भर्खरै

३३ करोड विद्युत महशुल उठाउन बाँकी

  • प्रकाशित मिति : Sun-20-Nov-2016
  • - Admin
title
 
अत्तरिया, मंसिर । नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले रु ३३ करोडभन्दा बढी विद्युत महसुल उठाउन बाँकी रहेको छ । गत आव २०७५÷७६ सम्मको मात्रै रु ३३ करोड सात लाख महसुल उठाउन बाँकी रहको प्रादेशिक कार्यालय अत्तरियाले जानकारी दिएको हो ।
प्रदेशमा सडक बत्ती वापत रु नौ करोड ४८ लाख २० हजार, गैरव्यापारिक रु एक करोड ६८ लाख २२ हजार, काला सूचीमा राखिएका ग्राहकबाट रु एक करोड ३८ लाख ४७ हजार र अन्य ग्राहकबाट रु २० करोड ५२ लाख १० हजार गरी रु ३३ करोड सात लाख महसुल उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । 
अत्तरियाका प्रमुख शतीशकुमार कर्णका अनुसार उक्त बक्यौता रकम कार्यालय मातहतका ११ वटा वितरण केन्द्रको नाममा देखिएको  बताए । वितरण केन्द्रका नाममा ठूलो रकम बक्यौता देखिएपछि सम्बन्धित ग्राहकको लाइन काट्न केन्द्रका प्रमुखहरूलाई निर्देशन दिएको उनले बताए । महसुल नतिर्ने ग्राहकको लाइन काट्न केन्द्र प्रमुखहरूलाई निर्देशन दिईसकिएकाले बक्यौता रकम संकलन हुने अपेक्षा लिइएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago