भर्खरै

विद्युत् चोरीको अभियोगमा १६ जना उपकरणसहित पक्राउ

  • प्रकाशित मिति : Tue-20-Dec-2016
  • - Admin
title

सुरुङ्गा,  नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चोरीको अभियोगमा १६ जनालाई आज बिहान पक्राउ गरेको छ । प्राधिकरण र प्रहरीको संयुक्त टोलीले गरामीको खोपवाडी र विरानटोलबाट सो अभियोगमा संलग्न व्यक्तिलाई पक्राउ गरेको केन्द्र प्रमुख तथा प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई अहिले इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । विद्युत् नचोर्न पटक पटक सार्वजनिक सूचना जारी गरे पनि सूचनाको अवज्ञा गरेपछि बाध्य भएर चोरीमा संलग्नलाई पक्राउ गर्नुपरेको उहाँको भनाइ छ । 
पछिल्लो तीन महिनदेखि चोरीमा संलग्न हुनेहरुलाई विद्युतीय सामग्री जफत गर्दै सम्झाएर छाडिएको थियो तर पटक पटक सम्झाउँदा पनि अटेर गर्दै विद्युत् चोरीबाट राईसमिल, समिल, अठो मोवाइल, वर्कसपजस्ता कारखाना समेत चलाएको पाइएपछि बाध्य भएर त्यस्ता व्यक्तिलाई कारबाही गर्ने अभियान चलाइएको केन्द्र प्रमुख सिंहको भनाइ छ । पक्राउ परेका सबैलाई विद्युत् चुहावट नियन्त्रण ऐन अन्तर्गत कारबाही अघि बढाइने कार्यालयले जनाएको छ । रासस
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago