भर्खरै

विद्युत् चोरी गर्ने ८६ जना नियन्त्रणमा

  • प्रकाशित मिति : Fri-06-Jan-2017
  • - Admin
title

नवलपरासी,  पुस । नवलपरासीमा नेपाल विद्युत् प्राधिकरण कावासोतीले विद्युत् चोरी गर्ने ८६ जनालाई नियन्त्रणमा लिएको छ । विद्युत चोरी गर्ने क्रममा विद्युतीय सामानसहित मानिसलाई समेत नियन्त्रणमा लिइएको हो । 

पहिले पहिले सामान मात्र नियन्त्रणमा लिँदा जरिवाना तिर्न नआउने र पुनः चोरी गर्ने प्रवृत्ति बढेपछि प्रहरीको सहयोगमा मानिसलाई समेत नियन्त्रणमा लिन थालिएको नेपाल विद्युत् प्राधिकरण, कावासोती शाखाका प्रमुख उमेशप्रसाद यादवले बताउनुभयो । मानिसलाई नै नियन्त्रणमा लिएर जरिवाना नतिर्दासम्म नियन्त्रणमा राखेपछि चुहावटमा कमी आउनुका साथै मिटरका लागि निवेदन समेत बढेको प्रमुख यादवले जानकारी दिनुभयो । विद्युत् कर्मचारी, जनपथ प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले टिभी, पानी तान्ने मोटर, हिटरसहित विभिन्न विद्युतीय सामग्री समेत बरामद गरेको छ । 

यस आवमा मात्र कावासोती वितरण शाखाले रु एक करोड ३० लाख विद्युत् बक्यौता र रु १५ लाख विद्युत् चोरीबापत जरिवाना असुल गरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago