सौर्य ऊर्जाको विकास  गर्न सके लोडसेडिङ न्युनीकरणका लागि धेरै सहयोग पुग्छ

  • प्रकाशित मिति : Mon-05-Dec-2016
  • - कृष्ण प्रसाद पराजुली  महासचिब, नेपाल सौर्य विद्युत
title

गत हप्ता शनिबार नेपाल सौर्य विद्युत उत्पादक संघ (सिमेन)ले १६ वार्षिक साधरण सभा सम्पन्न गरेको छ । देशभरि बैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रको सहयकार्यमा घनाबस्ती, शहरी इलाका देखि दुरदराज ग्रामीण इलाकासम्म सौर्य प्राणाली अन्तर्गत विद्युतीकरणमा टेवा दिदै आएको सौर्य विद्युत उत्पादक व्यवसायीहरुको सँस्थाले आगामी दिनहरुमा अझै व्यवस्थित र विस्तार गर्ने लक्ष्य लिएको पाइन्छ । झण्डै ४५ मेगावाट भन्दा बढि विजुली बचत गर्न सघाउ पुर्याइरहको संघको दाबी छ । नेपालको अत्यन्त दुर्गम क्षेत्र, जहाँ नेपाल विद्युत प्राधिकरणको विद्युतीकरण पुग्न सकेको छैन । असम्भव छ, त्यस्ता ठाउँहरुमा पनि सोलार उपयोगका कारण स्थानिय जनताहरु उज्यालो अनुभुति गर्न सकेका छन् । 
पछिल्लो समय ‘नेट मिटरिङ’ प्रणाली जडान हुनसके शहरका हरेक घरले सोलार जडान गरेर विद्युत उत्पादन गर्न सकिने र बढि भएको विद्युत प्राधिकरणलाई नै बेच्न मिल्ने सिस्टम रहेकोले संघले यसतर्फ सरकारलाई पटक पटक ध्यान आकृष्ट गर्दै आइरहेको छ । सौर्य ऊर्जा बैकल्पिक भरपर्दो ऊर्जा श्रोत भएकोले सरकारले विशेष ध्यान दिनु आवश्यक देखिन्छ । नेपाल जस्तो एउटा जलविद्युत प्रणाली बन्न बर्षौ लाग्ने अवस्थामा तत्कालको समस्या समाधान देखि दीर्घकालको मिस इनर्जीमा उपयोगका लागि समेत उपयोगी बाताबरण मैत्री भएकोले बढि लाभदायक महत्वपुर्ण पनि रहेको छ । यिनै विषयमा नेपाल सौर्य विद्युत उत्पादक संघ (सिमेन)का महासचिब कृष्णप्रसाद पराजुलीसँग विद्युत संसार साप्ताहिकका लागि विमल श्रेष्ठले गरेकोको कुराकानीको सम्पादित अँशः 

तपाईहरुको नेपाल सौर्य विद्युत उत्पादक संघ (सिमेन) ले १६ औं बार्षिक साधारणसभा  सम्पन्न गरयो, संस्थागत गतिविधि के भइरहेको छ ? कसरी अघि बढ्ने योजना रहेको छ ?

१६ औं साधरण सभासंगै हाम्रो नेपाल सौर्य विद्युत उत्पादक संघ (सिमेन) पनि एउटा निश्चित समय पुरागरी अघि बढिरहेको छ । हिजोको भर्खर बामे सर्दै गरेको संस्था र आज धेरै भिन्नता देखिन्छ । हिजो केही व्यक्तिहरु मिलेर बनेको संस्था आज १ सय ५० बढि व्यक्ति कम्पनीहरु आवद्ध छन् । हामी सबैको उद्धेश्य ध्येय भनेको नेपालको विद्युतीकरणमा सघाउ पुरयाउने नै हो । 
आज भन्दा १५÷१६ वर्षअघि देखि ग्रमिण विद्युतीकरणदेखि लिएर अहिले शहरी सौर्य प्रणालीमा पनि यस संस्था तथा सौर्य ऊर्जासंग आबद्ध व्यक्तिहरु मिलेर काम गरि नै रहेका छौं । निशुल्क पाउने सौर्य शक्तिलाई हामीले उपयोगमा ल्याउन नसक्दा लोडसेडिङको मार खेप्नु परेको हो भलै, अहिले लोडसेडिङ केहि समयलाई हटे पनि निश्चित होइन यसैले सौर्य ऊर्जालाई निर्विकल्प र भरपर्दो बैकल्पिक माध्यामको रुपमा लिनु पर्दछ भनेर विभिन्न योजनाका साथ अघि बढिरहेका छौं । हाम्रो साधारण सभाको निचोड पनि यहि रह्यो । 

ऊर्जा मन्त्रीको सकृयता, अग्रसरतामा लोडसेडिङमुक्त शहर बनाउने संकल्पका साथ अघि बढिरहेको देखिन्छ, यसले बैकल्पिक ऊर्जा क्षेत्रमा आवद्ध विशेषगरी सौर्य विद्युत उत्पादकहरुलाई कस्तो असर पर्ला ?
देशलाई लोडसेडिङमुक्त बनाउने ऊर्जा मन्त्रीको सकृयतालाई सबैले आत्मासाथ  र सहयोग गर्नै पर्दछ । सहयोग पुरयाउनै पर्दछ । तर अहिले भइरहेको कुरा भनेको लोड म्यानेजमेन्ट गरिएको मात्र हो । कुनै निश्चित गरेको होइन । किनकी कतैबाट थप विजुली ल्याइएको बनेको होइन यसैले, उज्यालो शहरका लागि निश्चितता होइन । यसैले सरकारले विकल्पहरु पनि सोच्दै जानु पर्दछ भन्ने हाम्रो भनाइ छ । 
फेरि, सौर्य विद्युत उत्पादकले शहर भन्दा ग्रामिण क्षेत्र जहाँ, नेपाल विद्युत प्राधिकरण पुग्न सकेको छैन त्यहाँ बर्षौंदेखि निरन्तर सेवा दिइरहेका छौं । शहरमा पनि भरपर्दो बैकल्पिक इर्नजीका लागि सौर्य ऊर्जालाई महत्व दिनु पर्दछ भन्ने नै हो । जसले लोडसेडिङ न्युनि करणमा निकै सहयोग पुरयाउँछ । 


नेपालमा सौर्य ऊर्जा कत्तिको पँहुचमा छ ? बैकल्पिक ऊर्जाका श्रोत मध्ये कति उत्तम छ ?

नेपाली जनताको आर्थिक सामाजिक अवस्था अनुसार निकै सहज र सरल भएकोले सबैको पँहुचमा पुग्न सक्छ । सित्तैमा पाइने घामको शक्तिलाई हामीले उपयोग गर्न नसक्दा अध्यारोमा बस्नु परको छ । र यो बैकल्पिक ऊर्जा मध्येकै सरल, सहज र भरपर्दो पनि हो । विगत १५ वर्ष भन्दा अघि देखि हामी ग्रामिण दुर दराजमा पुगेका छौं । जहाँ अझै पनि नेपाल विद्युत प्राधिकरण पुग्न कर्यौ वर्ष लाग्न सक्छ । हुन त, बैकल्पिक ऊर्जा प्रबद्धनबाट अझै त्यस किसीमका कार्यहरु भइरहेका छन् । तर, आज मानिसको आवश्यकता बढेर गएको छ । हिजो जस्तो २ वटा बत्ति मात्र बाल्नु उनीहरुको उद्धेश्य हुदैन । विभिन्न विद्युतीय एसेसरिजहरु जस्तै टिभी, कम्प्युटर, मोवाइल चार्ज लगायतमा विद्युत खपत हुदा साना कम क्षमताका प्यालनलले धान्दैन तसर्थ, सरकारले अलि बढि सब्सिटी दिएर जानु पर्दछ, सोलार प्यानलको ठूलो क्षमता जडानका लागि भूमिका खेल्नु पर्दछ भन्ने लाग्छ । आजको समयमै पनि हाम्रो अध्ययन अनुसार करिब ४५ मेगावाट बराबर विद्युत बचत गर्न सफल भएका छौं । निकै छोटो समयमै विद्युत उपलब्ध गर्न सकिने भएकोले ग्रामिण तथा शहरी क्षेत्रमा पनि लोकप्रिय छ । 


केही समयदेखि ‘नेट मिटरिङ’को पनि कुरा उठिरहेको थियो ? यो नेट मिटरिङ भनेको के हो ? शहरमा सौर्य विद्युत जडान गर्दा विद्युतीकरणमा कस्तो फाइदा पुग्छ ?

हो, हामीले नेट मिटरिङको कुरा उठाउँदै आएका छौं । पछिल्लो समय आधुनिक समय र विज्ञान प्रविधिको आविष्कारको उच्चतम विन्दुमा आइपुग्दा त्यसको प्रयोग गर्न पछि हट्नु हुदैन । प्रत्येक घर अफिसले पनि विद्युत उत्पादन गर्न सक्छन् र आफुले प्रयोग गरे भन्दा बढि विद्युत निश्चित विद्युतीय संस्था वा प्राधिकरणलाई बेचेर आर्थिक लाभ समेत लिन सक्छ । यसैले शहरमा निकै राम्रो ठुलो सम्भावना रहेको छ । विदेशमा जस्तै नेपालमा पनि सरकारले यस प्रकारको प्रणाली लागु गर्ने हो भने, आवश्यक विद्युत पनि उपलब्ध हुनेछ, र लोडसेडिङलाई न्युनिकरण गर्न सकिन्छ । 
हाम्रो अध्ययन अनुसार प्रत्येक घरमा १५ सय वाट क्षमताको सोलार प्यानल उपत्यकाको घर घरमा रुफटफ राख्ने हो भने करिब ५ सय भन्दा बढि मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ । यसरी हेर्दा ब्याट्रीको आवश्यकता पनि पर्दैन । ग्राहकले आफुले आवश्यक विद्यूत खपत गर्दछ, नचाहिएको बेला उत्पादित विद्युत नेट मिटरिङ प्रणाली अनुसार ग्रिडमा जान्छ । आफुले ऊर्जा खपत भन्दा प्राधिकरण तर्फ गइरहेको विद्युत बढि भए उसले आर्थिक आम्दानी पनि गर्न सक्छ । र हामीले संस्थागत रुपमा प्राधिकरणसँग पनि छलफल धेरै अघि देखि भएको हो ।उपभोक्ताले बेचीएको विजुली ९ रुपैया ६१ पैसा प्रति युनिट मा बेच्न सकिन्छ । यसको राम्रो मार्केट भएकोले सरकारले विशेष चासोका साथ हेर्नु पर्दछ । 
सौर्य विद्युत विकासको लागि सरकारले के के गर्नु आवश्यक देख्नु हुन्छ ?
सौंर्य विद्युत हामीले निशुल्क र सधै घामबाट लिन सकिने भएकोले यो निकै भरपर्दो हुन्छ । युरोप, अमेरिका जस्तो देशमा जहाँ बत्ति कहिले जादैन । त्यस्तो क्षेत्रमा समेत मिस् इनर्जीको रुपमा भरपर्दो विकल्पको रुपमा अधिकार्श घरमा रुफटप सोलार जडान गरिएको हुन्छ । त्यस्तै नेपालमा पनि यो निति ल्याएको खण्डमा प्राकृतिक विपत्तिले राष्ट्रिय प्रसारण लाईनमा समस्या आउदा पनि उपभोक्ताले विजुली आफ्नै उत्पादनबाट लिन सक्छन् । यसैले हामीले अस्ति भर्खर ऊर्जा मन्त्रीलाई पनि भेटेर कुरा राख्यौं उहाँ निकै सकारात्मक पनि देखिनु भएको छ । सायद कार्यन्वयन अघि बढ्ने छ । त्यस्तै नेट मिटरिङ प्रणाली, तथा हाम्रो भइरहेको विभिन्न ट्रान्स्मिसनहरुमा मर्मत सम्भार गर्नु आवश्यक छ । सफ्टलोनको व्यवस्थालाई अलिक ठूलो सिष्टममा लान सरकार तथा सम्बन्धित निकायले विशेष भुमिका खेलेमा सौर्य विद्यूतको विकास तथा हाल देखिने गरेको विद्युत अभावलाई धेरै हद सम्म टार्न सकिन्छ । 

नेपालमा सोलार प्यानल तथा ब्याट्रीहरु कसरी कहा कहाँबाट आयात हुन्छन् यसको गुणस्तरियतामा उपभोक्ताले कसरी निश्चित हुन सक्छ ?
नेपालमा सोलार प्यानलहरु आयात हुदा विशेष गरी युरोप, अमेरिका लगायत भारत चीनबाट समेत हुने गर्दछ विशेष गरी चिनबाट नै बढि आयात हुने गर्दछ । यसको गुणस्तरीयताको कुरा भन्नु पर्दा नविकरिणय ऊर्जा परिक्षण केन्द्र नाष्टलेले गर्दछ । यसैले परिक्षणको निश्चित मापदण्ड पुरा गरेर मात्र बजारमा प्यानल पुग्ने भएकोले कुनै शंका हुदैन । प्यानलमा सरकारले २५ वर्षसम्म  ग्यारेन्टी दिइन्छ । ६ देखि ८ वर्षसम्म उसले आफ्नो लगानी उठाइसक्छ । यसैले यो बढि लाभदायक छ । बरु सरकारले नै यसको विकासका लागि विभिन्न पोलिसी लेभलमा अघि बढनु आवश्यक छ । 
ठूला जलविद्युत भन्दा छिटो छरितो र अति विगट छरिएर रहेको क्षेत्रमा सजिलै जडान गर्न सकिने भएकोले  लोडसेडिङ न्युनिकरणका लागि यो उत्तम विकल्प पनि हो ।

प्रतिक्रिया