हाउस वायरिङ्ग र पावर केबुल तारको मुल्य बृद्धि

  • प्रकाशित मिति : Wed-21-Dec-2016
  • - Admin
title

नेपालमा केबुल तार उत्पादन गर्दै आइरहेका कम्पनीहरुले तारको मुल्यमा बृद्धि गरेको छ । तार उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थको मुल्यमा बृद्धि भएको कारण केबुल तारको मुल्यमा पनि बृद्धि गर्नु परेको व्यवसायीहरुको दावी छ ।
यहि पुस १ गतेदेखि गरी केबुल तार उत्पादकहरुको संघ नेपाल विद्युतीय उत्पादक संघ (नीमा) ले मुल्य बृद्धि लागु गरेको हो । अन्तराष्ट्रिय बजारमा तारका लागि आवश्यक मेटल तामाको मुल्यमा बृद्धि भएको कारण तारको मुल्यमा बृद्धि गर्नु परेको नेपाल विद्युतीय उत्पादक सँघ (नीमा) का अध्यक्ष आशिष सिग्देलले बताए । अध्यक्ष सिग्देल नेपाल केबुल का डाइरेक्टर पनि हुन् । 
केबुल तारको विभिन्न साइज अनुसार मूल्य सुचि फरक फरक हुने गर्दछ । विभिन्न किसीमको तारहरुको पहिले कायम रहेको मुल्य सुची अनुसार करिब १० प्रतिशत जति बढ्न गएको संघको दाबी छ । हाउसवायरिङका लागि प्रयोग गरिने साधरण ३÷२२ को तार प्रति क्वाइल एक हजार बाट बढेर १२सय ४० पुगेको छ । व्यवसायीहरुका अनुसार करिब १० प्रतिशत जति मुल्य बृद्धि हुन पुगेको छ । अबको उपभोक्ताका लागि बजार मुल्य १२ सय ४० प्रति क्वाइल तारमा भ्याट कर सहित अझै बढि पर्ने हुन्छ । तर विभिन्न कम्पनीको नियमानुसार बढिमा २५ प्रतिशत सम्म छुट दिन सकिने छ । बजारको प्रतिस्पर्धा अनुसार कम्पनीहरुले आफ्नो गुडविल अनुसार २५ प्रतिशतसम्म डिस्काउन्ट दिन सक्नेछन् । यस्तै ३÷२०को प्रति क्वाइल १९८०,७÷२२ को तार २८००, ७÷२० को ४५०० लगायत छन् । (अन्य मुल्यसुची तालिकामा हुर्नुस)
केही वर्षदेखि नेपालमा केबुल तार कम्पनीहरु आत्म निर्भर हुदै आएका छन् । व्यवसायीहरुका अनुसार बाहिरबाट आउने तार लगभग अन्त्य हुदै गएकोदाबी छ । नेपालमा केबुल तार कम्पनीहरले घर कम्प्लेक्स देखि इन्डष्ट्रियल तारहरु पनि उत्पादन गर्दै आइरहेको छ ।  जति तार उत्पादन भए पनि कच्चा पदार्थ भने बाहिरबाटै आयात गरिन्छ । कम्पनीहरुले भारत चिन लगायत युरोपियन देशहरुबाट समेत कच्चा तामा आयात गर्दै आइरहेका छन् । सुनको भाउ जस्तै अन्तराष्ट्रिय बजारमा कच्चा तामा आल्मुनियम आदिको मुल्यमा पनि घट बढ भइरहने भएको कारण तारको मुल्यमा परिवर्तन भइरहने नीमाका अध्यक्ष आशिष सिग्देलले बताए । तर मुल्य बढाउनु पर्दा व्यवसायीहरु बृद्धि गर्ने उपभोक्तालाई सेक्ने मुल्य घट्दा मुल्य नघटाउने प्रविति रहेको आरोप उपभोक्ताले लगाउँदै आएको छ । 
 

प्रतिक्रिया