भर्खरै

धन्यबादका पात्र कुलमान

  • प्रकाशित मिति : Fri-12-Aug-2016
  • - विमल श्रेष्ठ
title

लामो समयदेखि लोडसेडिङको मार खेपीरहेका राजधानीबासीले अत्यधिक विजुलीको माग बढ्ने समय तिहार देखि २४ घण्टा बिजुली उपलब्ध हुदा राजधानी बासीले शुरुमा त पत्याएनन् । धेरैले अविस्वास गरे । खासै ठुलो काम गरेको नभए पनि  लोडसेडिङले आक्रान्त राजधानीले एकाएक जादु नै अनुभव गरे । तिहार देखि लगातार लाग्दो पुस सम्म विजुली नगएपछि राजधानीबासीले नेपाल विद्युत प्राधिकरण प्रमुख कुलमानलाई पत्याउन जरुर परयो । यसैले अहिले उनी धन्यबादका पात्र बन्न पुगेका छन् । विभिन्न मिडिया देखि सामाजिक सञ्जालमा वाही वाही पाएका छन् । 
कुलमानले यति काम गर्दा धन्यवादका पात्र अवस्य नै हुने भए । तर, विद्युत प्राधिकरणको लापर्बाही र भेद भने अव अवश्य खुल्दै जाने पक्का छ । ऊर्जा मन्त्रि जनार्दन शर्माले विभिन्न कार्यक्रमहरुमा पटक पटक सार्वजानिक गर्दै आइरहेका छन् । मैले कतै बाट जादु गरेर विजुली आपुर्ति गरेको होइन । सहि व्यवस्थापन मात्र गरेको हुँ । लोड म्यानेजमेन्ट मात्र भएको हो । ’ आज यतिका वर्ष सम्म प्राधिकरणले लाखौं राजधानी बासीले गुमराहमा राख्न सफल भएछ । तर ति दुष्ट कर्मचारीलाई केही समयमा आफ्नो भेद खुल्ला भन्ने डर नरहेको पाइयो । यसै त नेपालका अधिकाशं कर्मचार िठगेर खान पल्केका छन् । अल्छिका एक नम्बर घुस र नाफा विना कामै गर्न नखोज्ने प्राधिकरण जस्तै नेपालको आम सँस्था सरकारी कार्यलयको समस्या हो । ऊर्जा मन्त्री जनार्दन शर्मा र कुलमान घिसिङ  जस्तो व्यक्तित्वको नेतृत्वमा अरु संस्था पनि पुग्ने हो भने सायद आज कयौ घाटमा चलिरहेका संस्थाहरुले स्वास फेर्न पाउने थिए । उभो लाग्ने अवस्था आउने थियो  नकि  घाटामा गएर हेडौडा कपडा उद्योग, बासबारी छाला जुत्ता उद्योग जस्तो कौडीको भाउमा बेच्नु पर्ने अबस्था सिर्जना हुने थिएन ।  संस्था लापबार्ही ढंगले चल्नुमा त्यहाँ रहेका राजनितिक आस्था राख्ने विभिन्न संगठनहरु पनि प्रमुख दोषीका रुपमा आउँछन् । प्राधिकरणकै कुरा गर्दा एमाले सम्बन्धित युनियनले कुलमानको कामको विरोध र अबरोध गरेको भन्ने खबर आइरहेका थिए । हामी अरुले राम्रो काम गरेको पचाउन नसक्ने संस्कृतिमा हुर्किरहेका छौं । राजनितिक संस्कार कुरिति भित्रिदा सबै तिर यस्तै प्रकारले क्यानसर जस्तै ब्याप्त छ । आजै देखि अहिले देखि कुलमान जस्तै निडर निस्वार्थ रहेर घिटघिटो प्राधिकरणलाई जस्तै प्राण भर्नु पर्ने निश्चित छ । 

मन्त्री शर्माले सचिव उपाध्याय सहित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग शुक्रबार बिहान छलफल गरेका थिए. त्यहि क्रममा उनले सञ्चालकरुलाई कारबाही प्रकृया अघि बढाउने निर्णय गरेका थिए । तीन सञ्चालकले प्राधिकरणलाई आर्थिक रुपमा सवल बनाउन र लोडसेडिङको दीर्घकालीन समाधानका लागि कम्पनी मोडलमा परियोजना अघि बढाउने प्रस्तावमा अवरोध सिर्जना गरेका थिए । साथै प्राधिकरण सञ्चालक समितिको निर्णय भन्दै तीन जनाले हस्ताक्षर गरेर मिडियामा कार्यकारी निर्देशक बिरुद्ध प्रचार गराएका थिए । यहि अवरोधकाकारण तिन संचालकलाई कारबाहीको स्पष्टिकारण सोधिएको थियो । स्पष्टिकरण दिन इन्कार गरे पछि गोरखापत्रमा नाम समेत सार्वजनिक गरी ७ दिन भित्र  प्रष्टिकरण दिन म्याद दिइएको छ ।
यहाँ उल्लेख्य कुरा कुनै पनि संस्थामा राम्रो कामको विरुद्ध लाग्नेलाई अवश्य कारबाही गर्न डराउनु हुदैन । संस्थाको निति नियम पुरा गर्दै संस्थाको हितका लागि अघि बढ्नु पर्दछ । यस सन्दर्भमा कुलमानको काम सहनिय गर्न लायक छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 20 hours ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 20 hours ago