भर्खरै

मध्यरातदेखि थपियो ४० मेगावाट विद्युत्

  • प्रकाशित मिति : Mon-02-Jan-2017
  • - Admin
title

काठमाडौँ, १७ पुस । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा गएको मध्यरातदेखि थप ४० मेगावाट विद्युत् थप भएको छ । 

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीकाअनुसार ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् आयात गरिएको हो । भारतको मुजफ्फरपुर सबस्टेसनमा जडान गरिएको एक सय एमभीएको ट्रान्सफर्मरबाट भारतको विद्युत् व्यापार गर्ने संस्स्था एनभिभिएमले प्रतियुनिट पाँच रुपैयाँ ६० पैसामा नेपाललाई विद्युत् उपलब्ध गराएको हो । भारतबाट यसअघि ३०० मेगावाटसम्म बिजुली आयात गर्ने गरिएको थियो । यसमा ४० मेगावाट थप भएको छ । मुलुकलाई विद्युत्भार कटौतीमुक्त गर्ने अभियान स्वरुप नै प्राधिकरणले भारतबाट थप विद्युत् आयात गरेको हो । 

प्रवक्ता अधिकारीले उक्त अन्तरदेशीय प्रसारण लाइनबाट यसअघि ८० मेगावाट विद्युत् आयात भइरहेको छ भने थप ४० मेगावाट आयात भएपछि १२० मेगावाट पुगेको छ । सोही प्रसारण लाइनबाट आगामी माघ १७ गतेदेखि थप ४० मेगावाट विद्युत् आयात गरिनेछ । गत तिहारबाटै काठमाडौँ उपत्यकामा विद्युत्भार काटौती अन्त्य भएको छ भने थप विद्युत्को जोहो गरेर मुलुकलाई नै विद्युत्भार कटौती अन्त्य गर्ने योजनामा सरकार लागिरहेको छ । नदीमा पानीको बहाव घटेर उत्पादन कम भए पनि भारतबाट आयात गरिएको विद्युत्ले सन्तुलन कायम गराउन मद्दत पुग्ने प्राधिकरणको भार प्रेषण केन्द्रले जनाएको छ । त्यस्तै, कटैया–कुसाह र परावनीपुर–रक्सौलमा १३२ केभी प्रसारण लाइन निर्माण भइरहेकाले त्यो सम्पन्न भएपछि ती प्रसारण लाइनबाट ५०÷५० मेगावाट विद्युत् आयात हुनेछ । प्राधिकरणले काठमाडौँ उपत्यका, कास्की, नुवाकोट, धादिङ, रसुवा, गोरखालगायतका जिल्लामा पूर्णरुपमा विद्युत्भार कटौतीमुक्त गरिसकेको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 40 minutes ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 5 hours ago