भर्खरै

प्राधिकरणलाई लोडसेडिङ नगर्न हम्मे: बिजुली माग्न नेपाली टोली दिल्लीतिर

  • प्रकाशित मिति : Thu-22-Dec-2016
  • - Admin
title

 पुस, काठमाडौं । केही समययता राजधानीलाई लोडसेडिङमुक्त बनाएर राम्रो जश पाएका नेपाल विद्युत प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई माघ महिनामा पनि लोडसेडिङ नगर्ने वातावरण बनाउन हम्मेहम्मे परेको छ ।

माघअघि नै थप बिजुली व्यवस्था नगर्ने हो भने लोडसेडिङ हुने निश्चित भएपछि बिजुली माग्न नेपाली टोली भारत गएको छ । उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहितको टोली बिजुली माग्न दिल्ली गएको हो ।
भारतबाट थप ८० मेगावाट बिजुली ल्याउन सकिए लोडसेडिङको सामना गर्नु नपर्ने भन्दै उनीहरु मंगलबार दिल्ली गएका हुने ।
भारतबाट बिजुली ल्याउनेबारे प्रारम्भिक सहमति भएकाले अन्तिम टुङ्गो लगाउन उर्जा टोली भारत गएको हो ।
आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 11 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 16 hours ago