भर्खरै

गाउँका एक सामान्य एलेक्त्रिसिअन सँगको भलाकुसारी

  • प्रकाशित मिति : Thu-22-Sep-2016
  • - प्रवेश श्रेष्ठ, एलेक्त्रिसिअन
title

तपाईको परिचय ? मेरो नाम प्रवेश श्रेष्ठ हो मेरो घर घ्याल्चोक–९ गोरखामा पर्दछ ? इलेक्ट्रिसियन पेशामा कहिले देखि हुनुहुन्छ ? म लगभग १३ बर्ष जति भैसके यो पेशामा लागेको मासिक आम्दानी कस्तो हुन्छ नि ? ठिकै, सन्तोसजनक नै छ । तपाईको यो पेशामा कस्तो अनुभव रह्यो ? मैले यो पेशा सानै उमेरदेखी अंगालेको हुदा समस्त रमणीयका साथ साथै जोखिम पुर्ण रहेको छ । कुनै तालिम लिनुभएको छ  ?   मैले तालिम त लिएको छैन् तर म यो पेशामा अनुभब लामो छ । कुनै संघ संस्थामा आवद्ध हुनुहुन्छ ? म नेपाल इलेक्ट्रिसियन संघमा आवद्ध छु । हजुर कामको शिलशिलामा काम गर्न कहा सम्म जानु भएको छ ? मेरो घर नै गोरखा भएकाले गोरखा, धादिङ, नुवाकोट चितवन र काठमाण्डौ लगायत जिल्लाहरुमा पुगेको छु ।  तपाईको कुनै आफ्नो पसल वा व्यवसाय पनि छ ? म एउटा इलेक्ट्रिसियन भएको हुदा बाहिर नै व्यस्त हुन्छु त्यसैले पसलमा समय दिन सकिराको छैन् । काम गर्ने शिलशिलामा विद्युत जन्य दुर्घटनामा पर्नु भएको छ ? काम गर्दा साना विद्युतका झड्का त सामान्य नै हो तर त्यस्तो दुर्घटना चाहि भएको छैन् । ग्राहकको कारणले गर्दा समस्यमा पर्नु भएको छ ? धेरै छन् बेलामा पैसा दिदैनन् तर सबै त्यस्ता हुदैनन् । ग्राहकले गुणस्तर युक्त सामान प्रति कस्तो धारण राख्छन ? प्रयोग गर्न रुचाउछन  ? नराम्रो त कसैले भन्दैन गुणस्तर युक्त नै खोज्छन् । हाउस वायरिङ गर्नका लागि कस्तो तार प्रयोग गर्न सल्लाह दिनुहुन्छ ? नेपाल गुणस्तर चिन्ह प्राप्त तार प्रयोग गर्न सल्लाह दिन्छु । फुसर्दमा कत्तिको रमाइलो गर्नुहुन्छ ? फुसर्दको समयमा साथिहरु संंग भेटघाट हुन्छ । तपाईको क्षेत्रमा समस्या के के छन् ? मेरो समस्या भन्नु पर्दा काम गर्ने दररेटमा एकरुपता नहुनु । विद्युत्जन्य दुर्घटना हुने गरेको सुनिन्छ, कसको दोष बढि होला जस्तो लाग्छ ?  कुनै कुनै ग्राहको कारणले हुन्छ भने धेरै जसो ग्राहकले कम गुणस्तरयुक्त सामान प्रयोग गरेको हुनाले दुर्घटना हुन्छ । नेपाल सरकारबाट त्यस्तो के चाहानुहुन्छ ?  काम गर्नेहरुलाई कुनै एउटा निकायको दायरामा ल्याएर काम गर्ने अनुमति दिने सिस्टम लागु गर्ने र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नु पर्यो । अबको योजना के छ ?  यसैलाई नै निरन्तरता दिन्छु । नया इलेक्ट्रिसियन साथीहरुलाई के भन्नुहुन्छ ?  तालिम लियर मात्र राम्रो काम गर्न सल्लाहा दिन्छु । यो पत्रिका मार्फत के सन्देश दिन चाहानुहुन्छ ? हामी यो क्षेत्रमा एकदम जोखिम पूर्व काम गर्दै कहिले के हुने थाहा छैन । यस्तो अवस्थामा सरकारले हामीलाई बेवास्ता गरिरहेको छ । यस्तो नहोस् यस बारे यस साप्ताहिकले समेट्न सकोस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 1 day ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 1 day ago