भर्खरै

हुदै छ उज्यालो शहर   

  • प्रकाशित मिति : Fri-30-Dec-2016
  • - Admin
title

 नेपालीलाई पत्याउनै गाह्रो थियो के  लोडसेडिङको अन्त्य होला भनेर । तर, अघोषित रुपमै तिहार देखि आज सम्म काठमाडौंमा सम्भवत बत्ति गएको छैन । प्राविधिकरुपमा बाहेक शहर बासीले उज्यालो महसुस गरिरहेका छन् । विभिन्न विरोधीहरुको आलोचना खेपेर पनि  प्राधिकरण प्रमुख कुलमान घिसिङले व्यवस्थापनको नेतृत्व गरिहेका छन् । 
उनले विभिन्न कार्यक्रममा भन्दै आएका छन् कतै बाट थप बत्ति ल्याएको होइन तर, केबल लोड म्यानेजमेन्ट मात्र गरिएको हो हिउँदमा विद्युत माग अत्यधिक हुने गर्दछ । तर घिसीङको कुशल व्यवस्थापनका कारण लोडसेडिङ   अन्त्य भएको अवस्था छ । पछिल्लो समय सरकारले विभिन्न योजना तथा नीति निर्माण गरिरहेको छ । सधैंका लागि लोडसेडिङ अन्त्यका लागि गृहकार्य भइरहेको ऊर्जा मन्त्रालयले दाबी गरेको छ ।
देशभर लोडसेडिङ अन्त्य गर्ने सरकारको तयारी 

 उपत्यकामा लागू गरेको लोडसेडिङ मुक्त अभियानलाई सरकारले निरन्तरता दिदै देशका अन्य भागमा समेत यो अभियान केन्द्रित गर्ने भएको छ । विगत केही समयदेखि जारी रहेको विद्युतभार कटौती मुक्त अभियानलाई सार्थक बनाउन प्राविधिक रुपमा तयारी गरिएको, वैकल्पिक स्रोतको पहिचान र भारतबाट थप विद्युत् आयात गरी देशभर लोडसेडिङ्ग अन्त्य गर्ने योजनामा सरकार रहेको मन्त्रालयको श्रोतले बतायो । त्यस्तै प्राधिकरणले विद्युत खपत कम गरी भार कम पार्न उपभोक्तालाई समेत आव्हान गरिएको छ । कम विद्युत खपत गर्ने सामानको प्रयोग गर्न अनुरोध समेत गरिएको छ । एलइडी बल्ब  आइरन, हिटर, पानी तान्ने पम्प, इलेक्ट्रिक गिजर, वासिङ मेशिन एयर कण्डिशनर लगायत बस्तु पिक आवर मा प्रयोग नगर्न  समेत प्राधिकरणले सार्वजनिक रुपमा आफ्नो वेभसाइटमा जारी गरेको छ । प्राधिकरणका अनुसार पिक लोड हुने साढे ४ बजे देखि साढे ८ बजे सम्म र विहान ६ बजे देखि ९ बजेसम्म विद्युत खपत हुने यस प्रकारका समान कम प्रयोग गर्न भनिएको छ ।
लोडसेडिङ अन्त्यका लागि विद्युत उत्पादन गरेका आयोजनाहरुलाई सुधार गर्दै विद्युत चुहावटलाई न्युनिकरण गर्ने काम भइरहेको समेत प्राधिकरणले जनाएको छ । त्यस्तै उपत्यकालाई लोडसेडिङ्ग अन्त्य अभियानलाई नेपालभर उज्यालो बनाउने उद्धेशयले भारतबाट पनि ८० मेगावाट विद्युत आयत गरिन लागेको छ । 
आयातित ८० मेगावाट विद्युत
   काठमाडौँ उपत्यकामा चलिरहेकोलोडसेडिङ्ग अन्त्य अभियनलाइ निरन्तरता दिनको निम्ति  सरकारले यही पुस १७ गतेदेखि भारतबाट थप ८० मेगावाट विद्युत् आयात गर्न लागेको हो । भारतबाट आउने ८० मेगावट आयातित विद्युतले लोडसेडिङ न्युनिकरण हुनेमा प्राधिकरण विस्वस्त रहेको जनाएको छ । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गरिने भएपछि  ढल्केबर सवस्टेसनमा थप एक सय एमभिएको ट्रान्सफर्मर जडान गरी विद्युत आयत हुन लागेको हो । सो कार्य सम्पन्न हुनेबित्तिकै थप विद्युत् आयातका लागि पहल गरिने बताइएको छ ।विद्युत आयत पछि उपत्यकामा मात्र नभइ देशभर नै लोडसेडिङ्ग अन्त्य गर्ने सरकारको योजना महत्वाकांक्षी योजना रहेको छ ।
हाल एक हजार २८६ मेगावाट विद्युत् माग 
नेपाल विद्युत प्राधिकरणका अनुसार हाल नेपालमा एक हजार २८६ मेगावाट विद्युत माग रहेको छ । माग अनुसार विद्युत उत्पादन हुन सकेको छैन । देशले हाल विद्युत उत्पादन भएको आयोजनालाइ सुधार र विद्युत चुहावाट नियन्त्रण गरी उपत्यकामा लोडसेडिङ्ग न्युनिकरणलाई सहयोग पुग्ने आकलन गरिएको  छ ।
 प्राधिकरणको लोडसेडिङ अन्त्य अभियानलाई प्रभावकारी बनाउन सरकारले भारतबाट ८० मेगावाट विद्युत आयत गरी देशभरलोडसेडिङ्ग अन्त्य अभियन चलाउन गइरहेको छ रहेको छ ।
नदीमा जलस्तर घटेका कारण आन्तरिक उत्पादन घट्न थालेको अवस्थामा भारतबाट थप विद्युत् आयात गरेर ऊर्जा सङ्कट निवारण गर्न लागिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीको भनाइ छ । 

प्रतिक्रिया