भर्खरै

“विद्युत विना ग्रिल व्यवासय संचालन गर्न ग्राहो छ”

  • प्रकाशित मिति : Thu-22-Sep-2016
  • - अध्यक्ष, मोहन कट्वाल नेपाल ग्रिल व्यवसायी महासंघ
title

नेपाल ग्रिल व्यवासायी महासँघको अहिलेसम्म ५४ जिल्लामा संगठन विस्तार छ । महासंघको तथ्यांक अनुसार १ लाख ५० हजार भन्दा बढि व्यक्ति प्रत्यक्ष  रोजगारमा छन् ।  विकासका पूर्वाधार निर्माण अस्पताल पुल कलेज जलविद्युत निर्माण, विद्यालय उद्योग तथा आवास निर्माणमा  ग्रिल क्षेत्रको टेक्निसियनहरुको प्रमुख उपस्थिति हुन्छ, आवश्यक हुन्छ, तर यो व्यवसायको प्रमुख समस्या भनेको विजुली बन्ने गरेको छ । देशमा बढ्दो लोडसेडिङका कारण  विजुलीको अभाव सँगै व्यवसाय चरम मर्कामा परेको देखिन्छ । ग्रील व्यवसाय संचालनका लागि प्रमुख आवश्यकता नै विद्युत हो । विद्युत विना यो व्यसाय अघि बढ्नै सक्दैन ।   राज्यले ग्रील  व्यवसायमा सहि निति निर्माण गर्न पछि परेको कारण व्यवसाय समस्यामा  परेको व्यवसायीहरु बताउँछन् । पछिल्लो समय ग्रिल उत्पादनमा नेपाल आत्म निर्भर देखिन्छ तर, ग्रिल जन्य बस्तु भने अझै पनि बाहिरबाटै आयात हुने गर्दछ । जब देशमा विकास निर्माणले गति लिन्छ । ग्रिल  उद्योगको क्षेत्र फराकिलो ठूलो पनि छ । राज्यले सहि निति निर्माण गर्न नसक्दा हजारौ ग्रिल उद्योगहरु एउटा सटरमा सिमित भएको छ । सयौं उद्योगहरु दर्ता विना अवैधानिक रुपमा संचालित छन् ।  विजुली अभाव, आधुनकि मेशिन औजारको आयात मँहगो भन्सार दरमा ल्याउनुपर्दा व्यवसाय संचालनमा समस्या देखिएको महासँघका अध्यक्ष मोहन कटवाल बताउँछन् । अध्यक्ष कटवाल  लामो समय देखि ग्रिल उद्योगलाई व्यवस्थित गर्न लागि परेका व्यक्ति हुन् उनकै समयमा एक जिल्लामा मात्र सिमित व्यवसायी सँघलाई ५४ जिल्लामा विस्तार हुन  पुगेको छ । व्यवसायको हक हित तथा कर्मचारी सुरक्षा  वीमा सेफ्टी लगायत विषयमा काम अघि बढिरहेको छ, भने व्यवसायीहरुलाई “अवयरनेस”को काम पनि अभियानको रुपमा  भइरहेका अध्यक्ष कटवालले बताए । अध्यक्ष कटवाल नेपाल धरेलु तथा साना उद्योग महासँघ तथा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष समेत हुन् । उनी मूख्यतया व्यवसायको हकहित सुरक्षाको लागि राज्यको निकायसम्म समन्वय गर्न लागि परेका देखिन्छन् । उनै अध्यक्ष कटवालसँग विद्युत संसार साप्ताहिकका लागि विमल श्रेष्ठले गरिएको कुराकानीको सम्पादित अँशः

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 21 hours ago