पुस २३ गते काठमाडौं विद्युतीय व्यवसायीको साधरणसभा

  • प्रकाशित मिति : Thu-08-Dec-2016
  • - Admin
title

विद्युत संसार संवाददाता
आगमी पुस २३ गते काठमाडौं विद्युतीय व्यवसायी संघको ७ औं साधरण सभा तथा चौथो महाधिबेसन हुने भएको छ । आगामी हुने महाधिबेशनले नयाँ कार्यसमतिको चयन गर्नेछ । अहिले काठमाडौं विद्युतीय व्यवसायीको नेतृत्व शंकर देबकोटाले गर्नु भएको छ । १२ जनाको कार्यसमिति सदस्य हुने उक्त संघको साधरणसभा कार्यक्रम भव्यरपमा बानेश्वर बैंक्वेटमा हुने संघका उपाध्यक्ष इन्द्र पोखरेलले जानकारी दिए । पोखरेल संघको उपाध्यक्ष समेत हुन, भने उनी यस महाधिबेसनबाट अध्यक्षका लागि दाबेदारी समेत हुन् । तर, उनका अनुसार सबैको सहमतिमा मात्र आफु अघि बढ्ने जनाउ दिएका छन् । आउँदो महाधिबेशनका लागि हरिराज वाग्लेको संयोजकत्वमा ३ जनाको समुह निर्वाचन टोली गठन भइसकेको छ । भोलिदेखि व्यवसायहीहरुलाई चिठीपत्र पठाएर जानकारी दिइने समेत उपाध्यक्ष पोखरेलले बताए ।
काठमाडौं विद्युतीय व्यवसायीका अनुसार अहिले ४ सय ७५ व्यवसायीहरु आवद्ध छन् यस पटक ५० जना व्यवसायी थपिन सक्ने जानकारी दिए । 

प्रतिक्रिया