत जडान भइसकेको देखिन्छ भने यसको उपयोगलाई हरेक क्षेत्रमा विस्तार गर्नुपर्ने आवश्यकता रहेको छ । २. महत्व   आजको आधुनिक युगमा बसाई–सराई, शहरीकरण, आधुनिकरण, जनसंख्याबृद्धि जस्ता कारणले गर्दा शहरीया जीवन अति व्यस्त बन्न पुगेको देखिन्छ । शहरमा  सेवा तथा सुविधा पाइने, जीवन जीउनको लागि रोजगारी पाईने भएकोले ग्रामिण लगायतका भू–भागबाट शहरमा मानिसहरू भित्रिनक्रम व्यापक बन्दै गएसँगै सुरक्षा लगायतका धेरै समस्या आएकोले प्रहरी, प्रशासन र राज्यले मानवीय शक्तिको प्रयोगबाट मात्र सम्पूर्ण सुरक्षा गर्न गाह्रो हुदैछ । यस्तो जटिल परिस्थितिमा नागरिक स्वयम् विना बर्दीका प्रहरी हुन भन्ने मानिएको र भन्दै आएको भएपनि  खराव आचरण भएका, दुषित मनस्थितिका मानिसहरूको शहर बजारमा प्रवेश बढेसँगै सुरक्षा व्यवस्थामा सरकार र नागरिक, व्यवसायीको तहमा अफ्नो सुरक्षा आफै गर्नै पर्ने अवस्थाका कारण निजी व्यवसाय र घरमा समेत सिसिटिभी क्यामेराको  प्रयोग आवश्यक देखिएकोले यसको महत्व बढेको हो । ३. प्रयोग र व्यवसायीकरण   सिसिटिभीको प्रयोग अमेरिकाको  न्यूयोर्कबाट भएपनि नेपाल जस्तो सानो र विकासोन्मुख देशको शहरी जीवन समे त व्यस्त भएको सन्दर्भमा यसको प्रयोग  
बढेको हो । बैंक, स्कुल, कार्यालय, ट्राफिक प्रहरी, नागरिक प्रहरी, उद्योग, क्रिमिनल केस जस्ता क्षेत्रमा अनिवार्य जस्तै  बनेकोले यसको विस्तार, विकास, प्रयोग र आवश्यक नियमनमा राज्यले भूमिका बढाउनु पर्ने समय भइसकेको छ । सन् २०११ मा बेलायतको लण्डन सिटीको एउटा क्षेत्रमा सुरक्षाको लागि ६५० वटा भन्दा बढि क्यामेरा जडान गरिएका थिए भने आज हजारौं क्यामेरा जडान गरिएका छन् । नेपालमा व्यवसायिक विकासको लामो इतिहास नभएको, व्यवसायीक संस्कृतिको निर्माण हुन नसकेको अवस्थामा यो पेशामा पनि ज्ञान नभएकाले पनि हात हाल्ने र क्षेत्रलाई बदनाम गराउन सक्ने अवस्था देखिन्छ भने फाईदा देखेर असक्षम र अनुभवहीन मान्छेहरूको प्रवेशले बजारलाई बदनाम बनाउन सक्ने हुँदा नियमनकारी निकायले समयमै आवश्यक निमय, निर्देशिका निर्माण समेत गर्नुपर्ने देखिन्छ । विकासको चर्चा परिचर्चा गर्दा सुविधा, सुरक्षा पहिले आउने महत्वपूर्ण कुरा भएकोले शहरीया जीवनमा यसैलाई बढी महत्व दिइने गरिएको छ । मानव अधिकार वादी गोविन्द केसीका अनुसार दुई दशक अघि युरोपमा प्रहरीले गर्ने मानवअधिकार सम्बन्धी क्रियाकलापमा अध्ययन गर्न जाँदा पहिलो पटक सिसिटिभी देखेको बताएका थिए । त्यहाँ प्रहरीले एकजना कार चोरलाई समातेर ल्याएको थियो । कार्यलय भित्र सोफामा अभियुक्त  बसेको थियो र प्रहरीले पानी, चिया, कफी के खाने सोध्दै थियो । म माथि तल्लाको कार्यलय प्रमुखको कोठामा बसेर टिभीमा दृष्य हेर्दै थिए र मैले सोधेँ के तरिका हो यो अपराधमा दोषी देखिएको व्यक्तिलाई कफी सोधेर सोफामा राख्नुभएको छ, हाम्रो देशमा त पहिले झापड हानेपछि
बल्ल सोधपुछ हुन्छ भन्दा प्रहरी प्रमुख भन्दै थिए, हामीकहाँ सबै नियन्त्रण यही सिसिटिभी क्यामेराले गर्दछ र उसले प्रमाण लुकाउन पाउँदैन, ऊ दोषी  देखिइसकेकोले उसलाई कुटपीट गर्नुको कुनै अर्थ छैन, उसले कानून अनुसार कार वाही भोग्छ, कसैको केही चल्दैन र अर्काे कुरा अभियुक्तलाई उसको वकीलले बयान लिएपछि मात्र कारबाही अघि बढ्छ होइन भने प्रहरी आफैले वकील बोलाउनु पर्ने हुन्छ र त्यसपछि मात्र मुद्दा अघि बढ्छ भन्यो त्यो युरोपको मानवअधिकार, सुरक्षा र कानूनी व्यवस्था देखेर म अति प्रभावित भएको थिए ।’ अर्थात ऊनीहरू प्रमाणलाई अति महत्व दिन्छन र त्यसको लागि प्रत्येक जग्गामा सिसिटिभीको एक्सिस बनाएर राखेका हुन्छन् । त्यस अर्थमा  हेर्दा नेपालमा पनि शहरीकरणले बढेको जनसंख्या बृद्धिबाट आउने सुरक्षा सम्बन्धी समस्या हल गर्ने राम्रो माध्यम सिसिटिभी बन्न सन्ने देखिएको छ । जर्मनको  फ्रेन्कफर्डका कतिपय शहरमा पसल बन्द गर्ने चलन छैन, ताल्चा भनेको सिसिटिभी हो, पाले भनेको सिसिटिभी हो । ४. निष्कर्षः     सुरक्षामा महत्वपूर्ण साधनको रूपमा विकास भएको सिसिटिभीको विकास र विस्तारले नागरिक सुरक्षामा सहयोग पुग्छ भने राज्यको सुरक्षा खर्चमा समेत कटौ ती पुग्न गई शहरीया आधुनिक जीवन सम्पन्न र व्यवस्थित बन्नमा टेवा पुग्ने भएकोले यसलाई प्रोत्साहन गर्नु पर्ने  देखिन्छ भने निजी व्यवसाय, पसलमा समे त यसको प्रयोग बढाउनु पर्ने देखिन्छ । यसलाई राज्यका जनसरोकारका सम्पूर्ण कार्यलयमा अनिवार्य बनाउनु पर्ने देखिन्छ  । नागरिकको स्वस्थ्य पछि महत्वपूर्ण स्थान रहेको सुरक्षामा ध्यान दिन सिसिटिभीको बजार विस्तार आवश्यक देखिन्छ ।  नेपालको संविधानले नागरिकको सुरक्षामा राज्यको जिम्मेवारी हुने भन्दै धारा १६  देखि ४८ सम्म विभिन्न मौलिक हकको समेत व्यवस्था गरेकोले शहरीया जीवनमा सुरक्षा महत्वपूर्ण मौलिक हकमा पर्ने विषय हुन आएको देखिन्छ । सन्दर्भ सूची सिसिटिभी म्यामेरा हिस्ट्री, विट्रानिया । बन्दी, गोविन्द (२०७२), त्रिभूवन विश्वविद्यालय, नेपाल ल क्याम्पस, काठमाडौं । नेपालको संविधान (२०७२), कानून किताव व्यवस्था समिति, काठमाडौं । गृह मन्त्रालय, सुरक्षा निर्देशिकाहरू । प्रहरी प्रधान कार्यालय सुरक्षा निर्देशनहरू ।
खत्री, जीवन (२०७३), सिसिटिभी डिलर, जनरल टूल्स एण्ड एसिसरिज, सुन्धारा, काठमाडौं ।

 

त्यसैगरी प्रहरीले बिहीबा प्रतिलिटर ३ सय रुपैयाँमा पेट्रोल बिक्री गरीरहेको अवस्थामा मोरङ बुद्धनगर-८ का १९ वर्षीय अनिल राजवंशी र बिराटनगर उपमहानगरपालिका-१५ का ४६ वर्षीय प्रेम दाहाललाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया