भर्खरै

काठमाडौ विद्युतीय व्यवसायी संघको चौथो अधिवेशन सम्पन्न

  • प्रकाशित मिति : Sun-08-Jan-2017
  • - Admin

काठमाडौ विद्युतीय व्यवसायी संघको सातौ बार्षिक साधारण सभा एवम् चौथो अधिवेशन गत शनिवार सम्पन्न भएको छ । 
अधिवेशन बानेश्वर बैङ्केट्समा भएको थियो । कार्यक्रम उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका सदस्य एवम् ऊर्जा समितिका सभापति ज्ञानेन्द्र लाल प्रधानले उपत्यका भित्र लोडसेडिङ्ग अन्त्य भए पनि देशमा दशहजार मेगावाट माग हुदा जम्मा नै सय मात्र आपूर्ती हुनु अस्वभाविक रहेको बताए । उहाले विद्युत भनेको पानि आवश्यक परेको जस्तो हुने छ भन्दै अबका दिनमा नेताहरुले देशमा विकास चाहान्छ भने विद्युत विकास भएमा मात्र सम्भव रहेको बुझ्नु आवश्यक परेको उहाँको भनाई रहेको थियो । देशभर आउने साल देखि लोडसेडिङ्ग अन्त्य हुने धेरै सम्भाबना रहेको भन्दै देशमा रोजगारी दिने हो भने त्यो जलविद्युतले मात्र पुरा हुने उहाँको भनाई रहेको थियो । 
त्यस्तै नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्व अध्यक्ष महेन्द्र कुमार राठिले विद्युतीय व्यवसायीहरुले गुणस्तरिय र लिड जन्य सामाग्रीको व्यपार गरि लोडसेडिङ्ग अन्त्य अभियनलाई सहयोग गर्न आग्रह गरे । विद्युतीय व्यवसायमा एकाउन्टिङ्ग गर्न  समस्य अएको र अवको नयाँ कार्यसमितिले तालिम जस्ता काम गर्नु पर्ने र यसमा सहयोग गर्न तयार रहेको समेत उहाँको भनाई रहेको थियो । 
कार्यक्रमलाई सम्बेधन गर्ने क्रममा नेपाल विद्युतीय व्यवसायी महासंघका बर्तमान अध्यक्ष तेज नारायण खरेलले विद्युत विना देशको विकास संम्भव नभएको बताए । जिल्ला संघ र महासंघ सगै हातेमालो गरेर अगाडी बढ्न तयार रहेको उहाँको भनाई रहेको थियो । लोडसेडिङ्ग अन्त्य गर्न सहयोग गर्ने एलइडी बल्बको भन्सार शुल्क शुन्य बनाउनमा महासंघले गर्नु पर्ने काम गर्न तयार रहेको बताए । 
अधिवेशनमा काठमाडौका विद्युतीय व्यवसायी र उपत्यका बाहिरका व्यवसायी समेत सामेल रहेका थियो । 
महाधिवेशनलाई सफल पार्न आर.के. लाईट्स प्रायोजन गरेको थियो भने शुभ्म ईलेक्ट्रिकल्स्ले सह–प्रायोजन गरेको थियो । कार्यक्रमलाई रोमान्चक बनाउनका निम्ती मेगा लाइस् ले उपस्थित सम्पुर्ण व्यवसायीहरुलाई उपहार वितरण गरिएको थियो ।  
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago