भर्खरै

चुनाव हुने निश्चित

  • प्रकाशित मिति : Fri-30-Dec-2016
  • - Admin
title

विद्युत संसार संवाददाता
नेपाल इलेक्ट्रिसियन संंघ, काठमाडौंको छैठौँ तथा सातौ वार्षिक साधारण सभा एवम् चौथो महाधिवेशनमा चुनाव हुने करिब निश्चित भएको छ । नयाँ कार्यसमितिको लागि सर्वसम्मत सहमति नभएपछि चुनाव हुने भएको हो । 
पुस १६ गते शनिवार चावहिल मित्रपार्क आर.वि होम पार्टि प्यालेसमा हुन गएको सो महाधिवेशन हुन गइरहेको छ । आज बसेको कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा रुपमा नयाँ कार्यसमिति नआएपछि दुई अध्यक्ष रुपमा अगाडी आएका छन्् जस्मा हाल कार्यसमितिको महासचिवमा रहेका भीमलाल श्रेष्ठ र सदस्य विवेक महर्जन आउने भएका हुन् । चौथो कार्यकालका लागि निर्वाचित हुन गएको कार्यसमितिको लागि अरु पदमा सर्वसम्मत भएपनि अध्यक्ष पदमा निर्वाचन हुने सम्भावना रहेको निर्वाचन कमिटिले जानकारी दिएको छ । 
इलेक्ट्रिसियनहरुको हक हितको लागि समर्पित रहेको यस संघमा हाल सम्म ८ सय भन्दा बढि सदस्य रहेका छन् 
 

प्रतिक्रिया