भर्खरै

यसो गर्नुहोस् । ल्यापटपको ब्याट्री धेरै टिक्छ

  • प्रकाशित मिति : Wed-21-Sep-2016
  • - Admin
title

तपाइँ कुनै जरुरी बैठक वा बाटो वा कक्षाकोठामा हुनुहुन्छ। महत्वपूर्ण काम छ तर ल्यापटपको ब्याट्रीको चार्ज सकिनै लाग्यो। ब्याट्री चार्ज गर्न एडाप्टर पनि ल्याइएको छैन वा एडाप्टर भएपनि चार्ज गर्ने ठाउँ छैन। काम थुप्रै भएपनि ब्याट्री सकिएर ल्यापटप बन्द हुने अवस्था आउँदा कसलाई चिन्ता नहोला र ? तर यस्तो हुँदा आशा मारिहाल्नु चाहीँ  पर्दैन । चार्ज सकिएर मर्नै लागेको ब्याट्रीबाट समेत केही काम गर्न सकिन्छ, काइदा अपनाउने हो भने। यस्ता काइदामध्ये केही काइदा यस्तो बेलामा काम लाग्छन् जब तपाइँलाई चार्ज सकिनै लागेको ब्याट्रीको चार्ज अलिबेर खपाएर ल्यापटपमा केहीबेर काम गर्नुछ। केही काइदा भने निरोधात्मक प्रकृतिका छन्, ब्याट्री झ्याप्पै नसकियोस् र धेरै टिकोस् भन्नका लागि अपनाउनुपर्ने। छोटो समयका लागि ब्याट्री खपाउने तरि का निम्नानुसार छन्। यी तरिका अपनाउने हो भने सकिनै लागेको ल्यापटपको ब्याट्री अलिक बेर बढि टिकाएर ल्यापटपमा महत्वपूर्ण काम गर्न सकिनेछ। – ल्यापटपको ब्याट्री सेभर मोड अर्थात् इको मोडलाई सक्रिय पार्नुस्। – विभिन्न आउटर डिभाइस, पोर्ट तथा हार्ड्डिस्क र युएस बी माउस भए निकाल्नुपर्छ, तत्काल काम नलाग्ने यसो गर्नुहोस् । ल्यापटपको ब्याट्री धेरै टिक्छ एप्स तथा प्रोसस बन्द गर्ने गर्नुपर्छ ।    वाइफाइ समेत अफ गर्नुस्। तत्काल काम  नगरिएका डिभाइस निस्त्र्किय पार्नका लागि ल्यापटपको कन्ट्रोल प्यानलमा गएर डिभाइज म्यानेजरमा देखिने डिभाइसमा  राइट क्लिक गर्दै डिसएबल गर्नुपर्छ । – सेटिङ मिलाउने। ब्याट्री सकिनै लाग्दा पनि डिस्प्ले र किबोर्ड प्रयोग नगरी नहुने छ भने ऊर्जा खपत घटाउने गरी सेटिङ मिलाउनुपर्छ । यसका लागि किबोर्डको ब्याकलाइट अफ गर्ने, स्त्र्किनको ब्राइटनेस र रिजोलुसन कम गर्ने, आवाज कम वा बन्द गर्ने, आवाज नसुनी नहुने छ भने ल्यापटपको स्पिकरको साटो एयरबडबाट सुन्ने गर्नुपर्छ । – हार्डवेयर मात्र होइन विभिन्न खाले एप्स र प्रोसस (ड्रपबक्स, गुगल ड्राइभ आदि) लगायतका सफ्टवेयरले समेत ऊर्जा खपत गर्छन्। त्यसैले तत्काल प्रयोगमा नरहेका यस्ता सफ्टवेयर समेत बन्द गर्नुपर्छ । – ल्यापटपको कामलाई सरलीकरण गर्दा पनि उर्जा खपाएर ब्याट्री केही बढि टिकाउन सकिन्छ। ल्यापटपको ब्याट्रीको चार्ज प्रसस्त छ र रिचार्ज गर्न पनि तत्काल सम्भव छ भने एकैचोटीमा धेरै  प्रोग्राम खोलर काम गर्छ सकिन्छ। यसो गर्दा प्रोसेसरमा धेरै लोड पर्छ र ऊर्जा पनि धेरै खपत हुन्छ। त्यसैले ब्याट्री सकिनै लागेको बेला कमभन्दा कम ऊर्जा खपत गर्न एक पटकमा एउटा मात्र एप्लिकेसन प्रयोग गर्ने र बढि श्रोतको खोजी गर्नुपर्ने र ऊर्जा खपत गर्ने प्रोग्राम नखोल्ने गर्नुपर्छ।  कहिलेकाहीँ केही सिम्पल टुल्सको प्रयोग गरेर पनि ब्याट्रीको चार्ज टिकाउन सकिन्छ, जस्तै वर्ड डकुमेन्टको साटो सामान्य टेक्स्ट फाइल प्रयोग गर्ने। वर्ड फाइल खोल्दा के नै बढि ब्याट्री खपत होला र ? भन्ने लाग्न सक्छ तर त्यसो हो इन। वर्ड फाइलमा हुने विभिन्न खाले अटोम्याटिक एक्सन, फोटो तथा भिडियो इडिटिङ टुल्सले प्रोसेसर मा लोड थप्छन् र बढि ऊर्जा खपत हुन्छ। त्यसैले सामान्य टेक्स्ट टाइप गर्नुछ भने वर्ड फाइल खो ल्नुको साटो टेक्स्ट फाइल खोल्दा ल्यापटपको ब्याट्री बढि टिक्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago