‘राज्यले सौर्य ऊर्जा व्यवसायीलाई पनि प्रोत्साहन गर्न सक्नु पर्दछ’ 

  • प्रकाशित मिति : Fri-12-Aug-2016
  • - नेपाल सौर्य ऊर्जा उत्पादक संघ  संस्थापक अध्यक्ष, य
title

पछिल्लो समय नेपालमा सौर्य ऊर्जाको प्रयोग बढ्दै गएको छ । २०४८ सालबाट सौर्य ऊर्जाको काम संस्थागत रुपमा शरु भएर अहिले यसले निकै ब्यापकता पाएको हो त्यसको लामो समय पछि आज भन्दा करिब १५ वर्ष अघि मात्र सौर्य ऊर्जा व्यवसायीहरुको संस्था नेपाल सौर्य ऊर्जा उत्पादक संघ जन्मेको थियो ।
हिजो उज्यालोको लागि मात्र सोलार बत्तिलाई बुझिन्थ्यो भने, अहिले, सौर्य ऊर्जाको विभिन्न क्षेत्रमा पनि प्रयोग गरिन्छ । खाना पकाउने देखि कृषि क्षेत्रमा पम्पिङका लागि, त्यस्तै खानेपानी तान्न लगायत विविध क्षेत्रमा सौर्य ऊार्जाको प्रयोग भएको पाइन्छ । हिजो  विद्युतीकरण नपुगेका क्षेत्रमा केबल बत्ति बाल्न मात्र प्रयोग गरिने सौर्य ऊर्जाको दायरा आज फराकिलो हुदै गएको पाइन्छ । सन् १९९३ देखि खानेपानी तान्न सोलार पम्प वितरण गर्दै आइरहेका ग्लोबल मेरिक रिन्युबल इनर्जी प्रालिका अध्यक्ष युग रत्न ताम्राकारका अनुसार सोलार इनर्जी अहिले कृषि, साना उद्योग शैक्षिक संस्था लगायत विभिन्न क्षेत्रमा समेत प्रयोग ब्यापकता आएको बताउँछन् । ताम्राकार ताम्राकारले पहिलो पटक आइएनजिओको सहयोगमा तनहुँमा सोलार बत्ति बालेका थिए । यो करिब २०४८ साल तिरको कुरा हो । उनी नेपाल सौर्य ऊर्जा उत्पादक सँघको संस्थापक अध्यक्ष समेत हुन् । अघिल्लो हप्तामात्र नेपाल सौर्य ऊर्जा उत्पादक संघले १६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको थियो । सौर्य ऊर्जाबाट झण्डै ४५ मेगावाट भन्दा बढि विजुली बचत गर्न सघाउ पुर्याइरहको नेपाल सौर्य विद्युत उत्पादक संघको दाबी छ । अध्यक्ष ताम्राकार नेपाल सौर्य ऊर्जा समाजका उपाध्यक्ष समेत हुन् । सौर्य ऊर्जा बैकल्पिक भरपर्दो ऊर्जा श्रोत 
भएकोले सरकारले विशेष ध्यान दिनु आवश्यक रहेको उनको भनाइ छ । उनै  ताम्राकारसँग विद्युत संसार साप्ताहिकका लागि विमल श्रेष्ठले गरेकोको कुराकानीको सम्पादित अँशः


तपाई लामो समय देखि सौर्य ऊर्जा क्षेत्रमा कृयाशिल हुनुहुन्छ, हिजो र आजको अवस्थामा सौर्य ऊर्जा प्रति नेपालीको के धारणा पाउनु भएको छ ?

हिजो र आजको ऊर्जा सम्बन्धिको अवधारणमा निकै बिभिन्नता देखिन्छ । मानिसहरुको सोचाइ विचार नै धेरै परिबर्तन भएको पाइन्छ । हिजो ऊर्जाको क्षेत्रमा मानिसले जे सोच्ने गर्दथे आज त्यो स्थिति छैन । हिजो विजुली भनेकै बत्ति बाल्ने अर्थमा मानिसहरुले बुझ्ने गर्दथे । तर आज बत्ति बाल्ने विषयमा मात्र बिजुलीको उपयोगिता सिमित छैन ।  त्यसमा पनि सौर्य ऊर्जाको कुरा धेरै फरक पर्दछ । मानिसहरुले सोलारबाट पनि विजुली निस्कन्छ र भनेर शंका गर्दथे । उनीहरुमा विस्वास थिएन । जब हामीले २०४८ सालमा सोलारबाट तनहुँमा पहिलो पटक विजुली बाल्यौै मानिसहरुले त्यसपछि विस्तारै विस्वास गर्दै आए ।अव अहिले सोलारबाट विजुलीमात्र होइन व्यवसायिक रुपमा अन्य काम गर्न पनि उपयोग गर्न सकिदो रहेछ भन्ने आम धारणा बन्दै आएको पाएको छु । 

अहिले राजधानी लोडसेडिङमुक्त रहेको छ ? यसले सोर्य ऊर्जा व्यवसायीलाई कस्तो असर पार्दछ ?

लोडसेडिङमुक्त हुदैमा सौर्य ऊर्जा व्यवसायीलाई असर पर्दैन । केबल ब्याट्री इन्भटर, बेच्नेलाई मात्र असर पर्ने हो । त्यो पनि अलिकति राजधानीमा  मात्र ।  राजधानीमा लोड सेडिङ स्थायी रुमा समाप्त भएको पनि होइन । अर्को २४ घण्टा विजुली आइरहे पनि हामीले बैकल्पिक ऊर्जा संरक्षणको रुपमा लिन सक्छौं उत्पादित विजुली उल्टै प्राधिकरणलाईनै बेच्न पनि सकिन्छ।देशलाई लोडसेडिङमुक्त बनाउने ऊर्जा मन्त्रीको सकृयतालाई सबैले आत्मासाथ  र सहयोग गर्नै पर्दछ ।तर अहिले भइरहेको कुरा भनेको लोड म्यानेजमेन्ट गरिएको मात्र हो । कुनै निश्चित गरेको होइन । किनकी कतैबाट थप विजुली ल्याइएको बनेको होइन यसैले, उज्यालो शहरका लागि निश्चितता होइन । यसैले ब्यवसायी हरुले विभिन्न तरिकाले विकल्प खोज्नु पर्दछ सौर्य ऊर्जाको ब्यापकता ल्याउनु पर्दछ । व्यवसायीले अहिले पनि ग्रामिण क्षेत्रमा काम गरिरहेकै छन् । व्यवसायिक रुपमा विभिन्न क्षेत्रमा पुग्न सकिन्छ । अझै पनि त्यस्ता क्षेत्र छन् जहाँ राज्यको विद्युतीकरण पुग्न नसकेको ठाउँहरु धेरै छन् । शहरमा पनि भरपर्दो बैकल्पिक इर्नजीका लागि सौर्य ऊर्जालाई महत्व दिनु पर्दछ भन्ने नै हो । जसले लोडसेडिङ न्युनि करणमा निकै सहयोग पुरयाउँछ । 

शहरी सौर्य ऊर्जा कार्यक्रम पनि आइरहेका छन् । तपाईलाई कस्तो कस्तो ठाउँमा सौर्य ऊर्जा जडान हुनु आवश्यक देख्नु हुन्छ ?

हो, शहरी सौर्य ऊर्जा कार्यक्रम भनेर विभिन्न प्रोगामहरु चलिरहेका छन् । सडक सौर्य बत्ति तथा प्रत्येक घरमा सोलार जोड्ने निति लगायत आइरहेका छन् । यसले पनि लोडसेडिङलाई न्युनिकरण त अवस्य गर्दछ । तर, विशेष गरी शहरका स्कुल कलेज, विश्वविद्यालय, त्यस्तै ठुला सरकारी संस्था कार्यालयहरुमा सौर्य ऊर्जा जडान अनिबार्य हुने हो भने धेरै मात्रमा लोडसेडिङ न्युनिकरण गर्न सहयोग पुग्छ । उपलब्ध नियमित विजुलीलाई अन्यत्र उद्योग धन्दामा खपत गराउन सकिन्छ । त्यसैले त्यस्तो क्षेत्रहरु सरकारले मध्य नजर गरी कार्यक्रम ल्याउनु जरुरी छ । 
हामी नेपालीहरुको पँहुचमा सजिलै पाउने भएकोले पनि निकै सहज र सरल छ । निशुल्क पाइने घामको इनर्जीलाई उपयोगमा ल्याउन नेपाल सरकारले अझै विशेष ध्यान दिनु आवश्यक छ ।यो बैकल्पिक ऊर्जा मध्येकै सरल, सहज र भर पर्दो पनि हो । म आफैं नेपाल सौर्य उत्पादक संघको संस्थापक अध्यक्ष पनि हुँ यस अर्थमा पनि संस्थाको आज १६ वर्ष लाग्दै गर्दा धेरै माथि पुगेको अनुभव भइरहेछ ।
नेपाल विद्युत प्राधिकरण पुग्न कर्यौ वर्ष लाग्ने क्षेत्रमा  हाम्रो संस्थाका व्यवसायीहरु पुगेर देशलाई उज्यालो बनाउने काम भइरहेको छ । हुन त, बैकल्पिक ऊर्जा प्रबद्धनबाट अझै त्यस किसीमका कार्यहरु भइरहेका छन् । तर, आज मानिसको आवश्यकता बढेर गएको छ ।विभिन्न विद्युतीय एसेसरिजहरु जस्तै टिभी, कम्प्युटर, मोवाइल चार्ज लगायतमा विद्युत खपत हुदा साना कम क्षमताका प्यालनलले धान्दैन तसर्थ, सरकारले अलि बढि सब्सिटी दिएर जानु पर्दछ भन्ने मलाई लाग्छ।सोलार आजको समयमै पनि हाम्रो अध्ययन अनुसार करिब ४५ मेगावाट बराबर विद्युत बचत गर्न सफल भएका छौं । निकै छोटो समयमै विद्युत उपलब्ध गर्न सकिने भएकोले ग्रामिण तथा शहरी क्षेत्रमा पनि लोकप्रिय भएको पनि हो । 

शहरमा प्रत्येक घरमा सोलार जोडेर कसरी राज्यलाई र उपभोक्तालाई फाइदा पुग्छ ?

शहरका हरेक घरमा सोलार जडान गर्ने हो भने, प्राधिकरणको बिजुली खपत कम हुन गइ लोडसेडिङ नै हुदैन र घरमा खपत हुने विजुली उद्योग कलकारखानामा प्रयोग गर्न सकिन्छ नै । फेरि बढि भएको बिजुली नेट मिटरिङ जोडेर सरकारलाई नै उपभोक्ताले बेच्न सक्छन् । यसले उपभोक्तालाई दोहोरो फाइदा पुग्ने देखिन्छ । एक त प्राधिकरणको बिजुली उपलब्ध नहुदा आफ्नै घरको बिजुली प्रयोगमा आउँछ अर्को बढि भएको विजुली बेच्न पनि सकिन्छ भने, अर्को प्राधिकरणको भन्दा सस्तो मा पनि पाइयो । राम्रो सँग विजुली उपयोग गर्ने हो भने प्राधिकरणको बिजुली भन्दा सस्तोमा सौर्य बिजुली प्राप्त गर्न सकिने भएकोले उपभोक्रालाई निकै फाइदा पुग्छ । 

सोलार ऊर्जाको लागि राज्यले के गर्नु पर्दछ ? कसरी अघि बढदा व्यवसायी उपभोक्तालाई फाइदा पुग्न सक्छ ?

हिजो ०४८ साल तिर सोलारबाट बिजुली निकाल्दा सरकारलाई पनि कम जानकारी थियो यसको फाइदा र उपयोगिताको बारेमा । र मानिसहरुको आम धारणामा पनि सचेतना कम थियो परम्परागत रुपमै बत्ति दियो बालेर मानिसहरुको निर्वाह चल्दथ्यो । तर आज त्यो स्थिति रहेको छैन ।यसैले राज्यले अलिक फराकिलो ढंगले सोच्नु आवश्यक छ । हामीले निशुल्क र सधै घामबाट लिन सकिने भएकोले यो निकै भरपर्दो हुन्छ । घरमा रुफटप सोलार जडान गरिएको धेरै राम्रो हुन्छ । दुर्गम क्षेत्रमा अझै सब्सििटी दिएर अघि बढ्नु पर्दछ भने यहाँ शहरमा रहेका स्कुल कलेजहरुमा सोलार सिस्टम जडान गरी विजुली बाल्ने प्रावधान ल्याउन आवश्यक छ जस्तो लाग्छ । जुन बेला सोलार बत्ति सम्बन्धि चेतना विस्वास थिएन त्यसबखत त हामीले सोलार बत्ति प्रयोगमा ल्याएर यो अवस्थामा आइसक्यौं भने अहिले त बिजुली उपयोगिताको दायरा क्षेत्र फराकिलो बनेको छ । प्राधिकरण भन्दा सस्तोमा मिल्ने भरपर्दो भएको कारण राज्यले सौर्य ऊर्जा व्यवसायीलाई पनि प्रोत्साहन गर्न सक्नु पर्दछ । 

प्रतिक्रिया