भर्खरै

सीटीसीको मोबाइल एक्स्पो हुने

  • प्रकाशित मिति : Tue-20-Sep-2016
  • - Admin
title

४ असोज, काठमाडौं । काठमाडौको सुन्धारास्थित सीटीसी मोबाइल बजारले असोज ७ गतेदेखि मोबाइल एक्स्पो गर्ने भएको छ । सीटीसी मोबाइल बजारले मंगलबार पत्रकार सम्मेलन गरी नजिकिएको दशैं पर्वलाई लक्षित गरेर मोबाइल एक्स्पो गर्न लागेको जानकारी दिएको छ ।

 

एक्स्पोमा मोबाइलको खरिद्मा ५० प्रतिशतसम्म छुट दिइनेछ भने हरेक दिन लक्की ड्र मार्फत ६ जना अवलोकनकर्तालाई मोबाइल दिइने छ ।

५ जना खरिद्कर्तालाई लक्की ड्रमार्फत मोबाइलका अतिरिक्त २ हजार ५ सयदेखि १० हजार रुपैयाँसम्मको भौचर प्रदान गरिने बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिए ।

उनले एक्स्पोमा स्मार्टफोन खरिद गर्नेहरुमध्ये लक्की ड्र मार्फत बम्पर उपहार स्वरुप होण्डा हर्नेट मोटरसाइकल, टिभी, पि|mज, भ्याकुम क्लिनर र वासिङमेसिन दिने योजना समेत समावेश गरिएको बताए ।

बजारमा ८ सयदेखि १ लाख ५० हजार रुपैयाँसम्म पर्ने सबै कम्पनीका मोबाइल राखिएका छन् । आयोजकले असोज १५ गतेसम्म हुने एक्स्पो ३ लाख भन्दा बढीले अवलोकन गर्ने अनुमान गरेको छ ।

नेपालमा गत आर्थिक वर्ष भन्सार नाका हुँदै १८ अर्ब १९ करोड ७६ लाख ८५ हजार रुपैयाँ बराबरका ४९ लाख ९० हजार ९ सय ४२ वटा मोबाइल सेट भित्रिएको सरकारी तथ्यांक छ ।

प्रतिक्रिया