कर्मचारीले पेन्सन पाउँदा हामीचाँहि मःमः बेच्न बस्नु ?

  • प्रकाशित मिति : Thu-22-Sep-2016
  • - केपी भण्डारी ‘किस्मत’ प्रबक्ता, एनआरएन क्यानडा
title

पूर्वसांसदहरुले बुधबार प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डलाई भेेटेर पेन्सन र उपचार खर्च माग गरे ।

पूर्वपदाधिकारीकै नाममा राज्यकोषको दोहन गर्ने परम्परा बढिरहेका बेला पूर्वसांसदहरुले पनि पेन्सन खोजेपछि यसलाई धेरैले निको मानेका छैनन् । पूर्वसांसद मञ्चका अनुसार देशमा अहिले झण्डै ९०० पूर्व सांसद छन् ।

किन चाहियो पूर्वसांसदलाई पेन्सन ? हामीले यसबारे पूर्वसांसद मञ्चका अध्यक्ष ओमकार श्रेष्ठलाई सोधेका छौः

प्रधानमन्त्रीलाई भेटेर पूर्वसांसदहरुलाई पेन्सन र उपचार खर्च चाहियो भन्नुभएको हो ? किन ?सांसद भइयो । सांसद भएपछि सरकारले नै हैसियत नै बढाइदियो । बढिसकेको हैसियत घटाउन बडा गाह्रो हुँदोरहेछ ।

पूर्वसांसद मञ्च भनेको सर्वदलीय र अनुभवीहरुको संस्था हो । यसलाई राज्यले सदपुयोग गर्नुपर्‍यो । किनभने यो त पोलिटिकल एक्टिभिष्टहरुको संस्था हो । यसको सहयोग लिनुपर्‍यो ।

दोस्रो कुरा, राज्यले सबैलाई कुन न कुनै किसिमले सहयोग गरेको छ भने कतिपय पूर्वसांसदहरु औषधि गर्न पनि नपाएर बसेका छन् । त्यसैले औषधि उपचारको व्यवस्था सरकारी अस्पतालमा गरिदिनुपर्‍यो । हिँडडुलका लागि यातायातको व्यवस्था गरिदिनुपर्‍यो । र, कतिपय पूर्वसांसदहरु मन्त्री भइसकेका छन्, उनीहरुको मर्यादाक्रम कायम गरिदिनुपर्‍यो ।

पूर्वसांसदका हैसियतमा सबैले सम्मान गरेकै छन् । फेरि अर्को मर्यादाक्रम किन चाहियो ?

पूर्वसांसद, पूर्वमन्त्री कुनै कार्यक्रममा जान्छन्, उनीहरुले पहिले जुन इज्जत पाउँथे । त्यो अहिले कर्मचारी वर्गले दिन छाडे । चिनेका मान्छेहरु जाँदा त गर्छन् । तर, कति साथीहरु जिल्लामा जाँदा वास्ता नगर्ने, कहाँ आयो, कहाँ बस्यो केही नगनर्ेे भयो । हृयुमिलेटेड भएका छन् । आउनुस्, बस्नुस् भन्नु र वास्ता नगर्नु त फरक हुन्छ नि । त्यसैले १९६७ भन्दा पहिला जुन मर्यादाक्रम थियो, त्यो अहिले पनि कायम गरिदेऊ भनेको हो ।

प्रतिक्रिया