भर्खरै

पैतिस वाट विद्युतबाट चल्ने कम्युटरको विकास

  • प्रकाशित मिति : Sun-18-Dec-2016
  • - Admin
title

काठमाडौँ,  कुनै पनि कम्युटर चलाउनका लागि २६० वाट बिजुलीे आवश्यक पर्छ, तर नेपालका कम्युटर वैज्ञानिक मुनिबहादुर शाक्यले ३५ वाट विद्युतबाट चल्ने कम्युटरको विकास गर्नुभएको छ । 

आइसिटी पत्रकार विकासमञ्चको ६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्मानित व्यक्तित्व वैज्ञानिक शाक्यले विकास गर्नुभएको उक्त कम्युटर प्रदर्शनमा राखिएको थियो । पाँच दशकदेखि कम्युटर क्षेत्रमा लाग्नुभएका शाक्यले सो कार्यक्रममा सम्मान ग्रहण गर्दै भन्नुभयो –“कालिकोटसहित देशका थुप्रै ठाउँमा झन्डै छ हजार बिरामीलाई उक्त कम्प्युटर प्रयोगको माध्यमबाट उपचार गर्न सहयोग पुग्यो । 
लोडसेड्किा कारण विद्युत् आपूर्ति अवरुद्ध हुनेगरेका कारण कम विद्युत् उपभोग गर्ने कम्प्युटर निर्माण गर्ने सोच बल्ल सफल भएको उहाँले बताउनुभयो । पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले देशमा कम्युटर सञ्जालमा हुने ह्याकिङजस्ता समस्या बढेकाले समयमै नियन्त्रण गर्न नसके राज्यको नियन्त्रण भन्दा बाहिर जाने बताउनुभयो । उहाँले कम्युटरको माध्यमबाट हुने अपराध नियन्त्रण गर्न कानुन बनाउन लागिएको पनि जानकारी दिनुभयो । सो अवसरमा उहाँले पर्यटन, कम्युटर, समाजसेवा, पत्रकारितालागयतका क्षेत्रमा योगदान पु¥याउने २४ जनालाई सम्मान गर्नुभएकोे थियो । 
कार्यक्रममा संस्कृति, पर्यटन राज्यमन्त्री इन्द्रबहादुर बानियाँ, कम्युटर प्रेस काउन्सीलका अध्यक्ष बोर्णबहादुर कार्की, निर्देशक डिनेश डिसी, मञ्चका अध्यक्ष भरतराज उप्रेति तथा सचिव मोहन खतिवडालगायतले महोत्सवलाई सम्बोधन गर्नुभएको थियो । 
रासस 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago