भर्खरै

लोडसेडिङ अन्त्य गर्ने अभियानमा एमालेको अवरोधः उर्जामन्त्री शर्मा 

  • प्रकाशित मिति : Thu-15-Dec-2016
  • - Admin
title

लोडसेडिङ न्यूनीकरण  गर्न सफलता हात पार्दै आएका ऊर्जा मन्त्री जनार्दन शर्माले सरकारको अभियान विरुद्ध राजनितिक  क्षेत्रबाट अवरोध भएको दुखेसो गरेका छन् । प्राधिकरणमा विशेषत एमालेको अवरोधका कारण काममा बाधा पुगेको उनको संकेत थियो ।
‘विद्युत चुहावट नियन्त्रण सम्बन्धी’ प्रधानमन्त्री कार्यालयमा आयोजित बैठकमा मन्त्री शर्माले भने ‘लोडसेडिङ न्यूनीकरण अभियानलाई असफल पार्न एमालेले षडयन्त्र शुरु गरेको छ ।’ एमाले सहित राजनितिक दलको अवरोधका कारण भारतबाट विद्युत आयात गर्न निर्माणाधीन रक्सौल(परवानीपुर प्रसारण लाईनको काममा समस्या आएकोले प्रधानमन्त्रीको ध्यानकार्षण गराएका हुन् । मन्त्री शर्माले लोडसेडिङ अन्त्यका लागि टेक्निकल र नन टेक्निकल चुहावट रोक्ने विषय भन्दा बिद्युत प्राधिकरणमा यसअघि हुने गरेको भ्रष्टाचार र कालाबजारी मुख्य समस्या रहेको बताएका हुन् । ‘अहिले पनि प्राधिकरण बोर्डका कतिपय सदस्यहरुले विद्युत जेनेरेशन कम्पनी निर्माण हुन नदिने षडयन्त्र गरिरहेका छन् । उर्जा मन्त्रालयद्धारा स्पष्टीकरण सोधिएका प्राधिकरण संचालकत्रय लक्ष्मण प्रसाद अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेप्रति इंगित गर्दै उनले भने, ‘त्यस्तो अवरोध नहटाई अघि बढ्न सम्भव छैन ।’
पछिल्लो समय लोडसेडिङ न्युनिकरणमा ऊर्जा मन्त्रालय तिब्रताका साथ अघि बढिरहेको छ । 
 

प्रतिक्रिया