भर्खरै

अटोमेटिक ट्रान्सफर स्विच बजारमा

  • प्रकाशित मिति : Fri-30-Dec-2016
  • - Admin
title

पछिल्लो टेक्नोलोजीबाट निर्मित अटोमेटिक टान्सफर स्विच बजारमा आएको छ । आकर्षक अति उपयोगी टान्सफर स्विच एच पिएल कम्पनीले उत्पादन गरेको हो । नेपाली बजारमा भर्खरै आएको उक्त स्विच निकै उपयोगी र गुणस्तरीय रहेको कम्पनीको दाबी छ । विशेष गरी व्यवसायीक क्षेत्र घर, सिनेमा हल, उद्योग,  कम्लेक्स, मल लगायत ठूला औद्योगिक क्षेत्रमा प्रयोग गर्न सकिने उक्त स्विच ले निकै भरपर्दो कार्य गर्ने कम्पनीको दाबी छ । 
प्राइम भेन्चर प्रालि ले नेपाली बजारमा ल्याएको  अटोमेटिक स्विच १ सय २५ एम्पिएर देखि ६ सय ३० एम्पिएर सम्म उपलब्ध रहेको छ । यदि सिनेमा चल्दा चल्दै बत्ति गएमा अटोमेटिकल्ली यो स्विचले जेनेरेटर अन गर्दछ । कार्यलाई निरन्तरता दिन्छ । त्यस्तै पुनः बत्ति आउँदा अटोमेटिक जेनेरेटर बन्द हुन्छ । यसरी अटोमेटिक काम गर्ने भएकोले निश्चित स्थानमा फिट गरेपछि मानिस गइरहनु पर्ने आवश्यक्ता रहदैन । स्वचालित रुपमा यस स्विचले काम गर्ने कम्पनीले जनाएको छ । न्युनतम मुल्य करिब ४० हजार पर्ने छ भने एम्पिएरअनुरा उक्त मुल्य बढ्दै जानेछ । गुणस्तरिय लेटेस्ट टेक्नोलोजीको आधारमा निर्माण भएकोले निकै भरपर्दो समेत रहेको छ । हजाउजिङ, कन्स्ट्रक्सन मल जस्ता व्यवसायिक क्षेत्रमा प्रयोग गर्न अत्यावश्यक भएकोले नेपाली बजारमा उक्त सामान भित्र्याइएको प्राइम भेन्चरले जनाएको छ ।
 

प्रतिक्रिया