भर्खरै

करेन्ट लागेर गैंडाको मृत्यु, खाग र खुर झिकियो

  • प्रकाशित मिति : Tue-03-Jan-2017
  • - Admin
title

कावासोती, १८ पुस । नवलपरासीको गैंडाकोट–७, गैरीमा सोमवार विहान एक वयश्क गैंडा मृत भेटिएको छ । 

सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्ण देवकोटाले करेन्ट लगाएर गैंडा मारेको हुन सक्ने बताउनुभयो । निकुञ्ज क्षेत्रभन्दा बाहिरी क्षेत्रमा गैँडा मरेकाले त्यसको अनुसन्धान जिल्ला वन कार्यालय, नवलपरासीले गरेको उहाँले जानकारी दिनुभयो । गैंडाको मृत्युबारे अनुसन्धान गर्न सहायक वन अधिकृत ईश्वर वाग्लेलाई वन कार्यालयले खटाएको छ । 

गैंडाको पोष्टमार्टम गर्दा प्रारम्भिक रिपोर्टमा करेन्ट लागेर गैंडा मरेको हुन सक्छ । उहाँले भन्नुभयो–‘विद्युतीय तारबार क्षेत्र नभएकाले मान्छेले नै करेन्ट लगाएको हुन सक्छ विस्तृत अध्ययन गर्दैछौं ।” गैंडाको शरीर परीक्षणका लागि चिकित्सकसहितको टोली सेक्टर वन कार्यालय, कावासोती आएको थियो । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, प्रहरी र वन कर्मचारीको रोहवरमा आजै खाग र खुर सुरक्षितरुपमा निकालिएको वन कार्यालयले जनाएको छ । वन कार्यालयले एक जनालाई अनुसन्धानका लागि नियन्त्रणमा समेत लिएको जनाएको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago