भर्खरै

भाषा बहस : इन्जिन विदेशमा, झगडा नेपालमा

  • प्रकाशित मिति : Thu-22-Sep-2016
  • - डा. लक्ष्मीप्रसाद खतिवडा
title

नेपाली भाषा देवनागरी लिपिमा लेखिने सरकारी कामकाजको भाषा हो । नेपालको संविधान ०७२ ले नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन् भनेको छ भने देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भनेको छ । त्यस्तै, इलेक्ट्रनिक लेनदेन ऐन २०६३ ले कम्प्युटरमा प्रविष्टि गरिएका शब्द, छवि, आवाज वा दृश्य अडियो लगायतलाई इलेक्ट्रनिक डेटाबेसको रुपमा लिएको छ ।

तर, नेपाली भाषा सूचना-प्रविधिको पहुँचमा अझैसम्म व्यवस्थित रुपमा पुग्न सकेको छैन । कतिसम्म भने, नेपाली भाषामा वर्णसङ्केतन मानक, कम्प्युटरमा यसको प्रविष्टि र यसको प्रारूप निर्माणमा सरोकारवाला निकाय एवम् नेपाल सरकारले समेत राष्ट्रिय स्तरको मानकीकरण व्यवस्था गर्न सकेको छैन ।

देवनागरी लेखन पद्धतिमा अहिले विवाद उत्पन्न भएको छ । भाषाविज्ञानको मान्यता अनुसार, उच्चारित ध्वनिलाई लिपिकृत गर्नुपर्ने मान्यता रहन्छ । तर, लेख्य भाषाको लिपि र उच्चारणमा फरक पर्छ । भाषाविज्ञानले एक थोक भन्छ, लिपि र परम्पराले अर्कै थोक सिकाएको हुन्छ । उच्चार्य वर्ण गँडेस् हुन्छ तर गणेश लेखिन्छ । गुरागाञि उच्चारण हुन्छ, गुरागाईं लेखिन्छ ।

त्रिभुवन विश्वविद्यालयले ५८ वर्ष नेपाली भाषा पढाउँदा नेपाली भाषाको मानक बनाउन सकेको छैन । वर्णविन्यासमा एकरूपता ल्याउने भनेर ०६९ साउन २३ गते शिक्षा मन्त्रालयले विद्यालयस्तरीय पाठ्यपुस्तकमा नयाँ निर्देशिका लागू गर्‍यो ।

प्रतिक्रिया