भर्खरै

ग्राहकको रोजाइ क्रम्टनको “गिजर” 

  • प्रकाशित मिति : Thu-15-Dec-2016
  • - Admin
title

जाडो महिना शुरु भए पछि मानिसहरु बढि गिजर सम्झिन्छन् । विशेषतः पानी तताउन प्रयोग गरिने गिजर ब्राण्ड मुल्य र गुणस्तरियताका कारण महत्व रहेको हुन्छ । किन्दा आफुले कुन ब्राण्ड र क्यापासिटीको किन्दैछु भन्ने ख्याल गर्न नसक्दा त्यतिकै पैसा खेर जान सक्छ । 
इण्डियाको एक नम्बर ब्राण्ड क्रम्टनको उत्पादनहरु धेरै नेपालीको घरघरमा पनि पुगिसकेको छ । १ सय २५ वर्ष पुरानो कम्पनीको परिचय आफैंमा स्थापित भइसकेको छ । पुरानो स्थापित कम्पनी हुनाले बजारमा उपभोक्तालाई परिचय दिइरहनु 
पर्दैन । यसको गुणस्तरियता उपयोगिता र मुल्यको बारेमा पनि नेपालमा धेरै लामो समय देखि क्रम्टन का विद्युतिय बस्तु आइरहेको भए पनि कम्पनीले सिधा मार्केटिङ भने भर्खरै गरेको हो । ५ नम्बर रेटिङमा रहन सफल यस ब्राण्डका उत्पादनहरु देशका विभिन्न डिलर पसल सुपरमार्केटहरुमा पाइन्छन् । अन्तराष्ट्रिय मापदण्डमा आधारित क्रम्टनका उत्पादनहरु दैनिक उपभोक्ताको रोजाइ पर्दै गएको छ । 
जति धेरै रेटिङ त्यति नै कम विद्युत लिने भएकोले यो ग्राहको रोजाइमा पर्दै गएको पाइन्छ । नेपालमा आधिकारीक डिलरको रुपमा सेभ इन्टरनेशनलले विक्रि वितरण गर्दै आइरहेको छ ।
 काठमाडौंको चाइना टाउन स्थित कार्यालय रहेको सेभ इन्टरनेसनलले क्रम्टनका उत्पादनहरु गिजर, आइरन पँखा, कुलर लगायत विभिन्न विद्युतीय सामानहरु समेत पाइन्छन् । ६ लिटर क्यापासिटी देखि १०,१५,२५,५० लिटर सम्म को पाइन्छ मुल्यका हिसावले सहज १४ हजार देखि २८ हजार सम्म पर्नेछ ।  जाडो महिना लागेपछि गिजरको माग बढ्नु स्वभाविक नै हो। तातो पानी तताउन विशेष प्रयोग हुने गिजर घर कार्यालय 
देखि रेष्टुरेष्ट होटलहरुलाई पनि उत्तिकै उपयोगि हुन्छन् । 

प्रतिक्रिया