भर्खरै

हाउस वायरिङ्ग र पावर केबुल तारको मुल्यबृद्धिबारे लिइएको धारणहरु–

  • प्रकाशित मिति : Wed-21-Dec-2016
  • - क्रमश: सुवोध खनाल, मानब श्रेष्ठ, राधेश्याम शर्मा
title

पुस १ गतेबाट लागु हुने गरी नेपाली केवुल तार कम्पनीहरुले साविक भन्दा बढि मुल्य बृद्धि गरेको छ । गुणस्तरीय तार उत्पादन गर्दै आइरहेको दाबी गर्ने केबुल तार कम्पनीहरु अहिले सम्म २४ भन्दा बढि पुगिसके । नेपाल विद्युतीय उत्पादक सँघ (नीमा) सँस्था अन्तर्गत केबुल कम्पनीहरु आवद्ध रहेका छन् । नीमामा ट्रान्सफरमर उत्पादन गर्ने कम्पनी समेत रहेको छ ।  तार उत्पादनमा नेपाल आत्म निर्भर मानिन्छ । तर उत्पादनका लागि आवश्यक कच्चा पदार्थ सबै बाहिरी मुलुक बाट नै आयात गरिन्छ । नेपालमा तामाखानीको अनसुन्धान प्रशोधन तथा उत्पादन हुन नसक्दा सबै आवश्यक तामा बाहिरबाट नै आयात गर्नु पर्ने बाध्यता रहेको छ । बाहिरबाट आयात हुने तामा अन्तराष्ट्रिय बजारको मुल्य सुचि अनुसार व्यवसायीहरुले ल्याउने गर्दछन् । विशेषतः भारत चिन रुस तथा युरोपियत देशहरुबाट तार उत्पादनको लागि कच्चा प्रयोग गर्न तामा ताथा आल्मुनियको आयात हुने गर्दछ । तार नेपालमै उत्पादन भएपनि कच्चा पदार्थ किन्दा बार्षिक करोडौं रुपैया नेपाली रुपैया विदेशिएको छ । 
पछिल्लो समय अमेरिक राष्ट्रपति चुनावको प्रभाव तथा चाइना जस्ता ठूला देशहरुले तामाको बढि खपत गर्दा तामाको मुल्यमा बद्धि भएको व्यवसायीहरुको भनाइछ । नेपालमा भुकम्पनले भत्काएका घर मन्दिर तथा भवनहरुको  पुनः निर्माण हुदैछ । वायरिङका लागि तारको खपत अन्य समय भन्दा बढि नै हुने देखिन्छ । यस समयमा तारको मुल्य बृद्धि हुदा सोझै मार पर्ने उपभोक्ताहरु बताउँछन् । यसै विषयमा  विद्युत संसारले केही केबुल कम्पनी तथा इेक्टिसियनहरुको अबधारणा लिएका छौं । वहाँहरुको भनाइलाई जस्ताको तस्तै तल प्रस्तुत गरिएको छ :


तामाको मुल्यमा बद्धि भएकोले तारको मुल्यमा बृद्धि
सुवोध खनाल
सिइओ, युनाइटेड केवुल तथा नीमाको सचिब 

हामीले पुस १ गते देखि लागु हुने गरी केबल तारको मुल्यमा केही हेरफेर ल्याएका छौं । अन्तराष्ट्रिय बजारमा तामाको मुल्य बृद्धि भएकोले नेपालमा केबुल कम्पनीहरुले तारको मूल्यमा बृद्धि गर्न बाध्य भएको हो । नेपाल कुबुल तार कम्पनीहरु २४ भन्दा बढि छन् त्यस्तै ट्रान्सफरमर कम्पनीहरु पनि रहेका छन् । जसले तामाको कच्चा बाट बस्तु उत्पादन गर्दछ । अव उसलाई महँगो पर्न जान्छ । सायद अमेरिकी चुनाब तथा चाइनाले तामाको बढि खपत गरेका कारण तामको मुल्य बढ्न गएको हुन सक्छ । नेपाली कमपनीहरुले पनि तार उत्पादनका लाग कच्चा बस्तु बाहिर बाट नै ल्याउने भएकोले ले तारको मुल्य बढ्न गएको हो । हामीले चीन भारत तथा युरोपियन देशहरु बाट नै तार उत्पादनका लागि तामाको आयात गर्दछौं ।  यो इन्टर नेसनल मार्केटमा सप्लाइ एण्ड डिमाण्डको अधारमा मुल्य निर्धारण हुने गर्दा यहाँ पनि प्रभाव पार्दछ । हामीले अघिल्लो पटक तामाको मुल्य घट्दा तारको मुल्य पनि घटाएका थियौं । बजारमा बिभिन्न हल्लाहरु चल्छन्, तर, हाम्रो कम्पनीले जहिले गुणस्तरीय तारको प्रयोगमा जोड दिदै आएको छ । दक्ष प्राविधिकको सहयोगमा गुणस्तरीय तार हामीले उत्पादन गर्दै आइरहेका छौं तर, बजारमा कतिपय गुणस्तरहिन तारको पनि किनबेच भएको बुझिन्छ । यो रोक्नु पर्दछ । ग्राहक आफै पनि सचेत हुन सक्नु पर्दछ । 



रिटेल व्यवसायीलाई समस्या 
मानब श्रेष्ठ 

व्यवसायी

नेपालमा तारको मुल्य कति भन्ने त्यस्तो बास्तविक बैज्ञानिक मुल्य निर्धारण भएको पाइदैन । अन्तराष्ट्रिय बजारमा आएको कच्चा पदार्थको मुल्य घटबढका कारण नेपालमा तार को मुल्यमा परिबर्तन हुनु स्वभाविक हो तर, कति घट्न बढ्ने भन्ने कुरा केही व्यवसायीको मनोमानीमा हुने गरेको पाइन्छ । तारको मूल्य बृद्धि हुदा रिटले व्यवसायीहरुलाई बढि समस्या हुने देखिन्छ । जसले कन्स्ट्रक्सनहर सँग अघिल्लो बर्ष नै बार्षिक आवश्यक तारको कोटेसन सहित मुल्य फिक्स भइसकेको हुन्छ । तर बीचमा यसरी मुल्य बढ्दा हामीलाई समस्या हुन्छ । किनकी अघिल्लो मुल्य सुची अनुसार हामीले कन्ट्रयाक्ट लिइसकेका हुन्छौं  । यसैले मुल्य बृद्धि हुदा घाटा व्यहोर्न बाध्य हुन्छौं । त्यस्तै उपभोक्तालाई पनि समस्या हुन्छ त्यसको फेस गर्ने भनेको हामीले नै हो । कम्पनी सँग त कुनै मतलब हुदैन । अर्को यहाँ मल्टी स्ट्याण्डका तारहरुको गुणस्तर मापन छैन । त्यसमा कम्पनीहरुले बदमासी गर्ने मौका पाइरहेका छन् । गुणस्तरका तार भनेर भनिएपनि राज्यले सहि अनुगमन गरेको जस्तो लाग्दैन यसैले पटक पटक मुल्य बृद्धि मात्र होइन गुणस्तर कायम गर्न पनि उत्तिकै ख्याल गर्नु आवश्यक छ । कम्पनीहरुले आवश्यक बैज्ञानिक तरिकाले घटाउँदा बढाउँदाको मूल्य निर्धारण व्यवस्था अवलम्बन गर्नु आवश्यक छ । 


तारको मुल्य बृद्धिले उपभोक्तालाई मार
राधेश्याम शर्मा
इलेक्ट्रिसिन, काठमाडौ

केबुल तार उत्पादन कम्पनीहरुले पुस १ गतेबाट गरेको मुल्य बृद्धिले उपभोक्तालाई चरम समस्यामा पर्ने छ । होल्सेलर इलेक्ट्रिसियन भन्दा पनि जसले प्रयोग गर्ने हो  तिनिहरुलाई मुल्य भार पर्ने हुन्छ । अन्तराष्ट्रिय बजारमा तामाको मुल्यमा आएको बृद्धिले केबुल तारको मुल्य बढाइएको भए पनि  नेपालमा केबुल तारहरुले आफ्नो मनोमानी गरेको देखिन्छ । कच्चा पदार्थको मुल्य बढाउँदा यहाँ तारको मुल्य बढाउनेले कच्चा मुल्य घट्दा मुल्य पनि घटाउन तयार हुनु पर्दछ । तर त्यसको गरेको पाइदैन । कम्पनी, व्यापारीहरुको एउटै समस्या यहि हो की मूल्य घट्दा नघटाउने । 
अहिले थुप्रै तार कम्पनीहरु आएका छन् । बजारमा हिजो भन्दा अस्वस्थ प्रतिस्पर्धा  चलिरहेको छ ।आयात गर्दा भन्दा गेज घटाएर, क्वालिटी घटाएर कम लम्बाइको बनाउने ।केबुल तारको कारण पुग्न गएको  क्षतिमा ईन्सुरेन्स दाबी नदिने आदि नराम्रो प्रविति छ । त्यस्तै,  । तारको मुल्य बढ्दा उपभोक्ताहरु सस्तो खोज्ने गुणस्तरहिन तार प्रयोग गर्न बाध्य हुन्छन् ।  तर, वयारिङमा केबुल तारको कारण आउने समस्यामा इलेक्ट्रिसियनहरु अपजस पाउँछन् । अबौं रुपियाँको तामा आल्मुनियम आयात हुन्छ तर, नेपालमा भएको तामाखानी उत्खनन गर्न कुनै कसैको चासो देखिन्न् । सर्वसधरण जनतालार्य बास्तविकता थाहा हुदैन कति मार्जिन राखेर तार बेचीरहेको छ भन्ने यसले डिस्काउन्ट दिइएको देखिए पनि अधिक मुल्य राखेर त्यसलाई नै पुनः डिस्काउन्टमा बदलेको पाइन्छ यसरी उपभोक्तालाई ठगिरहेको देखिन्छ । 

हाल बढेको तारको मुल्यले पुनः निर्माणका लागि समेत समस्या देखिन्छ ।  यति बेला धेरै घरहरु बन्ने छन् र वायरिङका लागि तारहरु बढि खपत हुने छन् यसैले पनि कम्पनीहरुले मुल्य बृद्धि गरेको हो । केही तार कम्पनीहरुले कपरमा मिसावट गरी उतपादन गर्ने गरेको समेत सुन्नमा आउँछ । सम्बन्धित निकाय गुणस्तर, ऊर्जा क्षेत्रले ध्यान दिनु पर्ने हो ।  एक पटक गुणस्तर चिन्ह राखेपछि ध्यान नदिने कारण मनोमानी बढ्दै गएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 22 hours ago