भर्खरै

बूढीगण्डकीको मुआब्जा बाँड्न र पुनःस्थापना गर्न संयोजक खोजिँदै

  • प्रकाशित मिति : Fri-23-Dec-2016
  • - Admin
title

काठमाडौँ, ७ पुस । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने उद्देश्यका साथ आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनःस्थापना एकाइको संयोजक चयन गर्ने भएको छ । 

ऊर्जा मन्त्रालयले चालु आवको बजेट वक्तव्यमा समावेश गरिएको व्यवस्थाअनुसार संयोजक पदका लागि विज्ञापन आह्वान गरेको छ । कुल एक हजार २०० मेगावाट क्षमताको सो आयोजना प्रभावितका लागि सरकारले मुआब्जा वितरणको प्रक्रिया सुरु गर्ने अन्तिम तयारी गरेको छ । बजेट वक्तव्यमा उल्लेख भएअनुसार मुआब्जा, पुनःस्थापनाका लागि छुट्टै कार्यालय स्थापना गर्नुपर्ने भन्ने व्यवस्था अनुसार नै १५ दिनको समयसीमा राखेर आज संयोजक पदका लागि दरखास्त आह्वान गरिएको हो । फ्रान्सेली कम्पनी ट्याक्टबेलले आयोजनाको सम्पूर्ण डिजाइन तथा लागत समेत तयार गरी सरकारलाई बुझाइसकेको छ । आयोजनालाई सरकारले कम्पनी ढाँचामा अगाडि बढाउने तयारी गरेको छ । अर्थमन्त्रालयले सैद्धान्तिक स्वीकृति दिने बित्तिकै आयोजना कम्पनी ढाँचामा अगाडि बढ्नेछ । 

ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थले बूढीगण्डकी आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि मुआब्जा तथा पुनःस्थापना संयोजक आवश्यक पर्ने भएकाले दरखास्त आह्वान गरिएको जानकारी दिनुभयो । ऊर्जा मन्त्रालयले मान्यता प्राप्त शैक्षिक संस्थाबाट इन्जिनियरिङ, व्यवस्थापन वा समाजशास्त्र वा जनप्रशासन, वातावरण तथा कानुन विषयमा स्नातकोत्तरको शैक्षिक योग्यता हासिल गरेको, जग्गाप्राप्ति, मुआब्जा वितरण, पुनर्बास तथा पुनःस्थापनाको क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको व्यक्तिले दरखास्त दिन सक्ने व्यवस्था गरेको छ । सरकारले चालु आवको बजेट वक्तव्यमा आयोजनाका लागि रु पाँच अर्बभन्दा बढी बजेटको व्यवस्था गरेको छ भने नेपाल आयल निगमले आयात गर्ने इन्धनको भन्सार बिन्दुमा नै रु पाँच पूर्वाधार कर लगाएको छ । सो करबाट अहिलेसम्म रु तीन करोड रकम जम्मा भइसकेको छ । 

आयोजनाबाट प्रभावित पाँच हजारभन्दा बढी घरपरिवारलाई पुनःस्थापना गर्नुपर्नेछ । करिब ५० हजार नागरिक आयोजनाका कारण विस्थापित हुने र त्यसको व्यवस्थापनका लागि स्थायी प्रकृतिको संयन्त्र आवश्यक हुने भएकाले संयोजक आवश्यक देखिएको हो । 

आयोजनाबाट प्रभावित गोरखा र धादिङका २७ गाविसमध्ये छ गाविसको मुआब्जा वितरणको प्रक्रिया सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले न्यूनतम रु पाँच लाख २५ हजारदेखि रु आठ लाख २५ हजारसम्म मुआब्जा वितरण गर्ने तयारी गरेको छ । स्थानीयवासीले मुआब्जा समयसापेक्ष नभएको भन्दै आन्दोलन गर्दैआएका छन् । 

बूढीगण्डकी सरोकार समितिले मुआब्जा वितरण प्रक्रिया सहज नभएको र आफूहरुको माग सम्बोधन नभएको भन्दै आन्दोलन समेत गर्दै आएका छन् । समितिका अध्यक्ष हरेराम ढकालले मुआब्जा वितरण प्रक्रियामा थप सहजीकरण गरिदिन आग्रह गर्दै ऊर्जा र गृह मन्त्रालयमा निवेदन समेत दर्ता गराइसकेको जानकारी दिनुभएको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago