भर्खरै

नेपालमा इन्टरनेट टिभीको बजार बढ्दो

  • प्रकाशित मिति : Wed-21-Sep-2016
  • - Admin
title

काठमाडौं । इन्टरनेट पहुँच विस्तार भइरहँदा नेपालमा इन्टरनेट  प्रोटोकल टेलिभिजन (आइपी टिभी) जडान  गर्नेको संख्या पनि तीब्र गतिमा बढेको छ । दर्शकले गुणस्तरीय टेलिभिजन च्यानल हेर्न अब कुनै अतिरिक्त प्रविधि खोजि गर्नु नपर्ने भएको हो । डिसहोम, सुबिसु, सिमटीभी, वर्ड्लिङ्क, ब्रोडलिङ्क, भायनेट लगायतका सेवा प्रदायकले आइपी टिभी हेर्ने सुविधा दिएका छन्। केहि कम्पनी यो सेवा सुरु गर्ने तरखरमा समेत छन् । आइपी टिभी प्रोभाइडरहरुको पछिल्लो तथ्याङ्क हेर्ने हो भने हाल उपत्यकामा ५० हजार भन्दा धेरैले यो सेवाको प्रयोग गरिरहेका छन्। यसमा सवैभन्दा धेरै हिस्सा सुविसु केवलनेटले लिएको कम्पनीका प्रवन्ध निर्देशक सुधिर पराजुलिले दावी गरे। सुविसुले हाल १५ हजार ग्राहकलाई यो सेवा दिइरहेको उनको भनाइ छ । सरकारले काठमाडौं महानगरपालिका र सबै उपमहानगरपालिकाका केबल  टेलिभिजनलाई अनिवार्य डिजिटल प्रविधिमा रुपमा लैजाने प्रावधान ल्याएपछि सेवा प्रदायकहरुले पुरानो नेपालमा इन्टरनेट टिभीको बजार बढ्दो प्रविधिलाई हटाउँदै लगेका हुन् । तीन वर्षअघि २०७३ वैशाख १५ गतेभित्र सबै केबल टेलिभिजनलाई डिजिटल प्रविधिमा लैजान  सरकारले सूचना जारी गरेको थियो। पछि केहि प्राविधिक समस्या आएपछि तीन महिनाको समय थप गरिएको थियो । २०७० वैशाखमा सरकारले  राजपत्रमा सूचना प्रकाशित  गर्दै काठमाडौं महानगरपालिका र सबै उपमहानगरपालिकामा तीन वर्ष, नगरपालिकामा चार वर्ष र अन्य क्षेत्रमा पाँच वर्ष्भित्र केबल टेलिभिजनलाई एनालगबाट डिजिटल प्रविधिमा परिवर्तन गर्न निर्देशन दिएको थियो । केबल टेलिभिजनलाई डिजिटल प्रविधिमा रुपान्तरित गरे पछि व्यवसाय पारदर्शी हुनाका साथै अनुगमन सहज हुने र राजस्व पनि बढ्ने सूचना तथ सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले बताए । एनालग प्रविधिमा ग्राहकले एउटा लाइन जडान गरेर धेरै टेलिभिजन सेटमा बाँड्न सकिन्छ । यहि प्रणालीबाट राजश्व चुहावट भइ  रहेको सरकारी अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago