भर्खरै

प्रचण्डको भारत भ्रमणः मोदी के पिछे क्या है ?

  • प्रकाशित मिति : Thu-22-Sep-2016
  • - अरुण बराल (दिल्लीबाट फर्केर)
title

भारत भ्रमणको तेस्रो दिन राति ताज होटलमा आयोजित ‘नागरिक अभिनन्दन’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भावुक हुँदै भने-‘नेपालमा प्रधानमन्त्रीको पदभार ग्रहण गरिरहेका बेला मैले सार्वजनिकरुपमा भनेको थिएँ कि यो प्रधानमन्त्री पद मेरा लागि एउटा चुनौती पनि हो र एक अवसर पनि । जब म नेपालबाट भारत भ्रमणमा आइरहेको थिएँ, यो भारत भ्रमण पनि मेरा लागि च्यालेञ्ज पनि थियो र एउटा अवसर पनि थियो ।’

प्रधानमन्त्री प्रचण्डले मोदीसँग भेटेपछि ‘च्यालेञ्ज’लाई अवसरमा बलल्न सफल भएको दाबी गरे । अंग्रेजी भाषाको लिखित भाषण पढ्नुअघि उनले हिन्दीमा सम्वोधन गर्दै भने- ‘जब प्रधानमन्त्री मोदीजीसँग मेरो खुलेर दिलैदेखि कुरा भयो, मलाई लाग्यो मैले यो च्यालेञ्जको सामना गरें र अवसरमा बदल्न सफल भएँ ।

प्रचण्डले आफ्नो भारत भ्रमणबारे गरेको यो संश्लेषणले दुईवटा कुरा बताउँछः एक भारत जानुअघि उनका सामु चुनौती थिए । र, दोस्रो- मोदीसँग भेट गरिसकेपछि यो चुनौती अवसरमा बदलियो ।

के प्रचण्डले भनेजस्तै अब नेपाल-भारत सम्बन्धको नयाँ आयाम सुरु भएकै हो त ? यसबारे अब पक्कै पनि विश्लेषणहरु हुने छन् र भइनै रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 20 hours ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 20 hours ago