भर्खरै

चुचुरेमा जलविद्युत्को काम ९० प्रतिशत पूरा

  • प्रकाशित मिति : Fri-06-Jan-2017
  • - Admin
title

रामेछाप,  पुस । रामेछाप जिल्लाको चुचुरे–२ मा बन्न लागेको २।८३ मेगावाटको जलविद्युत्को काम ९० प्रतिशत पूरा भएको आयोजनाका लेखा प्रमुख दिलु कार्कीले बताउनुभएको छ । 

चाके खोलाको पानीलाई चुचुरे वडा नं २, ३ र ४ हुँदै पाँच किलोमिटर पाइपलाइन बिछ्याइसकिएको छ भने चुचुरे–२ मा विद्युत् प्रसारण गरिने घर समेत बनिसकेको छ । २।८३ मेगावाट क्षमताको विद्युत् प्रसारणलाई केन्द्रीय जलविद्युत्सँग जोड्नलाई तार लाइन दोलखाको जिरीसम्म पु¥याइ सकिएको छ । 

विद्युत् प्रवाह हुँदा रामेछापको चुचुरे गाविसका १, २ र ३ वडाका नागरिकलाई सामान्य सेवा पुग्नुका साथै केन्द्रीय लाइनमा विद्युत् थपिएसँगै यो क्षेत्रमा विद्युत् थप भई विद्युत्भार कटौती नहुने आयोजनाले जनाएको छ । 

स्वदेशी लगानीमा निर्माण भइरहेको जलविद्युत् आयोजना रु ५० करोडको लागतमा सम्पन्न हुने भएको छ भने यसको लगानी चुचुरेका स्थानीयवासी, दोलखाका श्यामावासी र क्षेत्र नम्बर २ रामेछापका सांसद आङटावा शेर्पालगायतको रहेको छ । रासस 

प्रतिक्रिया