भर्खरै

ऊर्जा क्षेत्रलाई मौलिक अधिकारका रुपमा राख्न आग्रह

  • प्रकाशित मिति : Fri-23-Dec-2016
  • - Admin
title

काठमाडौँ, ७ पुस । मानवअधिकार तथा शान्ति समाजले संविधानको मर्मअनुसार ऊर्जा क्षेत्रसँगको पहुँचलाई नागरिकको मौलिक अधिकारका रुपमा राख्न र त्यसका लागि आवश्यक पहल गर्न ऊर्जा मन्त्रीसँग आग्रह गरेको छ । समाजको प्रतिनिधिमण्डलले आज ऊर्जामन्त्री जनार्दन शर्मालाई एक ज्ञापनपत्र बुझाउँदै ऊर्जा क्षेत्रमा पछिल्लो दिनमा भएका सुधार तथा विद्युत्भार कटौती अन्त्य गरेकोमा बधाई दिँदै ऊर्जा क्षेत्रलाई संविधानको भावनाअनुसार मौलिक हकअन्तर्गत राखेर सोहि अनुरुप व्यवहार गर्न आग्रह गरेको हो ।नेपालको संविधानले ऊर्जा क्षेत्रलाई मौलिक हकमा नराखे पनि नागरिकको जीवनसँग जोडिएका विषय मौलिक अधिकार नै भएको समाजको ठहर छ ।

ज्ञापनपत्र बुझ्दै ऊर्जामन्त्री शर्माले नागरिकको अपेक्षाअनुसार सरकारले काठमाडौँ उपत्यकामा विद्युत्भार कटौतीमुक्त गरेको र आम नागरिकको सहयोग पाएको खण्डमा मुलुकभर नै विद्युत्भार कटौतीमुक्त घोषणा गर्ने तयारीमा रहेको बताउनुभयो । मानवअधिकारका क्षेत्रमा क्रियाशील शान्ति समाजले नागरिक सचेतनाका लागि सरकारलाई सहयोग गर्न र ऊर्जा क्षेत्रको विकासका लागि वातावरण तयार पार्नसमेत उहाँले आग्रह गर्नुभयो । यस्तै समाजले आजै सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई समेत १० बुँदे ज्ञापनपत्र बुझाउँदै २० वर्षदेखि स्थानीय निकायको निर्वाचन हुन नसकेकाले तत्काल निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको छ । मुलुकमा पछिल्लो दिनमा देखिएको राजनीतिक गतिरोध अन्त्यका लागि संवाद र सहमति नै उपयुक्त माध्यम भएको समाजले मन्त्री पाण्डेको ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्र बुझ्दै मन्त्री पाण्डेले स्थानीय निकायको निर्वाचनका लागि सरकारले आवश्यक प्रक्रिया सुरु गरिसकेको जानकारी दिँदै निर्वाचनको वातावरण बनाउन सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago