भर्खरै

नगरकोटका सय घरको विजुली काटियो 

  • प्रकाशित मिति : Thu-08-Dec-2016
  • - Admin
title

नौ दिनदेखि अध्यारोमा बास

भक्तपुर
विद्युत चोरी गरी प्रयोग गर्ने तथा कालो सुचीमा रहेका भक्तपुर नगरकोटका सय घरको विजुली काटीएको छ । नेपाल विद्युत प्राधिकरण भक्तपुरले चोरी गर्ने मिटर जडान नगरी विद्युत प्रयोग गर्ने घरहरुको लाइन काटेको हो । ऊर्जामन्त्री जनार्दन शर्माले शुरु गरेको बाँकी बक्यौता असुली गर्ने अभियान अन्र्तगत नै लाइन काटिएको प्राधिकरणले जनाएको छ । विद्युत लाइन काटीएपछि सिँगो गाउँ नै अध्यारोमा छ । लाइन काटीएको नौ दिन देखि त्यहाँका बासिन्दा अध्यारोमै बास बस्न बाध्य छन् । प्राधिकरणको अभियान अन्तर्गत लाइन काट्न थालेपछि नगरकोट नगरपालिका– ११ र १२ मा पर्ने बेँसीटोलका १०० घरमा विगत नौ दिनदेखि अँध्यारो भएको हो । प्राधिकरण भक्तपुर शाखाका अनुसार अत्यधिक हुकिङ गरी विद्युत चोरी गर्ने गरेको, मिटर नै नहाली विद्युतको प्रयोग गर्ने गरेको र लामो समयदेखि विद्युत् महसुल नबुझाई कालोसूचीमा परेका ग्राहकको विद्युत् लाइन काटिएको बताए । उनले भने–“नगरकोटका बेँसी टोलका करिब १०० घरको लाइन काटिएको छ, उहाँहरुले कार्यालयमा आएर विद्युत् चुहावट नगर्ने, मिटर जडान गर्ने र महसुल बुझाउने प्रतिबद्धता गर्नुभएको छ, अब केही दिनमै पुनः लाइन जोडिने प्राधिकरणले जनाएको छ । कालोसूचीमा रहेका उपभोक्ताले विद्युत महसुल बुझाउने र मिटर जडानका लागि आवेदन दिएलगत्तै बेँसी टोलमा पुनः विद्युत लाइन सञ्चालन गरिने भएको छ । यता चाँगुनारायण नगरपालिका–१० खोरिया टोल र छापमा करिब १०० घरका काटिएको विद्युतलाइन प्राधिकरणले नौदिनपछि पुनः सुचारु गरेको छ । यस क्षेत्रमा पनि अत्यधिक हुकिङ गरी विद्युत् चोरी गर्ने गरेको, मिटर नै नहाली विद्युतको प्रयोग गर्ने गरेको र लामो समयदेखि विद्युत् महसुल नबुझाई कालोसूचीमा परेका ग्राहकको विद्युत् लाइन काटिएको थियो । लाइन काटिएपछि स्थानीय उपभोक्ताले विद्युत् चोरी नगर्ने प्रतिबद्धता जनाउँदै मिटर जडान गर्न आवेदन दिने र बाँकी महसुल बुझाउन थालेपछि लाइन पुनः सुचारु गरेको शाखा प्रमुख जानकारी दिए । प्राधिकरण भक्तपुर शाखाले विद्युत् चुहावट नियन्त्रण गर्ने अभियान अन्तर्गत बढी विद्युत् चुहावट हुने क्षेत्र भक्तपुर नगरपालिकाका विभिन्न टोल, नगरकोट, सूर्य्विनायक र चाँगुनारायण नगरपालिकाका विभिन्न क्षेत्रमा आकस्मिक अनुगमन गरी कारबाही गर्ने कार्यलाई तीव्र पारेको छ । यस अन्तर्गत हालसम्म विद्युत् चुहावटमा संलग्न रहेका मध्ये ४८ जनालाई कारबाही गरी जरिवाना लगाएको र त्यसमध्ये मङ्सिरमा मात्रै २२ जनालाई कारबाही गरिएको जनाएको छ । विद्युतचोरी गर्ने कारबाहीमा परेकाबाट प्राधिकरणले रु १२ लाख ६४ हजार ७ सय ७५ जरिवाना असुल गरेको छ । हालसम्म प्रहरी र प्रशासनको सहयोगमा प्राधिकरणले विद्युत् चुहावटमा प्रयोग भएका करिब ६०० मिटर विभिन्न तार, नौवटा पानी तान्न प्रयोग हुने ठूला पम्प, एकवटा डिस होम, पिठो मिस्ने मेसिनमा प्रयोग हुने मोटर समेत नियन्त्रणमा लिएको छ । विद्युत चुहावट नियन्त्रण अभियानलाई अझै सशक्त बनाउन शाखाले स्थानीय युवा क्लब, राजनीतिक प्रतिनिधि र सामाजिक संस्थासँग समन्वय गर्ने भएको छ । हाल भक्तपुरमा ३३ प्रतिशत चुहावटलाई घटाउन सफल भएकोमा क्लबलगायत विभिन्न निकायको साथ लिँदै यस वर्ष्भित्रमा चुहावटलाई शून्यमा झार्ने उद्देश्य अनुसार काम भइरहेको प्राधिकरण शाखा भक्तपुरको दाबी छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago