भर्खरै

विद्युतभार कटौती अभियानमा अवरोध नगर्न सङ्गठनको आग्रह

  • प्रकाशित मिति : Sun-25-Dec-2016
  • - Admin
title

काठमाडौँ, १० पुस । काठमाडौँ उपत्यकामा जारी विद्युत्भार कटौती मुक्त अभियानमा अवरोध नगर्न र नेपाल विद्युत् प्राधिकरणमा राजनीतिलाई हाबी हुन नदिन नेविप्रा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन ९संयुक्त०ले आग्रह गरेको छ । 

प्राधिकरणमा क्रियाशील नेविप्रा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र नेविप्रा राष्ट्रिय कर्मचारी सङ्गठनको एकता महाधिवेनशले पारित गरेका नीति तथा कार्यक्रमका बारेमा आज जानकारी दिँदै सङ्गठनले लामो समयदेखि विद्युत्भार कटौती गरेर मुलुकको आर्थिक विकासमा अवरोध गर्नेलाई कारबाही गर्न माग गरेको छ । सङ्गठनले प्राधिकरणलाई नाफामा लैजान अनावश्यक राजनीतिक नगर्न र युनियनको नाममा व्यवस्थापनलाई अटेर गर्ने काम नगर्न तथा विद्युत्भार कटौतीमुक्त अभियानमा असहयोग गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउन पनि आग्रह गरेको छ । काठमाडौँमा मात्रै विद्युत्भार कटौतीको अन्त्य हुँदा आमनागरिकमा राहतको महसुस भएकोे, उद्योग व्यवसायमा सकारात्मक परिणाम उत्पन्न भएकामा खुसी व्यक्त गर्दै प्राधिकरणभित्र रहेको अनियमितता, भ्रष्टाचार नियन्त्रण गर्न सङ्गठनले आग्रह गरेको छ । 

प्राधिकरणले अगाडि बढाएका आयोजना तत्काल पुरा गर्न, प्राधिकरणको संस्थागत सुधारमा ध्यान दिन तथा टे«ड युनियनलाई मर्यादित बनाउनसमेत सङ्गठनले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । 

मुलुकको ऊर्जा क्षेत्रको विकासमा केही सकारात्मक सङ्केत देखा परेको अवस्थामा त्यसलाई पूर्णता दिन विवाद गर्नुको अर्थ छैन भन्दै सङ्गठनले टे«ड युनियन सहयोगी बन्नुको साटो असहयोगी भएकामा आपत्तिसमेत प्रकट गर्नुपरेकोे अध्यक्ष खगेन्द्र शाहीले जानकारी दिनुभयो । 

शाहीको अध्यक्षमा नयाँ समिति 

प्राधिकरणमा क्रियाशील नेविप्रा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र नेविप्रा राष्ट्रिय कर्मचारी सङ्गठनको एकता महाधिवेशनले खगेन्द्र शाहीको अध्यक्षतामा ९७ सदस्यीय नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन ९संयुक्त० गठन गरेको छ । 

सङ्गठनको उपाध्यक्षमा झुलिराम थापा, रवीन्द्र आचार्य, माधव ढकाल, बमबहादुर जिसी, भानबहादुर चन्द, महेश सिग्देल, शिसनाथ चौधरी, कल्याण भुजेल। महासचिवमा माधव अधिकारी, उपमहासचिवमा टीकाराम दाहाल, सचिवहरुमा नवीन आचार्य, लीलाबहादुर थापा, सज्जन कुइँकेल, नरबहादुर थापा कोषाध्यक्षमा प्रकाश पौडेल, सहकोषाध्यक्षमा यज्ञ ढकाल, सङ्गीता बानियाँ निर्वाचिन हुनुभएको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago