भर्खरै

किन बढायो निगमले तेलको मुल्य ?

  • प्रकाशित मिति : Wed-21-Dec-2016
  • - Admin
title

विद्युत संसार संवाददाता
मासिक १४ करोड नाफामा रहदा रहदै पनि नेपाल आयल निगमले तेलको मुल्यमा बृद्धि गरेपछि उपभोक्ताले प्रश्न गरेका छन् किन बद्धि गरयो आयल निगमले तेलको मुल्य ? मुल्यबृद्धिको विरोधमा विभिन्न विद्यार्थी संगठनहरु उत्रिएका छन् मुल्य बृद्धि फिर्ताहुनु पर्ने उनीहरुको माग रहेको छ । तर, भारतिय आयल कर्पोरेसनले थप मुल्य बृद्धि सहित पत्र पठाएकोले बृद्धि भएको निगमको तर्क छ । अहिले निगमले साविकको भन्दा प्रतिलिटर ४ रुपैया ५० पैसा बेद्धि गरेको छ । पहिले ९७ रुपैया प्रतिलिटर पर्ने पेट्रोललाई अहिले एक सय १ रुपयाँ ५० पैसा पर्दछ । यस्तै डिजेल र मट्टितेलमा लिटरको ४ रुपैयाँ ५० पैसा बढेर दुबैको मूल्य ७७ रुपैयाँ ५० पैसा पुगेको छ । ग्यासको मूल्य भने पुरानै कायम राखिएको छ ।नयाँ दर कायम गरेको निगम प्रवक्ता भानुभक्त खनालले बताए । 
मुल्य बृद्धि नगराउदा पनि निगम नाफामा गएको बेला मुल्य वृद्धि गरेको भन्दै विभिन्न विद्यर्थी संघहरु द्धारा विरोध सुरु हुन थालेको छ ।
तेलको मुल्य बृद्धि हुदा बजारमा सबै सामाग्रीहरुको मुल्यमा पनि बृद्धि हुने र आम सर्बसाधरण मारमा पर्ने भन्दै मुल्य बृद्धि तत्काल फिर्ता हुनुपर्ने जनगुनासो देखिएको छ । पेट्रोलियम पदार्थको मुल्य बृद्धि हुनु भनेको तेलको मात्र नभइ आम उपभोक्ताको दैनिकीमा सरकोकार राख्ने विभिन्न उपभोग्य खाद्य पदार्थको पनि मुल्य बढ्ने हुन्छ । यसैले सबैको सरकारको विषय देखिन्छ ।
 

प्रतिक्रिया