भर्खरै

बजारमा युएफ ओ ल्याम्प

  • प्रकाशित मिति : Wed-21-Dec-2016
  • - Admin
title

उपभोक्ताको माग लाई ध्यानमा राखेर बनाइएको निकै आकर्षक एइडी बत्ति बजारमा आएको छ । नियमित आइरहेको एइडी ल्याम्प भन्दा निकै आकर्षक डिजाइन प्रयोग गर्न सहज सरल उक्त युएफ ओ ल्याम्प राजधानी ब्राण्डले नेपालमा भित्र्एको हो । उच्च क्वालिटीको युएफओ ल्याम्प चाइनामा बनेको हो । नेपालीहरुले चाइनिज सामान भनेर कमजोर ठानेपनि यो निकै विस्वासिलो भएको कम्पनीको दाबी छ । चइनामै राजधानी ब्राण्डको नाउँमा ट्याग लागेर नेपालमा विक्रि वितरण हुनेछ । राजधानीले एलिडी ल्याप्प लगायत विद्युतीय बस्तु विक्रि गर्दै आइरहेको छ । युएफओ ल्याम्प पछिल्लो पटक बजारमा सहज र उपयुक्त भएको कम्पनीको दाबी रहेको छ । ल्याप्प प्रयोग गर्दै आएरहेका उपभोक्ताहरुले यो युएफ ओ ल्याम्प प्रयोग पछि फरक अनुभुति गर्न सक्ने कम्पनीले जनाएको छ । 
उक्त ल्याम्प ५० हजार घण्टा बढि बल्न सक्ने कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार ९० प्रतिशत सम्म इनर्जी सेभ गर्ने ताप कम उत्पन्न गर्न सक्ने अत्यन्त पोर्टेबल भएको छ । अत्यन्त कम विद्युत खपत गर्ने गुणस्तर युक्त ल्याप्प भएकोले बजारमा उपभोक्ताले रुचाउने कम्पनीले आफ्नो दाबी प्रस्तुत गरेको छ । आकर्षक डिजाइन र भेराइटीमा पाइने उक्त ल्याम्प देशका विभिन्न होटल, रोष्टुरेन्ट, घर कम्प्लेक्स लगायत विभिन्न ठाउँमा प्रयोग गर्न सकिने छ । ल्याम्पको लुमेन क्षमता ४०० एलए म रहेको तथा ४८ वाटमा बल्न सक्ने छ । 
सधै एकै किसीमका साधरण एलइडी बल्व प्रयोग गर्दै आइरहेका उपभोक्तालाई युएफओ ल्याम्पले आकर्षण गर्ने देखिन्छ । लामो समयसम्म आयु भएको कम विद्यूत खपत गर्ने  उत्कृष्ट डिजाइनमा  भएकोले मानिसहरुको आकर्षण बढ्ने देखिन्छ ।
 

प्रतिक्रिया