भर्खरै

पहिलो सोलार मिनी ग्रीड परियोजना उद्घाटन

  • प्रकाशित मिति : Thu-22-Dec-2016
  • - Admin
title

तनहुँ  ६ पुस, गरिबमुखी सार्वजनिक निजी साझेदारीको अवधारणाअन्तर्गत नेपालमा पहिलोपटक निर्माण भएको सोलार मिनी ग्रीड परियोजनाको आज जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले उद्घाटन गर्नुभयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, आइपाड र युएनस्क्यापको रु एक करोड ३३ लाख ९५ हजार र सरल ऊर्जा नेपाल प्रालिको रु २१ लाखको लागतमा तनहुँको बैदी गाविस–२ दुबुङमा सो परियोजना निर्माण भएको हो । अठार किलोवाट क्षमताको सो परियोजनाबाट उत्पादित विद्युत्लाई तीन किलोमिटरको प्रसारण लाइनबाट गाविसका २ र ३ वडाका १३० घरपरिवारमा विद्युत् आपूर्ति गरिएको छ । केन्द्रीय प्रसारण पुग्न नसकेको सो गाउँमा गत वर्षको मङ्सिरमा नै सो परियोजना निर्माण सम्पन्न भई उपभोक्ताले चौबिसै घन्टा विद्युत् सुविधा उपभोग गर्दै आएका छन् । कार्यक्रममा मन्त्री जोशीले देशका सातवटै प्रदेशमा केन्द्रीय प्रसारणलाइन पुग्न नसकेका गाउँबस्तीमा यस किसिमका नमुना परियोजना निर्माण गरी जनतालाई विद्युत् सुविधा पु¥याउने सरकारको योजना रहेको बताउनुभयो । सो मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले ऊर्जालाई आम नागरिकको पहुँचमा पु¥याउन सरकारले नवीकरणीय ऊर्जाको अनुदान नीति ल्याएको जानकारी दिँदै यस्ता प्रविधिको प्रवद्र्धनबाट मानव स्वास्थ्य र वातावरण संरक्षणमा योगदान पुग्नुका साथै स्थानीयस्तरमा नै आयआर्जनका अवसर निर्माण गर्न सकिन्छ भन्नुभयो । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले सरकार, निजी क्षेत्र र समुदायको लगानीमा नेपालमा नमुनाका रुपमा पहिलोपटक निर्माण भएको यो आयोजनाको सफल कार्यान्वयनका आधारमा देशका अन्यत्र पनि विस्तार गर्न सकिने धारणा राख्नुभयो । सो अवसरमा युएनस्क्यापका कोजी इवाकामीले नेपालमा नमुनाका रुपमा निर्माण गरिएको यस आयोजनाको सफल कार्यान्वयनबाट आफू खुसी भएको र यसको दिगो सञ्चालन गरी स्थानीय समुदायको ऊर्जाको आवश्यकता परिपूर्ति गरी जीविकोपार्जनमा सुधार ल्याउन सकिने बताउनुभयो । 
परियोजना अवलोकनका लागि लाओस, इन्डोनेसिया, चीन, भारत, अमेरिकालगायत विभिन्न आठ देशका ऊर्जाविद् पनि त्यहाँ पुगेका थिए । युएनस्क्यापको सहयोगमा नेपाललगायत थाइल्यान्ड र लाओसमा पनि गरिबमुखी सार्वजनिक निजी साझेदारीको अवधारणाअनुसार परियोजना निर्माण गरिएको छ । रासस 

प्रतिक्रिया