भर्खरै

काठमाडौंमा विद्युतीय बस चलाउने योजना अलपत्र

  • प्रकाशित मिति : Tue-20-Sep-2016
  • - Admin
title

४ असोज, काठमाडौं । काठमाडाैं उपत्यकामा विद्युतीय बस संचालनमा ल्याउने योजना हल्लामा मात्र सीमित बनेकोछ । काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले विद्युतीय बस संचालनका बारेमा धेरै हल्ला भए पनि काम केही नभएको बताए ।

प्रमुख कार्यकारी अधिकृत तामाङले मंगलबार स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई महानगरपालिकाका काम कारवाही र योजनाहरु जानकारी गराउने क्रममा सुरुमा धेरै हल्ला गरिएपनि विद्युतीय बस संचालनका लागि महानगरपालिकालाई कहीँ कतैबाट केही नभनिएको र काम अगाडि नबढेको बताए ।

उनले विद्युतीय वस सञ्चालनका सम्बन्धमा बजेटको स्वीकृतिका लागि स्थानीय विकास मन्त्रालयमा प्रस्ताव पठाएपनि मन्त्रालयले प्रक्रिया नै अगाडि नबढाएको जानकारी दिए ।

केपी शर्मा ओलीले प्रधानमन्त्री भएलगत्तै काठमाडौ उपत्यकामा ६ महिनाभित्र विद्युतीय बस संचालनमा ल्याउने बताएका थिए । ओलीले जिम्मेवारी सम्हालेको एक महिनापछि गरेको ३६ बुँदे सम्बोधनमा उपत्यकामा विद्युतीय मेट्रो रेल सञ्चालनको काम अगाडि बढाउने विषयलाई समेत समावेश गरेका थिए ।

विद्युतीय बस र मेट्रो रेलको विषयलाई ओलीले प्राथमिकतामा राखेपछि महानगरपालिकाले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, स्थानीय विकास मन्त्रालयले बजेट स्वीकृत नगरेको प्रमुख कार्यकारी अधिकृत तामाङले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago