भर्खरै

सोलारमा नेट मिटरिङको प्रयोग आजको आवश्यकता

  • प्रकाशित मिति : Mon-12-Dec-2016
  • - उपाध्यक्ष, ईन्द्र खनाल नेपाल सौर्य विद्युत उत्पादन
title

काठमाडौमा लोडसेडिङ हटेपछि विशेष गरी ब्याट्री, इन्भर्टर सोलार लगायत बैकल्पिकि विद्युतीय उत्पादकहरुलाई केही समस्या परेको देखिन्छ । तर, करोडौं रुपैयाको आयात हुने इन्भर्टरटर ब्याट्रीबाट रकम जोगिएको पनि छ । त्यसबाट हुने विद्युत लसेस, प्रदुषण र धनको पनि बचत हुन गएको छ । 
तर, सोलार ऊर्जा भने नेपालमा अझै पनि नभइ नहुने बैकल्पिक ऊर्जाको प्रमुख श्रोत हो । यसको विकास विस्तार र प्रबद्धनका लागि बैकल्पिक ऊर्जा केन्द्रले समेत विभिन्न अनुदान कार्यक्रमहरु संचालन गरिरहेको छ । आजपनि विद्युत प्राधिकरण पुग्न नसकेको क्षेत्रमा सोलार प्रयोगका कारण उज्यालोमा मानिसहरु रहन सम्भव रहेका छन् । उज्यालो सडक, शहरी ऊर्जा कार्यक्रम, लगायत विभिन्न कार्यक्रमहरुमा अनुदानका कार्यक्रम भइरहेका छन् । यसले नेपाल विद्यूत प्राधिकरणको विजुली खपत कमहुनलाई पनि सघाउन पुर्याइरहेको छ । 
बैज्ञानिक निति नियम व्यवस्थित हुन नसक्दा अझै पनि सौर्य ऊर्जा व्यवसायीलाई कठिनाइ भएको व्यवसायीहरुको भनाइ आइरहेका छन् । निकै महत्वको ऊर्जा श्रोत हुदाहुदै पनि  जनचेतनाको कमी तथा सरकारको ब्यवस्थित निति नहुदा अझै अगाडी बढ्न सकिरहेको छैन । यिनै विषयमा नेपाल सौर्य विद्युत उत्पादक संघका बरिष्ठ उपाध्यक्ष इन्द्र खनालले विद्युत संसार साप्ताहिकका प्रतिनिधि विमल श्रेष्ठलाई यसरी वताए । १२ वर्षदेखि सौर्य विद्युत क्षेत्रमा कृयाशिल खनाल ऊार्जाघर प्रालिका डाइरेक्टर समेत हुन् । उनले बताएका कुराहरु जस्ताको तस्तै बुँदागत रुपमा यस प्रकार छन् ः

कुलमानको स्वागतयोग्य कामः
 
लामो समयदेखि लोडसेडिङको मार खेपीरहेका विद्युत सेवाग्राहीले राजधानीमा करिब तिहारदेखि विद्युत आपुर्ति पाइराख्नु निकै स्वागत योग्य काम भएको छ । 
प्राधिकरण प्रमुखमा कुलमा घिसिङ आइसकेपछि उचित व्यवस्थापनका कारण भएकोले अझै प्राधिकरण भित्रको व्यवस्थापन सुध्रिदै जाने छ भन्ने आश गर्न सकिन्छ । नेपाली जनताले अध्यारोबाट मक्ति पाउनु निकै सुखद कुरा हो । म आफैं सौर्य ऊर्जा कम्पनीको संचालक भए पनि नेपाल विद्यूत प्राधिकरणको समेत ग्राहक हुँ । ऊर्जा मन्त्रालयको यो कामलाई स्वागत गर्न सहयोग गर्न सबैले तयार हुनु पर्दछ भन्ने मलाई लाग्छ । 

दीर्घ कालिन समाधानको बाटो ः

आज आइरहेको बिजुली भनेको नेपाल विद्युत प्राधिकरणले लोड म्यानेजमेन्ट मात्र गरेको हो । कतैबाट उत्पादन गरेर थप विजुली ल्याएको होइन । यसैले कुनै खास कारणले जादुले विद्युत समस्या सधैका लागि निराकरण भएको होइन । यसर्थ दीर्घकालिन समस्या समाधान खोज्न भने तत्परता देखाउनु जरुरी छ । काठमाडौं बासीलाई चाहीने पिक आवरको  आवश्यक विद्युत उद्योगहरुमा कटौती गरिएको कारण अथवा यसरी भनौं उचित व्यवस्थापनका कारण नै बत्ति नगएको हो । यसलाई सरकारले दीर्घकालिन समस्या समाधानमा अघि बढ्नु आवश्यक छ ।

बैकल्पिक ऊर्जा भरपर्दो ः 
पछिल्लो समय नेपालमा प्राधिकरणको विजुलीसँगै बैकल्पिक ऊर्जा पनि भरपर्दो माध्यामको रुपमा देखिन्छ । विशेषतः निशुल्क पाइने घामलाई हामीले ऊर्जाको रुपमा प्रयोग गर्न सक्छौं । सौर्य उत्पादक व्यवसायीहरुले हिजो ४६ साल अघि देखि यो व्यवसायमा संलग्न छन् । म आफैं यस व्यवसायमा १२ वर्षदेखि निरन्तर रहेको छु । सौर्य ऊर्जा उत्पादकहरु व्यवसायीमात्र नभएर समाजसेवी पनि हुन् । जसले दुर्गम ग्रामिण क्षेत्रमा सोलार प्यानल पुर्याएर झलमल्ल पार्न सकेका छन् । सायद त्यस्ता ठाउँहरुमा अझै कयौं बर्ष प्राधिकरणले आफ्नो सेवा दिन समर्थ नहुन सक्छ । विकट, छरिएर रहेका घरहरुमा सौर्य ऊार्जाको बढि महत्व रहेको हुन्छ । ढुवानी ट्रान्सप्रोटेसनका हिसावले पनि सजिलो । विशेषतः कम समयमै सेवा लिन सक्ने भएकोले सौर्य ऊर्जा आजको समयमा बढि विस्वसनिय हुदै आएको छ । 

नेट मिटरिङको प्रयोगः 

विज्ञानको युगसँगै नयाँनयाँ आविष्कारहरुले पछिल्लो समय नेट मिटरिङ प्रणाली पनि आएको छ । कसैले घरमा विजुली उत्पादन गर्दछ भने, बढि भएको विजुली बेच्न पनि सक्छ । प्राधिकरण्को विजुली ग्राहकहरु जसले घरमा सोलार जोडेको छ भने आफुलाई प्रयोग भएको विजुलीबाट बढि भए उक्त मिटरबाट नै बेच्न पनि सकिने व्यवस्था आइसकेको छ । यसैले उपभोक्ताले अव सिधै यस प्रकारको मिटर जोड्न सक्छन् । यसको पोलिसी बारेमा हामीले ऊर्जा मन्त्रिलाई पनि ध्यानाकर्षण गर्यौं । सकारात्मकता पाएका छौं । हाम्रो अध्ययनअनुसार काठमाडौं, पोखरा, तथा विराटनगर जस्ता शहरमा प्रत्येक घरमा सोलार प्यानल जोड्ने हो भने, करिब ८ सय मेगावाट विजुली उत्पादन गर्न सकिने देखिएको छ । जुन अहिलेका लागि लोडसेडिङ न्युनीकरण्का लागि महत्वपूर्ण हुन सक्छ ।


प्राकृतिक प्रकोपमा सौर्य ऊर्जाको विशेष महत्वः 

सौर्य ऊर्जा दैनिक जिबनमा त महत्व छदैछ । तर अझै यसको विशेष महत्व देशमा आउने विभिन्न प्राकृतिक घटनाहरुमा रहन्छ । हिजो ७० सालमा जस्तै भुकम्प आयो भने, धेरै पुर्वाधारहरुको नष्ट हुन्छ । प्रशारणलाईन ट्रान्सफरमर जस्ता कुराहरु तत्कालै बनाउन निर्माण सम्भव हुदैन यस्तो बेला सोलार विद्यूतले निकै सहयोग पुर्याउँछ । पुरयाएको थियो । 
विकसित मुलुकमा १५÷२० प्रतिशत पावर ब्याकअपका रुपमा राखेका हुन्छन् । तत्काल इमरजेन्सीमा प्रयोग गर्न सकिने सहज र सरल भएकोले सौर्य ऊर्जालाई महत्व दिइएको हुन्छ । मैले गए भुकम्पमा धादिङको २४ गाविसमा ३०÷३५ स्टेशनमा सोलारको प्रयोग गरें, जसले धेरै राहत गर्यो । विशेषतः सोलार व्यवसायीहरुले काठमाडौ लगायत देशभरि नै भुकम्पको समय निकै सहयोग पुर्याएको थियो । यसर्थ यस अवस्थालाई मध्य नजर गरेर पनि सौर्य ऊर्जाको महत्व बुझ्नु आजको आबश्यकता देखिन्छ । 

सहज र सरलः
सौर्य ऊर्जा जडानदेखि उपभोक्तालाई सरल पनि हुन्छ । जुन सुकै ठाउँमा तत्काल जडान गर्न सकिने सेवा लिन सकिने हुन्छ । तर, यहाँ ५० किलोवाटको विद्युतगृह निर्माण गर्नु पर्यो भने, ५ वर्ष लाग्छ । विभिन्न समस्या झेल्नु पर्दछ तर, हामीले निकै कम समयमै जडान गर्न सक्छौं । करिब १ वर्ष पनि लाग्दैन । अझ घरको लागि त विद्युत प्राधिकरणले सेवा पुरयाउन नसक्ने ठाउँमा पनि सेवा विस्तार गर्न सक्ने छौं । सोलार प्यानल सबै विदेशबाट नै आयात हुन्छन् । नेपालमा अहिले नै मार्केटको कारण उत्पादन गर्न सम्भव छैन । लगानी सुरिक्षत हुने बाताबरण छैन । तर, पनि विदेशबाट आयात गरेर पनि सहज र सरल छ । 

चाइनाबाट बढि सोलार प्यानलः
 नेपालमा आयात भइरहेका सोलार प्यानलहरु मध्ये सबै भन्दा बढि चाइनाबाट आयात हुने गरेको छ । यस लगायत युरोपियन देशहरुबाट पनि प्यानलहरु आयात हुन्छन् । नेपालमा आउने सोलार प्यानलहरु सबै गुणस्तरयुक्त नै हुन्छन् । सोलार प्यानल आयातमा हुने अनुदानका कारण डोनर, सरकार र व्यवसायी भएर मात्र प्यानल आउँछ फेरि निश्चित मापदण्ड र परिक्षण पश्चात मात्र बेच्न सकिन्छ यसैले यसमा कुनै शंका रहदैन । बरु २४ क्यारेट भनिएका सुनमा शंका गर्ने ठाउँ हुन्छ होला । 


निति नियममा समस्या ः

हाम्रो निति नियम पुनरावलोकन गर्नुपर्ने देखिन्छ । हिजैको निति नियममा रहेर ऊर्जा क्षेत्रमा फट्को मार्न सकिने अवस्था छैन । पोलिसी मेकरमा हुनेले बास्तबमै सोच्नु पर्ने बेला आएको छ । यहि कारण अहिले समस्या छ, हामीलाई । 
हामीले पटक पटक ऊर्जा मन्त्रालयसँग पनि समन्वय गर्दै छलफल गर्दै आइरहेका छौं । कार्याविधि नहुदा समस्या भएको हो । सायद समय लागे पनि काम हुनेमा हामी व्यवसायी आशाबादी छा,ैं यदिबेला बास्तवमै भन्ने हो भने, सौर्य विद्युत उत्पादक कम्पनीहरु मर्कामा छन् । ग्रामिण क्षेत्रमा पनि विभिन्न विषयका कारण धिमा गतिमा छ भने, शहरमा अहिले फरक बातबरण भइदिएको छ । तै पनि कालोबादलमा चाँदीको घेरा भने जस्तै सकारात्मक प्रतिक्षामा छौं । 

प्रतिक्रिया