ईलेक्ट्रिसियनलाई काम गर्न हाम्रो संघले ठूलो भुमिका खेलेको छ

  • प्रकाशित मिति : Fri-30-Dec-2016
  • - मुकेश के.सी अध्यक्ष, नेपाल ईलेक्ट्रिसियन संघ, काठम
title

स्वदेशमै रहेर इलेक्टिकल क्षेत्रमा काम गर्दै आइरहेका विभिन्न व्यक्तिहरुको साझा सँस्था नेपाल इलेक्ट्रिसियन सँघको छैटौ तथा सातौ वार्षिक साधरण सभा तथा चौथो महाधिबेशन सँघारमा आइपुगेको छ । टेक्निकल सीप बोकेर सधै विद्युत सँग लुकामारी गर्ने जोखिम युक्तकाममा लागिरहेका व्यक्तिहरुको हितार्थ अघि बढिरहेको इलेक्टिसियन सँघ अहिले महाधिबेसनको चटारोमा छ । करिब ३ वर्ष लामो सँघको कुशल नेतृत्व सम्हालेका मुकेश केशीले आफ्नो जिम्मेवारी हस्तान्तरण गर्दै नयाँ नेतृत्वलाई सुम्पदै छन् । अध्यक्ष केसी २३ वर्षदेखि इलेक्टिसियन पेशामा संलग्न छन् उनले संघको हितार्थ धेरै कार्यहरु गरेको अनुभव छ । संघले स्वदेश तथा विदेशमा काम गर्ने सम्पुर्ण ईलेक्ट्रिसियनलाई सहयोग तथा तालिमको व्यवस्था गर्दै आइरहेको छ । इलेक्ट्रिसियनहरुलाई एकबद्ध बनाउँदै लैजानु पर्नेमा आजको आवश्यकता रहेको उनको दाबी छ । अध्यक्ष केसी हालः नेपाल सरकारको अन्तराष्ट्रिय सम्मेलन केन्द्र संसद सचिवालयको अडियो शाखा अन्तरगत आवद्ध भई काम गर्दै आउनु भएकाछन् । यस अंकको विद्युत संसार साप्ताहिकका लागि शिखर श्रेष्ठले  अध्यक्ष के सी संग लिएको अन्तरंग कुराकानीको संक्षिप्त रुप ः

तपाई लामो समयदेखि इलेक्टिसिन क्षेत्रमा हुनुहुन्छ । र संघको नेतृत्व समेत गरिरहनु भएको छ । नेपाल ईलेक्ट्रिसियन संघले के के गर्यो भुमिका सहित बताइदिनोस न ?
नेपाल इलेक्टिसियन सँघ सम्पुर्ण ईलेक्ट्रिसियनहरुको हितको लागि नै समर्पित संघ हो हामीले स्थापनाकालदेखि नै इलेक्ट्रिसियनका कामले उपभोक्ता सेवाग्राही सुरक्षित गर्ने तिर ध्यान दिदै गुणस्तरीय काम का सार्थ तालिम र गोष्ठी विभिन्न संघ, सस्था लगाएत सिटिईभीटीको समन्वयमा गर्दै आइरहेका छौ । मेरो कार्यकालमा यस प्रकारका जन उत्तरदायीकामका लागि सकेसम्म अघि बढाउने प्रयास गरेको हुँ । त्यस्तै विभिन्न क्पष्िितभकत लेभ १ देखी ३ सम्मका सीप परिक्षण दिलाउदै यो नेपाल सरकारको मान्यता प्राप्त भईरहेको छ । अबका दिनमा अझ इलेक्ट्रिसियनहलाई संघमा आवद्ध गराउदै नेपालराज्य भर तदर्थ समिति गठन गर्दै भविष्यमा यो संघलाई बृहतर रुप दिएर महासँघ बनाउने लक्ष्यका अघि बढ्नु पर्ने हुन्छ ।

इलेक्टिसियनहरु संघमा आवद्ध रहेर कार्यक्षेत्रमा काम गर्दा  व्यक्तिगत रुपमा के फाइदा पुग्छ?
संघमा आवद्ध भएपछि उसले काम गर्दा आईपर्ने सम्पुर्ण समस्याहरुमा संघले मद्धत गर्न सक्छ । बास्तविकता छुटयाएर न्याय दिलाउने काम गर्न सक्छ । आज पनि इेक्टिसियनहरु हेपिदै चेपीदै आएका छन् । काम गरेपछि समयमा रकम भुक्तानी हुदैन । कसैले न्युन ज्यालामा लगाएर अपमान गरिरहेको हुनछ । यस प्रकारको  कुरामाहरुमा सँघले सहयोग गर्दै आइरहेको हुनछ । घर तथा अफिसमा काम गर्दा तोकिएको रकम नदिने, काममा बाधा पुर्यउने पनि हुन्छन् यस्तो अवस्थामा हामो संघले कुशल समन्वयको भुमिका निर्वाह गर्ने गरेको छ । सुरक्षाको  हिसावले संघमा आवद्ध भएपछि घाइते भएको अवस्थामा सहयोग स्वरुप अक्षय कोष स्थापना पनि गरिएको छ । यसमा आवद्ध भएपछि इलेक्ट्रिसियन आफु एक्लो हुदैन हामीले काम गर्नका निम्ती दर रेटको व्यवस्था गराएका छै यसले कही कतै काम गर्दा पनि सजिलो हुन्छ । 

नेपलका विभिन्न क्षेत्रमा इलेक्ट्रिसिन पेशामा रहेका तर यस संघमा आवद्ध हुन नसकेकाहरुलाई आगामी दिनमा कसरी आउन सक्छन् ?
मुख्यतः हामीले यस संघ विधानका उदेश्यहरुलाई आत्मसाथ गर्दै आएका छौ भने हाम्रो संघमा जो जति इलेक्ट्रिसियनहरु आवद्ध भएका छन् उनिहरु मार्फत नै सम्पर्कमा आउने गरेको छ । नेपालभर छरिएर रहेका तदर्थ समितिहरु मार्फत सुचना जारी गर्दै आफ्नो व्यवसाय सधै स्थापित गर्नाको निम्ती यस संघमा आवद्ध हुन आई पुगेका हुन्छन् । यदि कोही संघमा आवद्ध छैनन् भने सम्बन्धित नजिकको क्षेत्र वा यस संघमा सिधै सम्पर्क गरेर संघको नियमानुसार आबद्ध हुन सक्छन् । 

इलेक्ट्रिसियनहरुले काम गर्दा लिने मुल्यको एकरुपता पाइदैन त्यस्तै, अनुभव विना काम गर्दै आएकाहरुलाई के भन्नु हुन्छ ?
इलेक्ट्रिक व्यवसाय क्षेत्रमा आएका सबैलाई हामी भन्दै आएका छौ जो जति यो क्षेत्रमा आफ्नो काम गर्ने क्षमता छ यसको प्रमाणका लागी नेपाल सरकारबाट तथा सिटिइभीटी बाट प्रमाण पत्र लिइ कामग्नु पर्छ भन्ने नै हो । हो कही कतै सुनिने गरेको पनि छ अनुभब विना काम गरेको भन्ने तर यसमा काम गर्ने र गराउने दुवैले एक पटक सोच्नु पर्छ कि म के गर्दैछु कस्तो काम गर्दै छु यो क्षेत्र भनेको जोखिम धेरै भएको क्षेत्र हो यसैले हामीले यस संघमा आवद्ध हुन आउने सम्पुर्ण इलेक्ट्रिसियनलाई आफ्नो दक्षताका अनुसार काम गर्नुहोस् । अर्को कुरा दर रेटमा भने हामीले हाम्रो संघ मार्फत काम गर्ने दर रेटहरु फिक्स गरेका छौ र समय अनुसार दर रेट पनि परिमार्जन गर्दै जाने छौ ।

इलेक्ट्रिसियन आफैंमा जोखिमपूर्ण काम हो, यसमा लाइसेन्सको व्यवस्था कस्तो छ ?
हो यो इलेक्ट्रिसियन पेशा जोखिम नै हो र यो कुरा धेरै इलेक्ट्रिसियनहरुबाट उठेको छ जस्का कारण हामीले नेपाल प्राधिकरण, नगरपालीका, गाविस लगायत संग समन्वयमा प्रक्रिया अगाडी बढाइरहेका छौ । एउटा घर बनाउनको निम्ती जसरी नगरपालीकामा नक्सा पास गरिन्छ यसरी नै हाउस वायरीङ गर्नाको लागि पनि एउटा दक्षा इलेक्ट्रिसियन तथा सिटिइभीटी वा नेपाल सरकारबाट न्यूनतम मापदण्डको आधारमा लाइसेन्सको लाइसेन्सको व्यवस्था हुनु पर्ने भन्ने हामीले सम्बन्धित निकायमा कुराहरु पनि उठाइरहेका छौ । 

इलेक्ट्रिसियनको कामको गुणस्तर अनुसार विद्युत खपत कम हुन सहयोग पुग्छ भनिन्छ, खास के हो?
हो साचिकै विद्युत खपत जस्ता कुरामा इलेक्ट्रिसियनले काम गरेको गुणस्तरको आधारमा पनि विद्युत खपत हुने हुन्छ । कोही यस्ता इलेक्ट्रिसियन हुन्छन कि जसले टेस्टर प्रयोग गर्न समेत जानेको हुदैन् । कोही इन्जिनियर भएर पनि इलेक्ट्रिसियन भएका छन् उनिहरुले काममा जतिपनि सामाग्रीहरु प्रयोग गरेका हुन्छन् यसमा पनि यसमा पनि भर पर्दछ । जस्तो २२० भोल्ट करेन्ट लागि७÷१८ तार पनि साधारण बक्तिको लागि प्रयोग गर्ने र ठूलो हेभी मेसिन ५ के.भी १० के भी को लागि ३÷२२ र त्यो भन्दा अझ कम भोल्टको क्षमताका तारहरु प्रयोग गरेर जुन घरको लागि जोखिम बढ्ने हुन्छ । यसैले यस्तो जडानमा करेन्ट एक नियमवद्ध रुपमा नबहने हुदा विद्युत चुहावट हुने हुन्छ । यसका लागि पनि हामीकहाँ आएका इलेक्ट्रिसियनहरुलाई तालिमका समन्वयकारी भूमिका निर्वाह गर्न विभिन्न संघ÷संस्था तथा कम्पनीहरुलाई आग्रह समेत गर्दै आएका छौ । 

यस संंघमा आवद्ध हुन आउदा कस्तो प्रवधानहरु छन् 
हामीले म इलेक्ट्रिसियन संघमा आवद्ध हुन्छु भनेर आउदा हामीले आवद्ध गराइहाल्ने कुरा आउदैन हामीले उसले गर्ने कामको दक्षताको आधारमा बनाउने गरिन्छ जस्तोकी तालिम प्राप्त हुनु पर्ने, दुईजना इलेक्ट्रिसियनले सिफरीस गर्नुपर्ने जस्ता कागजपत्र हेरी उ इलेक्ट्रिसियन बन्न लाएक छकि छैन् कुनै इलेक्ट्रिसियन हो र उ इलेक्ट्रिसियन बन्ने नै हो जस्ता आधारमा यस्ता व्यक्तिहरुलाई संघमा आवद्ध गराउदै आएका छौ । 

नेपाल इलेक्ट्रिसियन संघको मुल उदेश्य के हो ?
अहिलेको अवस्थामा हाम्रो संघमा आवद्ध भएका र नभएका लगायत नेपाल बाहिर रहेर काम गर्ने सम्पुर्ण इलेक्ट्रिसियनहरुलाई क्षमताका आधारमा एक जुट बनाउनु रहेको छ कतिपय म्यनपावर कम्पनी तथा स्वदेशका ठूला अपाटमेन्ट तथा हाउसमा हामीलाई इलेक्ट्रिसियन चाहियो भन्ने गरेका छन् हामीले त्यहाँ कस्ता कामदार चाहिएको हो त्यसमा कस्ता कामदार जादा राम्रो हुन्छ भनि उनिहरुको क्षमताका आधारमा कामदार पठाउने समेत गरेका छौ । यो लगाएत कामदारको क्षमता अनुसार पत्र, जीवन विमा, सेफ्टि फस्ट, दर रेट लागु, जस्ता कुराहरुको सुनिश्चतता गर्नु यो संघको मुल उदेश्य रहेको छ । 

इलेक्ट्रिसियनहरुले काम गर्दा सेफ्टि फस्ट नियम लागु भएन भन्ने आलोचनाहरुपनि सुनिने गरिन्छ नि ?
इलेक्ट्रिसियनहरुले जहाँ काम गर्दछ त्यहाँ गएर हामीले हात नै समातेर काम गर्ने कुरा आउदैन उनिहरु हामीकहाँ आइपुग्दा हामीले काम गर्दा सुरक्षको बारेमा ज्ञान दिने गरेका छौ । साथ–साथै काम गराउने घरवाला तथा कम्पनीवालहरुलाई पनि स्वयम इलेक्ट्रिसियनहरुलाई यो बारेमा जानकारी दिन र लिन आवहान गरेका हुन्छै त्यसकारणले गर्दा हाम्रो संघमा आवद्ध भएकाहरुलाई सेफ्टि फस्ट को नियम लागु गराएका छौ यो कुरा भनेको व्यक्ति स्वयम नै जानकार हुनु पर्ने हो जस्तो मलाई लाग्छ । 

यस संघमा तपाईका कार्यकालमा के कस्ता काम भएका छन् ?
यो संंघ जुन उद्धेश्यले स्थापना भयो त्यस अनुरुप नै काम कार्य अघि बढिरहेको छ ०६९ सालमा मेरो नेतिृत्वमा आयो यस पछि इलेक्ट्रिसियनहरुलाई आफ्नो क्षमताका आधारमा तह सीप परीक्षण गराउन पहल थालियो । साथै इलेक्ट्रिसियनहरुका आर्थिक उपार्जनका लागि दर रेट प्रकाशित गरी सम्पुर्ण इलेक्ट्रिसियनका हातमा पुर्यउने काम गरियो जसले काम गर्दा सजिलो र उपभोक्ताहरुमा पनि विश्वसको बाटो बनेको छ । र यस संघका माध्यम द्धारा लम्जुङ्ग सिप विकास प्रतिष्ठानमा सव ओभरसियर पढ्दै गरेका १४ जना विद्यर्थीहरुलाई ओ.जे.टि काठमाडौमा  तालिम दिईयो । विभिन्न कम्पनीहरुलाई इलेक्ट्रिसियन सहयोगार्थ अक्षयकोष स्थापना, सौर्य तालिम, सामुहिक जीवन विमा गराउने काममा अग्रसर भएको पाएको छु । आगामी दिनहरुमा विभिन्न संंघ सस्थाहरुबाट अझ प्रभावकारी भुमिका खेल्ने आशा लिएको छु ।  

अवको निर्वाचित कार्यसमितिले कस्तो काम गर्नु पर्ला ?
इलेक्ट्रिक पेशा यस्तो पेशा हो जुनमा हरेक दिन जसो नयाँ र आधुनीक सामाग्रीहरु बजारमा आईरहेका हुन्छन् यस्ता सामाग्रीहरुको वारेमा इलेक्ट्रिसियनहरुलाई ज्ञान दिदै नेपाल र नेपाल बाहिर रहेर इलेक्ट्रिक काम गर्दै आएका छन् यस संघको र हालसम्म ५÷७ जिल्लामा भएका तदर्थ समिति छन् यि सबैलाई एक जुट बनाई संघ लाई महासंघमा आवद्ध हुनुपर्छ । इलेक्ट्रिसियनहरुलाई मात्र नभई अबका दिनमा उपभोक्ताहरुमाझ पनि जानकारी दिने खालको योजना बनाउनु पर्दछ । साथै संघले अबका दिनमा नेपाल विद्युत प्राधिकरण, महानगरपालीका, गाविस लगायत विद्युतिय सामाग्री नेपालमा उपलब्ध गराउने र उत्पादन गर्ने संघ सस्थाहरु संग सहकार्यको बातावरणमा इलेक्ट्रिसियनको हक हितको लागि एक जुट बनाउने सोच लिनु पर्दछ । 
फरक प्रसगः काठमाडौमा लोडसेडिङ्ग अन्त्यको विषयमा तपाइ के भन्नुहुन्छ ?
लोडसेडिङ्ग मुक्त राम्रो पक्ष हो यसमा सरकार मात्र जिम्मेवार हुदैन विद्युत उपभोग गर्ने हामी सबैले सबै भन्दा पहिला त सबै घर अफिसमा प्रयोग गर्ने विद्युतिय सामाग्रीमा थोरै भएपनि ध्यान दिने हो भने विद्युत खपत कम हुन्छ । घरको वायरिङ्ग गर्दामा नै एउटा दक्ष इलेक्ट्रिसियनबाट वायरिङ्ग गराउदा करेन्ट लिग नहुने हुन्छ विद्युतिय सामाग्रीहरु को कुरा गर्दा नै अहिलेको समयमा विद्युत खपत कम गर्ने सामाग्रीहरु बजारमा आईरहेका छन् जस्तो पहिला अडिनरी बल्बको साटो अहिले एलइएडी बल्ब आएको छ यसलाई नै प्रयोग गर्न आग्रह गर्दछु साथ साथै पिक टाइमको बेलामा उपभोक्ताले नै कम विद्युत खपत गर्न सामाग्री प्रयोग गर्नु पर्दछ । यसको निरन्तरता दिन नेपाल सरकारका सम्बन्धित निकायले विभिन्न माध्यद्धारा उपभोक्ता लाई जागरुक बनाउने अभियानको थालनी गर्नुपर्दछ । 
यसलाई निरन्तरता दिनका निम्ती  राज्यले शहरमा देखिएको पोलमा क्षमता भदा बढी तार यसमा विद्युतको मात्र नभई नेट, टेलिफोन जस्ता तारहरुको कारण पनि विद्युत लिकेज भई चुवावट भईरहेको छ यसलाई समयमा नै व्यवस्थित गर्नु पर्छ । यसको लागि नेपाल सरकारले चाहेमा हाम्रो संघ पनि विद्युत चुवावट नियन्त्रण जस्ता काम सहकार्य गरेर गर्न चाहान्छौँ ।  

प्रतिक्रिया