भर्खरै

पुस १६ गते नेपाल इलेक्ट्रिसियन संघको महाधिबेशन हुदै 

  • प्रकाशित मिति : Fri-30-Dec-2016
  • - Admin
title

   यही पुस १६ गते नेपाल इलेक्ट्रिसियन संघ काठमाडौको छैठांै तथा सातौ वार्षिक साधारण सभा एवम् चौथो महाधिवेशन हुने भएको छ । 
इलेक्ट्रिकल पेशामा आवद्ध रहेका र इलेक्ट्रिसियनहरुको संगठनको रुपमा रहेको संघले ८ वर्ष पुरा गरी ९ औँ वर्षमा प्रवेश गरेको छ यस अवसरमा महाधिवेशन गर्दै नयाँ कार्यसमिति समेत चयान गर्ने भएको छ । 
यस संंघमा हिमाल, पहाड, तराई लगाएत छिमेकी मुलुक भारतका समेत इलेक्ट्रिसियनहरु आवद्ध रहेका छन् । स्थापना काल देखि हाल सम्म काठमाडौँ सदस्यको रुपमा १,०००  इलेक्ट्रिसियन आवद्ध रहेका छन् यि मध्ये केही आजीवन सदस्य रहेको यस संघका अध्यक्ष मुकेश के.सी. ले जानकारी दिनु भयो । 
इलेक्ट्रिक क्षेत्रमा लागेका व्यक्तिहरुलाई सहयोग गर्दै आएको यस संघले इलेक्ट्रिसियनहरुलाई विभिन्न संघ संस्था मार्फत सहकार्य गर्दै तालिम दिर्दै आएको छ । सिटिइभीटीसंगको सहकार्यमा तह १ देखि ३ सम्म सीप परीक्षणका लागि संघले व्यवस्थापन गर्दै आएको समेत अध्यक्ष के.सी ले बताए । 
 विद्युत तथा विद्युतजन्य सामाग्रीहरुको आधुनिक प्रयोजनमा विद्युत कर्मीहरुलाई सुदृढ गर्दै अझ सक्षम पर्दै आएको संघ अवको निर्वाचित कार्यसमितिले सरकारी निकाय तथा संघ संस्थासंग सहकार्य गरेर अघि बढोस् भन्ने उहाको भनाई रहेको छ ।कार्यक्रमको लागि गोल्ड स्पोन्सर जानकी केवल इण्डष्ट्रिजले गर्ने छ भने उल्लेख कम्पिनीहरुले आफ्नो व्यवसाय प्रव्रद्र्धन गर्न स्टल समेत बुकिङ भैसकेको र उक्त महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नेपाल इलेक्ट्रिसियन संघ काठमाडौंका महासचिव भीमलाल श्रेष्ठले बताए ।
 “सम्पुर्ण ईलक्ट्रिसियनहरु एक हौं” भन्ने मुल नाराका साथ हुन गएको छैठांै तथा सातौ वार्षिक साधारण सभा एवम् चौथो महाधिवेशनले तेस्रो कार्यकालको लागि नयाँ कार्यसमिति चयन गर्ने छ । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago